न्युयोर्कका मेयर ब्लाजियोले गरे राष्ट्रपति उम्मेद्वारी घोषणा: बने २३औं 'गधा-आकांक्षी'

अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारी दिनेको आकांक्षीको सूची अरू लम्बिएको छ।पछिल्लोपटक विहिबार न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजियोले उम्मेद्वारी घोषणा गरें। उनी यो दौडका २३औं आकांक्षी भएका छन्। 

उनले आफूलाई न्युयोर्कर बताउँदै राष्ट्रपति ट्र्म्पलाई पराजित गर्ने सबैभन्दा सक्षम उम्मेद्वार आफू नै रहेको बताएका छन्। उनले ट्रम्पका बारेमा आफूजति जानकार कोही नभएको बताउँदै उनलाई रोक्न आफू मात्र सक्षम हुने बताए।आफू उम्मेद्वार भएमा दुई न्युयोर्कर ब्लाजियो र ट्रम्पमध्ये एक छान्नुपर्ने बिकल्प हुने र त्यसमा अमेरिकी जनताले आफूलाई नै छान्ने विश्वास रहेको बताए। उनले आफूले न्युयोर्कमा गरेका कामहरूको फेहरिस्त अगाडि सार्दै त्यस्तै राम्रा काम अमेरिकाभर दोहोर्याउनका लागि आफूले उम्मेद्वारी दिएको पनि बताए।  

बाजियोको उम्मेद्वारी घोषणाले डेमोक्रेटिक प्राइमरी थप प्रतिस्पर्धी र रोचक मोडमा आइपुगेको छ। उनको उपस्थितिले कसलाई फाइदा वा बेफाइदा हुन्छ? त्यसको आँकलन सुरू भएको छ।पूर्वउपराष्ट्रपति जो बडेनदेखि सन् २०१६का आकांक्षी बर्नी स्याण्डर्ससम्मको उम्मेद्वार रहेको चुनावी मैदानमा उनी एक प्रभावशाली उम्मेद्वार भए पनि डेमोक्रेटिक नोमिनेशन नै जित्लान् भन्ने कुरामा भने राजनीतिक पण्डितहरू सहमत छैनन्। 

अबको नौमहिनापछि प्राइमरी प्रतिस्पर्धा सुरू हुने छ। २३ डेमोक्रेटिक उम्मेद्वारमध्ये विजयीले सन् २०२० को चुनावमा राष्ट्रपति डोनल्ट ट्र्म्पसँग प्रतिस्पर्धा गर्नेछन्। पछिल्लो मत सर्भेक्षणमा पूर्वउपराष्ट्रपति जो बडेन अग्रपंक्तिमा देखिएका छन्। 

प्रकाशित मिति: : 2019-05-16 18:54:38

प्रतिकृया दिनुहोस्