शिव शर्मा नेजा सामुदायिक पुरस्कारबाट सम्मानित

वधाई शिव शर्मालाई उत्कृष्टताका लागि। तस्वीर सौजन्य : शिव शर्माको फेसबुक

यसपटकको नेजा सामुदायिक उत्कृष्ट पत्रकारिता पुरस्कार शर्मालाई

 नेपाल अमेरिका पत्रकार संघ (नेजा)को यस वर्षको सामुदायिक उत्कृष्ट पत्रकारिता पुरस्कारका शिब शर्मालाई प्रदान गरिएको छ।

टेक्सासको डलासमा आयोजित नेजाको १३औं वार्षिक सधारणसभामा उनलाई एक हजार एक सय ११ अमेरिकी डलर राशीको पुरस्कार प्रदान गरिएको हो। 


कान्तिपुर साप्ताहिकमा प्रकाशित अमेरिकामा ग्याँस स्टेसनमा जोखिम, बन्दुकको निसानामा नेपाली नामक सामाग्रीको सामग्री उत्कृष्ट भएको हो। मूल्यांकन समितिमा नेजा महासचिव किशरण मरहट्ठा, ब्रेक एन लिंक्सका ज्योति देवकोटा र होम लम्साल रहेका थिए।
हरेक दुइबर्षमा एकपटक साधारणसभामा प्रदान गरिने उक्त पुरस्कारलाई आमा फाउण्डेसनले प्रायोजन गर्दै आएको छ।फाउण्डेसन एनआरएनका उत्तर अमेरिका संयोजक गौरीराज जोशीले स्थापना गरेका हुन्।

नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यको कार्यकालमा स्थापना भएको पुरस्कारबाट पहिलो पटक पत्रकारत्रय शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारी पुरस्कृत भएका थिए।सेतोपाटीको ग्लोवल संस्करणमा प्रकाशित उनीहरुद्धारा संयुक्तरुपमा लिखित विमा व्यवसायसम्वन्धि समाचार सामाग्रि पुरस्कारका लागि छानिएको थियो ।

अमेरिकामा रहेका पत्रकाहरुलाई प्रदान गर्दै आएको नेजा सामुदायिक उत्कृष्ट पत्रकारिता पुरस्कारबाहेक नेजाले नेपालमा मौफसलमा काम गर्ने पत्रकारहरुलाई लक्षित गर्दै ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

 
 
प्रकाशित मिति: : 2019-05-06 02:23:25

प्रतिकृया दिनुहोस्