विप्लव समूहका सचिव पक्राउ

तस्बिरः एजेन्सी

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए। प्रहरी उपरीक्षक नवराज भट्टले भने, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ।”

सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ। (रासस)

प्रकाशित मिति: : 2019-12-05 12:25:39

प्रतिकृया दिनुहोस्