न्युयोर्कमा नेपालका तीनमन्त्रीसँग अन्तरक्रिया : कांग्रेस समर्थकको सहभागितामा प्रश्नचिन्ह

अमेरिकामा ओली सरकारको मिनी क्याविनेट । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका नेपालका तीन मन्त्रीसँग अमेरिकामा मिनी नेपाल भनेर चिनिने न्युयोर्क कुइन्सको ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी हुने छन् ।

नेपाली महावाणिज्यदुतावास न्युयोर्कले नेपाली समाज अमेरिका, प्रवासी नेपाली एकता मन्च अमेरिका र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकासँगको सहकार्यमा आयोजना हुने कार्यक्रम सेप्टेम्बर २६ विहीबार साँझ ७ बजेदेखि ९ बजेसम्म राखिएको आयोजकहरूले बताएका छन् ।

आयोजकमध्ये नेपाली समाज अमेरिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मनत्री उपेन्द्र यादवको संघीय समाजवादी नेपालको अमेरिकास्थित भातृसंगठन हो भने प्रवासी नेपाली एकता मन्च अमेरिका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतको पार्टी नेकपाको अमेरिकास्थित भातृसंस्था हो । 

यो पनि हेर्नुहोस् 
Dr. Rajendra Bhadra || Youn Ka Kura || यौनका कारण भत्किँदो समाजिक मूल्यमान्यता
कार्यक्रममा वन तथा वातावरण विषय र विश्वब्यापी बढ्दो तापक्रम, नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य विमा तथा सामुदायिक स्वास्थ्यका बारेमा अन्तरक्रिया गरिने बताइएको छ । यसैगरी मौलिक हक़ अधिकार र संविधान संसोधन तथा समसामयिक बिषयमाथि छलफल हुने छ ।

कार्यक्रममा अमेरिकाको सम्मृद्धि र प्रसासनिक प्रणालीबाट के के कुरा सिक्न सकिन्छ भनेर विषयगत विज्ञहरूको प्रस्तुति पनि रहने बताइएको छ । 

आयोजकमा नेपाली कांग्रेसको अमेरिकास्थित भगिनी संस्था नेपाली जनसम्पर्क समिति भने रहेको छैन । आयोजना पार्टिगत भएको भन्दै उनीहरूको संस्थागत सहभागिता नभएको बताइएको छ । 

प्रकाशित मिति: : 2019-09-26 09:53:14

प्रतिकृया दिनुहोस्