अमेरिकी सेनाले चार्टर गरेको एक विमान रनवेबाट चिप्लिएर पानीमा खसेको छ। एक सय ४३ जना यात्रु बोकेको बोइङ जहाज अवतरण हुने क्रममा हावाहुरी आएपछि हुत्तिएर नजिकैको सेन्ट जोन्स नदीमा पुगेको हो ।
मायामी एअर इन्टरनेशनलको सञ्चालन गरेको ७३७ विमान क्युबाको गुवान्टान्मो बेबाट उडेको थियो। यसको गन्तव्य फ्लोरिडाको ज्याकसनभिलस्थित आर्मी क्याम्प थियो।
जहाजमा रहेका कम्तीमा २० जना यात्रु घाइते भएको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको जनाइएको छ।