बेलायती महारानी एलिजाबेथले कान्छो नाति ह्यारी र उनकी पत्नी मेगनको तस्बिर आफ्नो कोठाबाट निकाली दिएकी छन् ।
२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको तस्बिर महारानीको कोठामा राखिएको थियो । उनले त्यही तस्बिर हटाइदिएकी हुन् ।
महरानीको कोठामा रहेको ठूलो नाति विलिमय र उनकी पत्नी क्याथराइनको तस्बिर भने हटाइएको छैन ।
महारानी राजकुमारी मेगनले राजपरिवारका बारेमा गरेको टिप्पणीबाट असन्तुष्ट थिइन् । त्यही असन्तुष्टी बढ्दै गएर यो स्थिति सिर्जना भएको बताइन्छ ।
यसैबीच बेलायती राजपरिवारसँग सम्बन्ध एक सूत्रले महारानी र ह्यारी-मेगनबीच बोलचाल नै बन्द भएको बताएको छ ।
ह्यारीले महारानीबाट विलियमलाई काखा र आफूलाई पाखा गरेको भनेर चित्त दुखाएको खबर बाहिर आएको छ । उनले ट्याब्लोइड खेदेर आफ्नो पारिवारिक जीवन नै तहसनहस हुन लागेको बेला महारानीबाट आफूलाई थप किनारा लगाएको भन्दै दु:ख व्यक्त गरेको बताइएको छ ।
राजदरवारबाट आफूलाई एक्ल्याइएको महससुस गरेर निराश राजकुमार ह्यारीले राजकुमारको पदवी र बेलायत नै छोड्न लागेको समाचार केही दिन पहिले बाहिर आएको थियो । यो समाचारले उनको त्यो निर्णयलाई थप बल प्रदान गर्ने बताइएको छ।
यसैबीच महरानीको यो निर्णयको बेलायती जनाले आलोचना गरेका छन् । उनीहरूले राजदरवारका अरू सदस्यले ह्यारीलाई एक्ल्याए पनि महरानीले त्यसो गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
राजकुमार ह्यारीको परिवार दक्षिण अफ्रिका बसाइ सर्न लागेको बताइएको छ । केही दिन पहिले मात्र उनीहरूले दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए ।