पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु

Photo: Reuters

पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ।

सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ।

यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए। विस्फोट भएको यस घरमा आठ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ।

प्रकाशित मिति: : 2019-12-05 16:12:20

प्रतिकृया दिनुहोस्