अमेरिकाको टेक्सासमा ७ जनाको ज्यान लिने 'गोरो युवक' भएको खुलासा

सेथ एटर : अमेरिकाको टेक्सासमा ७ जनाको ज्यान लिने 'गोरो युवक' । तस्बिर : एजेन्सी

अमेरिकाकाको टेक्सासमा शनिबार साँझ सातजनाको ज्यान लिने बन्दुकधारीको पहिचान खुलेको छ । ऊ टेक्सासकै लोरेना निबासी ३६ वर्षीय सेथ एटर भएको बताइएको छ । 

ऊ एक गोरो युवक भएको र उसले गरेको यो मास सुटिङ नश्लवादी घृणासँगै जोडिएको आशंका गरिएको छ । तर, अनुसन्धान गरिरहेका अधिकारीले अहिले नै त्यस्तो निस्कर्षमा नपुग्न सम्बन्धित सबैलाई अनरोध गरेका छन् ।

एटर पनि सुरक्षाकर्मीसँगको दोहोरो फायरिङका क्रममा मारिएको थियो ।

उसको बारेमा धेरै कुरा जानकारीमा नआए पनि २००१ मा एउटा मुद्दामा दोषी ठहरिएर उसले २ वर्ष जेल सजाय भोगेको देखिन्छ । 

एटरले टेक्सासको पश्चिमी भागमा रहेको मिडल्याण्ड ओडिसा क्षेत्रको एक सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाएर सातजनाको हत्या गरेको थियो । उसले आफ्नै गाडीबाट बन्दुक चलाएर थप मानिसको ज्यान लिन लागिरहेको बेला सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो । त्यसपछि भागेको उसले एउटा अमेरिकी हुलाकको मेल ट्रक लुटेर भाग्यो । प्रहरीले उसलाई नजिकको सिनर्जी थियटरको पार्किङमा घेरा हालेपछि उसले प्रहरीमाथि नै गोली प्रहार गरेर तीनजनालाई घाइते बनाइ दिएको थियो र त्यसपछि ऊ प्रहरीको गोली लागेर ढलेको थियो ।

एटर नश्लवादी सोच बोक्ने मानिस भएको उसलाई नजिकबाट चिन्नेहरूले बताएका छन् । ऊ गोराबाहेक अरू जातिका मानिसफलाई घृणा गर्थ्यो । तर, यो घटना त्यही घृणाका कारणले घटाएको हो वा अन्य नै कारण छन्?, त्यसबारेमा भने उनिहरूले केही बताएनन् ।

प्रहरीले एटरमाथि अनुसन्धान भैरहेको बताएको छ। 

 

 

प्रकाशित मिति: : 2019-09-02 03:42:15

प्रतिकृया दिनुहोस्