एनआरएन अमेरिकामा जोशीले बनाए सिफारिस समिति : पौडेल के गर्छन् ?, हेर्न बाँकि

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशीले जारी गरेको प्रेस विज्ञप्ती । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशीले आगामी अक्टोबर १५-१७ काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनका लागि सिफारिस गरिएका अमेरिकी प्रतिनिधिका बारेमा जॉंचबुझ र छानबिन गरी पुन: सिफारिसका लागि एक समिति गठन गरेका छन् ।

पाँच दिनको कार्यादेशसहित गठन गरिएको समितिको संयोजकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य प्रकाश सापकोटाज रहेका छन् भने सदस्यमा धर्म भट्टराई, राजन त्रिपाठी, जेदू पोख्रेल र प्रमोद सिटौला रहेका छन् । सबैको पृष्ठभूमि चारचारे नै रहेको यो समितिले यसअघि सिफारिस भएको सूचीको जॉंचबुझ र छानबिन गरी पुन: नयाँ सूची सिफारिस गर्ने छ । 

यसअघि एनआरएन अमेरिकाले सिफारिस गरेको सूची कार्यसमितिबाट अस्वीकृत भएको थियो । कार्यसमितिको पूर्ण बैठकको बहुमतबाट सिफारिस सूची अस्विकार भएपछि त्यसको निर्क्यौल गर्न एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक जोशीकोमा निवेदन परेको थियो ।

त्यही निवेदन टेकेर उनले यो समिति गठन गरेको जानकारी एनआरएन आईसीसीका अध्यक्ष भवन भट्ट र एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहलाई वोधार्थमार्फत दिएका छन् । समितिको सिफारिस नआउन्जेल प्रतिनिधिका बारेमा कुनै निर्णय नगर्न पनि उनीहरूले दुबै अध्यक्षलाई आग्रह गरेका छन् । 

यो पनि हेर्नुहोस् 
बुलेट बाइकर्सहरूको काठमाडौं टु लद्दाख यात्रा
जारी विज्ञप्तिमा अमेरिकाको तर्फबाट सहभागी हुने प्रतिनिधि छनौटका सम्बन्धमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका जिम्मेवार पदाधिकारी र सिंगो संस्थालाई संघले तोकेको मापदण्ड, विधि, निर्णय र प्रक्रियाका बारेमा पटकपटक जानकारी र अनुरोध गरिएकोमा त्यसो नगरिनु दु:खद् भएको बताइएको छ । 

उनले अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकको हैसियतले संस्थाको पारदर्शिता, बिश्वसनियता र अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको मापदण्ड, बिधान र यस अघि गरिएका निर्णयहरुको अक्षरस पालना गर्नु र गराउनु आफ्नो पहिलो दायित्व भएकोले जॉंचबुझ, छानबिन तथा पुन: सिफारिस समिति गठन गरेको उल्लेख गरेका छन् ।

यसैबीच एनआरएन अमेरिकाका केही सदस्यले साधारणसभा माग गर्दै हस्ताक्षर अभियान अगाडि बढाएको बताइएको छ । विधान अनुसार साधारणसभा बोलाउनका लागि तीन सय सदस्यको हस्ताक्षर आवश्यक पर्ने भएको बताउँदै त्यसका लागि एक सयको हस्ताक्षर संकफन भैसकेको न्युयोर्कका अगुवा एनआरएन रविन बज्राचार्यले जनाएका छन् ।

यसअघि एनआरएन अमेरिकाको कार्यसमितिका उपाध्यक्ष कृष्णजीवी पन्त, सचिव अमृत बासकोटासहतिका १३ पदाधिकारी तथा सदस्यले सिफारिस सूचीप्रति असहमति जनाउँदै एनआरएन सृद्धिकरण अभियान घोषणा गरेका थिए ।

यो निर्णयसँगै डा. केशव पौडेल र गौरी जोशीको जुङाको लडाइँ नया चरणमा पुगेको छ । यहाँ जोशी आफैं ब्याटिङ गरिरहेका छन् भने डा. पौडेलका तर्फबाट एनआरएन अमेरिकाको अध्यक्ष सुनील साहसहित पौडेलप्रति बफादार अल्पमत पक्ष भिडिरहेको छ ।  

 

प्रकाशित मिति: : 2019-09-28 01:48:09

प्रतिकृया दिनुहोस्