एक जुगमा एक दिन एकपटक आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ।
कवि गोपाल प्रसाद रिमालको यो कालजयी गीतजस्तै नेपालको अन्तरिक्ष इतिहासमा आजको दिन एकपटक आएको छ।
यही दिन नेपालले आफ्नो पहिलो स्याटलाइट ‘नेपाली स्याट–१’ प्रक्षेपण गरेको छ। अमेरिकी पूर्वी समयअनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा अमेरिकी अन्तरिक्ष संस्था नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट यो प्रक्षेपण भएको हो।
अमेरिकामा सन् २०१९ को अप्रिल १७ को अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा नेपालमा भने अप्रिल १८ को विहान २ बजेर ३१ मिनेट गएको छ। समय जे भए पनि नेपाली अन्तरिक्ष इतिहासमा यो मिति सुनौदा अक्षरले लेखिने छ।
चन्द्र सूर्य अंकित झण्डासहित प्रक्षेपण गरिएको यो न्यानो स्याटलाइट नेपालका दुई मेधावी वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले बनाएका हुन्।मास्के जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका छन् भने श्रेष्ठ इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर हुन्।
‘नेपाली स्याट–१’ जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत निर्माण र प्रक्षेपण भएको नेपालको पहिलो भूउपग्रह हो। जापानमा निर्माण भएको यो भूउपग्रह प्रक्षेपण चाँहि अमेरिकी अन्तरिक्ष संस्था नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट गरिएको हो।
‘बर्ड–३’ परियोजनाअन्तर्गत 'नेपाली स्याट–१’ सँगै श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ पनि प्रक्षेपण गरिएका छन्।
यो पनि पढनुस्
नेपालको पहिलो स्याटलाइट प्रक्षेपणको तयारी पूरा : अपरान्ह ४ बजेर ४६ मिनेटमा नासाबाट प्रक्षेपण
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया