अमेरिकी राष्ट्रपति ट्रम्पले दिए रूसी राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो : ह्वाइट हाउसले सुरू गर्यो तयारी

तस्वीर: द न्यु योर्कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । 

राष्ट्रपति ट्रम्पले केही समयअघि फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भेट हुदा पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक अधिकारीले बताए।

उनका अनुसार आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाइ निम्तो दिइएको छ र त्यसैअनुसार तयारी पनि थालिएको छ।

पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भए पनि यस बारेमा रुसले भने कुनै प्रतिक्रिया दिएको छैन। 

यसअघि दुई राष्ट्रपतिबीच फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भएको भेटवार्ता विवादित बनेको थियो।अमेरिकी नागरिकलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने रुसी राष्ट्रपतिको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेपछि पुटिन रिसाएका थिए।
हेल्सिन्की बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: : 2019-04-19 23:05:52

प्रतिकृया दिनुहोस्