अमेरिकामा सवारी दुर्घटना : एउटै परिवारका तीन नेपालीको मृत्यु, दुई घाइते

कहाँको जन्म कहाँको मरण ..... । तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको मिजौरी राज्यमा भएको एउटा सवारी दुर्घटनामा तीनजना नेपालीको ज्यान गएको छ । ज्यान जाने एउटै परिवारका आमा, बाबु र छोरी भएको बताइएको छ । 

मिजौरीको  ब्लुस्प्रिङमा बस्दै आएको प्रभास ओझा परिवारमा यो संकट आइलागेको हो । दुर्घटनामा सवारी चालक प्रभासकी श्रीमती श्रद्धा खनाल ओझा, उनका ससुरा गोविन्द खनाल  र सासु शान्ता खनालको निधन भएको स्थानीय प्रहरीले जनाएको छ । गोविन्दको घटनास्थलमै निधन भएको थियो भने श्रद्धा र शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो ।

घटनामा परेकी प्रभास श्रद्धाकी चार वर्षीय छोरीको गभ्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ भने गाडी चलाइरहेका प्रभासको भने सामान्य अवस्थामा उपचार भैरहेको जनाइएको छ । 

स्थानीय समयअनुसार मंगलबार अपरान्ह ३ बजेतिर ट्राफिक लाइटमा रोकिएको टोयोटा आरएभी ४ लाई पछाडिबाट टोयोटाकै पिकअप ट्रकले ठक्कर दिएको थियो । प्रभासले हाँकिरहेको गाडी मिजौरी २४९ को इन्टरस्टेट हाइवे ४४ मा पूर्वतिर जाँदै थियो ।

प्रभास श्रीमती श्रद्धा र चार वर्षीय छोरीका साथ ब्लुस्प्रिङमा बस्थे भने उनका ससुरा गोविन्द र सासु शान्ता केही समयअघि घुम्नका लागि अमेरिका आएको बताइएको छ । 

प्रकाशित मिति: : 2019-09-05 09:49:46

प्रतिकृया दिनुहोस्