अमेरिकाले घटायो शरणार्थी कोटा : आउँदो वर्षदेखि १८ हजार मात्र

अमेरिकाले गर्ने भयो शरणको मरण : अब वर्षको १८ हजारलाई मात्र शरण । तस्बिर : एजेन्सी

अमेरिकाले शरणार्थीको सङ्ख्यामा नाटकीय रूपमा कटौती गरेर आगामी वर्षदेखि १८ हजारलाई मात्र पुनर्स्थापना गर्ने घोषणा गरेको छ । 

आप्रवासीप्रति अनुदार ट्र्म्प प्रशासनको यो अर्को अनुदार घोषणा अमेरिकी विदेश मन्त्रालयले गरेको हो । 

यो सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि पाँच हजार स्थान सुनिश्चित गरिएको छ भने ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेका लागि एक हजार पाँचसयको कोटा छुट्याइएको छ । 

यो पनि हेर्नुहोस् 
बुलेट बाइकर्सहरूको काठमाडौं टु लद्दाख यात्रा
यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएकोमा २२ हजारलाई मात्र पुनर्स्थापित गरिएको थियो । शरणार्थी पुनस्र्थापना कार्यक्रमअन्तर्गत यो सङ्ख्या सन् १९८० यताको सबैभन्दा कम हो ।यसअघि सन् २००१ मा भएको नाइन इलाभेन घटनाका कारण सन् २००२ मा शरणार्थीको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो ।

सन् २०१७ को जनबरी २० मा ओबामाले राष्ट्रपति कार्यालय छोडेको बेला यो सङ्ख्या ८५ हजार थियो ।

ट्रम्प प्रशासनको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय उद्धार कमितिका प्रमुख कार्यकारी अधिकृत डेभिद मिलिबान्दले आजको दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-09-27 18:58:11

प्रतिकृया दिनुहोस्