अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिदेशमा रहेका नेपालीलाई आफ्नो काममा भन्दा बढी पार्टीगत राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन्। अमेरिकाको ६ दिने भ्रमणमा रहेका मन्त्री पोखरेलले कुनै पार्टीको भलो चाहनु राम्रो भएपनि प्रवासमा हुँदा सबै नेपालीहरु गोलबद्ध भएर वस्न उचित हुने सल्लाह दिएका हुन।
न्युयोर्कमा नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री पोखरेलले भने- 'नेपालमा लगानी गर्न चाहनेलाइ सरकारले पूरै सहयोग गर्ने छ, तपाँइहरु योजना सहित आउनस्।' वाहिर रहेका नेपालीहरुको धेरै गुनासो रहेको उल्लेख गर्दै मन्त्री पोखरेले बताए- 'गुनासोहरु बोकेर आउनु भयो भने केही हुन्न। समाधानसहित आउनुहोला।'
'विगतमा जे भयो भयो' भन्दै उपप्रधानमन्त्री पोखरेलले अहिलेको सरकार समृद्धिको जग हाल्ने काममा दत्तचित्त भएर लागेको र यसको परिणाम विस्तारै देखिन थालेको बताएका थिए।
अन्तरक्रियामा न्यूर्योकमा रहेर चिकित्सा, पर्यटन, वैज्ञानिक अनुसन्धान, प्रविधि, इन्फ्रास्ट्रक्चरलगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीले आफ्नो ज्ञान र सीपलाइ कसरी नेपालका लागि प्रयोग गर्ने भन्ने बिषयमा पनि छलफल भएको थियो।