राष्ट्रपति ट्रम्पले १० मिनेटअघि मनसाय बदल्दा टर्यो इरानमाथिको अमेरिकी आक्रमण

इरानले खसालेको अमेरिकी ड्रोन । तस्बिर : ईपीए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले १० मिनेटअघि मनसाय बदलेकोले इरानमाथिको आक्रमण टरेको बताएका छन् । 

उनले बिहीवार खसालिएको एउटा अमेरिकी ड्रोनको जवाफमा इरानका तीन ठाउँमा हमलाका लागि अमेरिकी सैनिक तयार रहेको अवस्थामा आफूले रोक्न आदेश दिएको बताएका छन् । 

१५० जना बढी गैरसैनिक मानिस मारिने थाहा भएपछि आफूले रोक्न आदेश दिएको ट्रम्पले बताएका छन् ।

बिहीवार इरानले एक अमेरिकी ड्रोन खसालेपछि अमेरिका र इरानबीचको तनाव चुलिएको छ ।यो अमेरिकी आक्रमण योजना पनि त्यही तनावको एक अंश भएको बताइएको छ । 

आक्रमण योजनाका बारेमा शुक्रवार प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्पले भनेका छन्-हाम्रो सेना अझ बलियो, नयाँ र विश्वको सबैभन्दा उत्कृष्ट फौजको रूपमा अगाडी बढ्न तयारी अवस्थामा छ ।' उनले आफू कुनै पनि किसिमको हतारमा नरहेको पनि बताएका छन्।

यसअघि अमेरिकी ड्रोन खसालिएको घटनालाई राष्ट्रपति ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको टिप्पणी गरेका थिए ।

 

 

प्रकाशित मिति: : 2019-06-21 23:25:57

प्रतिकृया दिनुहोस्