एक सय ९० देश सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार

फाइल तस्बिर: बिएल

स्पेनको राजधानी म्याड्रिडमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप २५) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गरिएको छ।

सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबीच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवद्र्धन गरिएको थियो।

सम्मेलनमा भाग लिन विश्वभरीबाट करिव ३० हजार सहभागीहरु म्याड्रिडमा जम्मा भएका छन् । यो सम्मेलन जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्ने संयुक्त राष्टसंघको एउटैमात्र आधिकारिक र ठूलो सम्मेलन हो।

सोही अवसरमा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधीहरुबीच स्पेनका लागि नेपाली दूताबास र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको संयुक्त आयोजनामा छुट्टै छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो।कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, राजदूत दावाफूटी शेर्पा, योजना आयोगका सदस्य डा. केपी ओलीलगायतको समेत सहभागिता थियो।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सुन्दरता हेर्न नेपाल आउनका लागि सवैलाई एकसाथ आग्रह गरेका थिए। नेपालले विश्वलाई देखाउने धेरै चमत्कारिक परिवर्तन गरेको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न अहिलेको प्रमूख प्राथमिकताको कार्यक्रम रहेको बताए। हरेक दृष्टीले नेपालको सुन्दरता हेर्न लायक भएको सन्देश प्रभाह गरिदिन समेत उनले सवैलाई आग्रह गरेका थिए।

राजदूत शेर्पाले नेपाल घुम्न आउने पर्यटकलाई स्वागत गर्न नेपाली समुदायसधै आतुर रहने बताउदै भ्रमण वर्ष २०२० मा सरकार तथा निजी क्षेत्रलेसमेत विभिन्न अफर ल्याएको जानकारी दिए। उनले स्पेन लगायतका देशहरुबाट नेपाल घुम्न जाने पर्यटहरुको संख्या उल्लेख्य रहेको बताउदै सबैलाई नेपालको प्रचार प्रसार गरी आर्थिक सम्बृद्धिमा योगदान गर्न सहयोगको अपेक्षासमेत गरे।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का सञ्चार तथा प्रवद्र्धन संयोजक पिताम्बर सिग्देलले २०२० का लागि तय गरिएका आकर्षक कार्यक्रम (लाइफ टाइम एक्पिेरियन्स) बारे प्रष्टए भएको थियो । उनले नेपालको बहुपक्षीय सुन्दरता तथा नेपालीहरुको आतिथ्यता अनुभूती गर्नका लागि भएपनि एक पटक नेपाल पुग्नै पर्ने बताउदै सबैलाई आह्वान गरे।

कार्यक्रममा सम्मेलनमा भाग लिन आएका विभिन्न देशका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2019-12-11 15:20:49

प्रतिकृया दिनुहोस्