अमेरिकाद्वारा राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञ निस्कासित

अरू खराब हुदैछ अमेरिका क्युवा सम्बन्ध । तस्बिर : एजेन्सी

अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि क्युवाली नियोगमा कार्यरत दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

राष्ट्रसंघको ७४औं महासभा जारी रहेकै बेला उनीहरू निस्कासनमा परेका छन् ।

यसैगरी अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञलाई पनि राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनबाट बाहिर जान प्रतिवन्ध घोषणा गरेको छ । 

उनीहरूमाथि "अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न" रहेको आरोप लगाइए पनि त्यस बारेमा विस्तृत विवरण दिइएको छैन । 

यसैबीच क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले उक्त अमेरिकी कदमलाई अनुचित भन्दै यसबाट तनाव उत्पन्न भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्युवासँग आफ्ना पूर्ववर्ति बराक ओबामाले बढाएको मित्रताको हातलाई गलत ठान्छन् र त्यसलाई उल्टाउन सम्बन्धलाई असहज बनाइरहेका छन् । 

गत जुन महिनामा मात्र क्युबाको भ्रमण गराउने अमेरिकी ट्राभल कम्पनीहरूमाथि एउटा नयाँ प्रतिबन्ध लगाएको थियो।

बीएल-अन्तर्राष्ट्रिय व्यूरो/न्युयोर्क

अरू खराब हुदैछ अमेरिका क्युवा सम्बन्ध । तस्बिर : एजेन्सी

प्रकाशित मिति: : 2019-09-20 11:27:37

प्रतिकृया दिनुहोस्