अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै 'माइ व्यूटिफुल'लाई गरे बर्खास्त

म्याडलिन वेस्टराउट : ट्रम्पले आफ्नै 'माइ ब्यूटिफूल'लाई पनि बाँकि राखेनन् । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति ट्रम्पले 'माइ व्यूटीफूल' भन्दै आएकी आफ्नै निजी सहायक म्याडलिन वेस्टराउटलाई बर्खास्त गरिदिएका छन् । ट्रम्पले आफ्नो परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा उनलाई बर्खास्त गरेको बताइएको छ ।

न्यूजर्सीस्थित बर्कले हाइट्समा रहेको एउटा होटलमा भएको रात्रिभोजमा पत्रकारहरूसँग गफगाफ गर्दै सूचना चुहाएको आरोप म्याडलिनमाथि लगाइएको छ ।

ट्रम्प राष्ट्रपति भएको पहिलो दिनदेखि नै म्याडलिन उनीसँगै काम गर्दै आएकी थिइन् । उनको कार्यकक्ष वेस्टविङस्थित राष्ट्रपतिको ओभल अफिसको ठीक सामुन्ने रहेको थियो । त्यसैले पत्रकारहरू उनलाई ट्रम्पको 'द्वारपाल' भन्ने गर्थे ।

सुन्दरी म्याडलिन ट्रम्पकी विश्वासपात्र थिइन् र निक्कै शक्तिशाली मानिन्थिन् । 

तर, उनको यो पहुँच खासगरी ट्रम्पकी छोरी इभान्कालाई मन परेको थिएन । उनी सुरूदेखि नै म्याडलिनलाई राष्ट्रपति ट्रम्प नजिक राख्न चाहन्नथिन् ।

केहीले इभान्काले नै आरोप लगाएर बर्खास्तको बाटो बनाइदिएको बताएका छन् । उनीमाथि इभान्काले आफ्ना पिताको जासुसी गरेको पनि आरोप लगाएकी छिन् ।

म्याडलिनले भने यस बारेमा केही प्रतिक्रिया दिएकी छैनन् । अन्तिम अवस्थामा आएर उनलाई ह्वाइट हाउस छिर्न पनि दिइएन । उनलाई बेइज्जतीका साथ घोक्रेठ्याक लगाइएको पनि केहीले बताएका छन् ।  

प्रकाशित मिति: : 2019-09-01 07:05:43

प्रतिकृया दिनुहोस्