अमेरिकाको केन्टकी- दुर्घटनामा अर्का एक नेपालीको मृत्यु : अधुरै रह्यो न्युयोर्क घुम्ने सपना

विष्णु सापकोटा : पीडा भुलाउन अमेरिका आएका आफैंलाई सदाका लागि छोडेेर गए !

अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा ५८ वर्षीय एक नेपालीको सडक दुर्घटनामा निधन भएको छ । मृतक नेपालको महोत्तरी जिल्ला बर्दिबासका विष्णु प्रसाद सापकोटा भएको बताइएको छ । 

आज विहान मर्निङ वाकमा रहेका सापकोटाको बाटो क्रस गर्ने क्रममा एक अपरिचित कारले ठक्कर दिदा साँढे सात बजे  घटनास्थलमै मृत्यु भएको स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले जानकारी दिएका हुन् ।

उनका अनुसार सापकोटाको निधन भएको खबरले मुर्च्छा परेकी उनकी श्रीमती विमला सापकोटालाई अस्पताल नै भर्ना गर्नु पर्यो । उनी केही समयअघि मात्र घर फर्केकी छिन् ।

मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको पनि बोहोराले बताए । उनका अनुसार आज साँझ उनका छोरी-ज्वाइँको सल्लाहअनुसार मृतकको अन्त्येष्टीका बारेमा निर्णय गरिने छ ।

 

अधुरै रह्यो न्युयोर्क घुम्ने सपना 

अमेरिकाको केन्टकी राज्यमा बसोवास गर्ने मेरा अन्यन्त मिलनसार मित्र रोशन घिमिरेले केही दिन अघि मात्र भनेका थिए, “सन्जोग, मेरो सासु-ससुरा आउनुभएको छ, एक दिन न्युयोर्क लिएर आउछु, समय मिला है ।

तर, रोशनले भनेका उनका सासु-ससुरामध्ये ससुराको आज विहान सडक दुर्घटनामा निधन भएको खबर सुनें । स्तव्ध छु । 

दशा बाजा बजाएर आउँदैन तर कहिलेकाँही फालिम लागेर आउँछ भनेको सत्य जस्तो पनि लाग्यो । केही समयअघि एक मात्र छोराको सवारी दुर्घटनामा निधन भएपछि गहिरो शोकमा परेका उनी त्यही पीडा भुलाउन अमेरिका आएका थिए । 

तर, अब उनी नै सकिए । आफ्नो पीडा त लुकाए होला तर बाँकिलाई अरू पीडा मिल्यो । 
उहाँको आत्मालाई शान्ति मिलोस् । मेरो प्रिय मित्र रोशनसहित शोक सन्तप्त परिवारजननमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।

यो पनि हेर्नुहोस् 
डा. हर्क गुरुङको सम्झनामा स्मृति दिवस
सडक दुर्घटनामा आफ्ना एक्ला छोरा गुमाएपछि एकोहोरो झै भएका बिष्णु सापकोटा तीनसाता अघि मात्र अमेरिका भ्रमणमा आएका थिए ।  छोरी विनिता सापकोटा र ज्वाइँ रोशन घिमिरेको निमन्त्रणामा आएका उनको स्थानीय अस्पतालमा उपचार पनि भैरहेको थियो ।

अमेरिका आउनुअघि सापकोटाको पीडा भुलाउन उनकी अर्की छोरीले केही समयअघि मात्र अस्ट्रेलिया भ्रमण गराएकी थिइन् । त्यसपछि पनि उनको मानसिक स्थिति सामान्य नभएकोले अमेरिकामा रहेका छोरी-ज्वाईको आग्रहमा श्रीमतीसहित उनी अमेरिका आएका थिए । 

पुत्रवियोगको पीडामा रहेका सापकोटाको अन्तत: अमेरिकामै दु:खद्  निधन भएको छ ।

केही समययता अमेरिकामा सवारी दुर्द्धटनामा नेपालीको मृत्यु हुने घटना बढेका छन् । गत सेप्टेम्बर ३ मा मात्र मिजौरीमा छोरी ज्वाइकै निम्तामा आएका गोविन्द खनाद र उनकी पत्नीको पनि निधन भएको थियो । त्यो घटनामा उनकी छोरी श्रद्धाको पनि निधन भएको थियो । घटनामा घाइते ज्वाइँ अस्पतालबाट डपस्चार्ज भए पनि नाति सौर्य ओझा भने अझै आइसीयुमै रहेका छन् ।

दुईसाता अघि मात्र अमेरिका भ्रमणमा आएका थिए । महोत्तरी बर्दिबास निवासी सापकोटा छोरी-ज्वाइँक निमन्त्रणामा अमेरिका आएर सामान्य उपचार पनि गराइरहेका थिए । अमेरिकाकाको केन्टकीमा आज विहान मर्निडवाक गर्दा सापकोटाको निधनको खबरले मलाई निकै दुखीबनाएको छ ।

 

 

 

 

प्रकाशित मिति: : 2019-09-26 02:23:15

प्रतिकृया दिनुहोस्