केम्ब्रिज एनलिटिका काण्डपछि अनुसन्धान गर्न दशौँ हजार एप निलम्बित

तस्बिरः एजेन्सी

फेसबुकबाट लिएको डेटा अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।।निलम्बित एपहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए।

फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद विकासकर्ताबारे एकदम न्यून जानकारी दिएको छ।निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पार्ने सङ्केत नगर्ने फेसबुकले विज्ञप्तिमा जनाएको छ। फेसबुकका अनुसार त्यसरी प्रतिबन्धित हुनेमध्ये माईपर्सन्यालिटी नामक एपले अनुसन्धानकर्ता र कम्पनीहरूलाई जानकारी उपलब्ध गराएको तर अनुसन्धानमा सहभागी हुन अस्वीकार गरेको थियो।

 सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकलाई सुरक्षाको विषयमा ठूलो दबाव परेको थियो।

केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो। फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप छ।

फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिबाना तिराएको थियो ।

 

प्रकाशित मिति: : 2019-09-22 10:48:48

प्रतिकृया दिनुहोस्