बेलायतमा बिहिबार मध्यावधि निर्वाचन : नेपाली मतदातामा तीब्र ध्रुवीकरण

भरिएला त बोजोको मनचिन्ते झोली ? तस्बिर : एजेन्सी

संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा विहीबार संसदीय चुनाव हुँदैछ । पाँच वर्षमा दोस्रोपटक हुन लागेको मध्यावधी चुनावमा फेरि पनि चीर परिचित प्रतिद्वन्दी सत्तारूढ कन्जरभेटिव पार्टी र प्रमुख प्रतिपक्षी लेबर पार्टी नै आम्नेसाम्ने भएका छन् । चुनाव संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ को ६ सय ५० स्थानका लागि हुन लागेको हो । 

यसअघिको संसदले बेलायत युरोपियन युनियनबाट बाहिर निस्कने ब्रेक्जिट समस्या हल नगरेका कारण हुन लागेको यो चुनाव फेरि पनि ब्रेक्जिटमाथिकै जनमत संग्रह जस्तो देखिएको छ।

सत्तारूढ कन्जरभेटिव पार्टीको उग्र दक्षिणपन्थी धार जसरी पनि बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने एजेण्डाको साथ चुनावमा होमिएको छ जसको नेतृत्व बेलायती ट्रम्प भनिने बोरिस जोन्सनले गरिरहेका छन्। टेरेसा मेलाई प्रतिस्थापन गरेका आएका यी दक्षिणपन्थी टोरी नेता जोन्सनले पनि ब्रेक्जिट समस्या समाधान गर्न नसकेपछि मध्यावधि चुनावको बाटो लिएका हुन् ।

उता, लेबर पार्टी भने बेलायत प्रतिष्ठाका साथ युरोपियन युनियनमै रहनुपर्छ भन्ने पक्षपोषण गर्छ। त्यही पक्षपोषण गर्दा लेबरले बेलायती सरकार गुमाएको थियो । लेबरका नयाँ नेता जेरमी कोर्बिनले केही गर्लान् कि भन्ने अपेक्षा पार्टीले गरेको छ। तर, बेलायतमा अहिले पनि तथाकथित राष्ट्रवादी नै चलिरहेकाले उनलाई त्यति सजिलो नहुने बताइदैछ ।

उनका हरेक दाउ संसदले नाकाम बनाएपछि उनका लागि यो नै अन्तिम विकल्प बन्यो । प्रमुख प्रतिपक्षी लेबर पनि सत्तामा फर्कन सकिन्छ कि भन्ने लोभले मध्यावधि चुनावका लागि तयार भयो । त्यसपछि मात्र सम्भव भएको हो, डिसेम्बर १२ विहीबारको मध्यावधि चुनाव ।

नेपालीहरूको पनि उल्लेख्य डायस्पोरा रहेको बेलायतमा नेपाली मतदाताहरू विभाजित छन् । धेरैजसो नेपाली आप्रवासीप्रति उदार लेबर पार्टीका समर्थक रहे पनि केही भने टोरी समर्थक पनि रहेका छन्। 

उता, लेबर पार्टी भने बेलायत प्रतिष्ठाका साथ युरोपियन युनियनमै रहनुपर्छ भन्ने पक्षपोषण गर्छ। यही मुद्दा पक्षपोषण गर्दा लेबरले बेलायती सरकार पनि गुमाएको थियो ।तर, यसपटक पनि उसले आफ्नो अडान परिवर्तन गरेको छैन। 

उल्लेख्य संख्यामा नेपाली रहेको बेलायतमा नेपाली मतदाताहरू पनि विभाजित छन् । धेरैजसो नेपाली आप्रवासीप्रति उदार लेबर पार्टीका समर्थक रहे पनि केही टोरी समर्थक पनि रहेका छन्। टोरी समर्थकहरू कन्जरभेटिव पार्टी केही अनुदार भए पनि उसले गोरखा सैनिकका समस्या समाधानमा उल्लेख्य योगदान दिएको दाबी गर्छन् । टोरीलाई समर्थन गर्ने धेरैजस्तो भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारजन रहेका छन् । 

चुनावमा यसपटक कुनै पनि दलबाट नेपाली मूलका उम्मेद्वार छैनन् । तर, उनीहरू खासगरी भारतीय मूलका उम्मेद्वारहरूको पक्षमा जमेर प्रचार प्रसारमा लागेका देखिन्छन् । बेलायतमा कन्जरभेटिव पार्टी र लेबर पार्टी दुबैमा भारतीयहरूको प्रभावशाली उपस्थिति छ । दुबै दलबाट उल्लेखनीय संख्यामा उम्मेद्वार पनि रहेका छन् । 

ब्रेक्जिट समस्या हल गर्न नसकेपछि फेरि पनि त्यही मुद्दा छिनोफानोका लागि हुन लागेको चुनावमा अझै पनि फरक परिणाम आउला जस्तो देखिएको छैन। पछिल्लो जनमतले त्यस्तै संकेत गरेको छ। तटस्थ मतदाताहरू अन्यौलमा छन्।  टोरीलाई मत दिए ब्रेक्जिट हुने, लेबरलाई लिएर लाम्। समयसम्म बेलायत ब्रेक्जिटमै अल्झिएर बस्ने अवस्था सिर्जना भएको छ । बेलायती राजनीतिक पण्डितहरू यी दुबै अहिलेका लागि बेलायतको हितमा नरहेको धारणा राख्छन् । 

प्रकाशित मिति: : 2019-12-12 04:59:40

प्रतिकृया दिनुहोस्