राष्ट्रसंघमा मोदीले भने- 'हामीले विश्वलाई वुद्व दियौं' (भिडियोसहित)

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्व होइन बुद्ध दिएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले आफूहरूले पुरै विश्वलाई शान्तिको सन्देश दिएको बताएका छन्।

‘हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्व होइन, बुद्व दिएका छौं, पूरै विश्वलाई शान्तिको सन्देश दिएका छौं,’ उनले भने। उनले आतंकवाद विश्वकै लागि खतरा भएको भन्दै आतंकविरुद्ध विश्वलाई सतर्क गराउनका भारत लागि परेको बताए।

आतंकवाद कुनै एक देशका लागि नभइ पूरै विश्व र मानवताका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एक भएको भन्दै उनले यसविरुद्ध पूरै विश्व एकजुट हुनुपर्ने औल्याए।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए।

प्रकाशित मिति: : 2019-09-28 08:31:19

प्रतिकृया दिनुहोस्