अमेरिकामा आइसले फेरि मार्यो छापा : टेक्सासबाट ४५ र कोलोराडोबाट ४२ पक्राउ

अमेरिकी आइसले झ्याप्पै पारेका एक आप्रवासी । तस्बिर : एजेन्सी

अमेरिकामा केही दिन सुस्ताएको आइसको धरपकड फेरि सुरू भएको छ । आइसले शुक्रवार मात्र टेक्सासमा ४५ र कोलोराडोमा ४२ गरी ८७ जनालाई पक्राउ गरिएको जनाएको छ । 

उसका अनुसार यसपटक अध्यागमन कानुनको उल्लंघन गर्ने मात्र हैन, विभिन्न अपराधिक गतिविधिमा संलग्नलाई पनि पक्राउ गरिएको छ । उनीहरूमध्ये चारजना अध्यागमन अदालतले देश निकालाको आदेश दिएका, २७ जना देश निकाला पछि पनि गैरकानुनी रूपमा पुन: अमेरिका पसेका र १४ जना देश निकालाको प्रक्रियामा रहेका छन् । 

पक्राउ गरिएकोमा ग्वाटेमाला, साल्भाडोर, मेक्सिको र मलेसियाका ४१ पुरूष र चार महिला छन् । उनीहरूमध्ये अस्टिनबाट १०, सान आन्टिनिओबाट ८, रिआग्रान्टे भ्यालीबाट २४ र वेकोबाट ३ जना रहेका छन् ।   

टेक्सास र कोलोराडो दुबै नेपालीको बाक्लो बसोबास भएका राज्य हुन् । स्थानीय नेपाली समुदायका अगुवाहरूले यो छापामा कोही पनि नेपाली नपरेको बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-09-28 06:18:59

प्रतिकृया दिनुहोस्