ट्रम्पलाई महाअभियोग लगाउन पुग्यो बहुमत : डेमोक्रेटिक पार्टीका १२ सांसद अझै अनिर्णित

ट्रम्पलाई महाअभियोग लगाउन पुग्यो बहुमत । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ भन्ने अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सका सांसदको संख्या २२४ पुगेको छ ।  

यसमा डेमोक्रेटिक पार्टीका २२३ र एक इन्डिपेन्डेन्ट सांसद मिचिगनका अमास जस्टिन रहेका छन् । हाउस अफ रिप्रजेन्टेटिभ्समा रहेका १२ डेमोक्रेटिक सांसद भने अझै पनि महाअभियोगको पक्षमा उभिइसकेका छैनन् । उनीहरूमध्ये ११ जना सन् २०१६ मा राष्ट्रपति ट्रम्पले चुनाव जितेको क्षेत्रका रहेका छन् । एकजना टेक्सासकी एडी बर्निस जोन्सन भने सन् २०१६ मा हिलारी क्लिन्टले जितेको क्षेत्रकी भएर पनि अपवाद देखिएकी छिन् । 

यो पनि हेर्नुहोस् 

स्पेनको म्याड्रिडमा नेपाली उत्पादन
हाउस अफ रिप्रजेन्टेटिभ्स रहेका  १९८ रिपबलिकन सांसदमध्ये १४३ ले ट्रम्पकै पक्षमा उभिने बताएका छन् भने ५५ सांसद अझै पनि अनिर्णित छन् । यी सांसदमध्ये अधिकांश सांसद सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनले जितेका क्षेत्रका रहेका छन् ।

अमेरिकी संसदमा पार्टीको ह्वीप नलाग्ने भएकाले सांसदहरू आफ्नो निर्वाचन क्षेत्र जोगाउने हिसाबले आफ्नो मत बनाउँछन् । यसरी हेर्दा अझै मत बनाइनसकेका ५५ रिबपब्लिकन सांसदमध्ये केहीले ट्रम्पको विपक्षमा मतदान गर्ने सम्भावना पनि बर्करार रहेको छ । 

 

प्रकाशित मिति: : 2019-09-28 03:26:15

प्रतिकृया दिनुहोस्