विश्व ब्यापार संगठनका अति कम विकसित मुलुकको एकीकृत संरचनागत सुधार कार्यदलको अध्यक्षता नेपालले गर्ने भएकोछ । नेपालले आगामी सेप्टेम्बरमा सन् ०२१ सम्म पहिलोपटक कार्यदलको अध्यक्षता गर्न लागेको हो ।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा विश्व ब्यापार संगठनका निम्ति स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले संगठनको मुख्यालय जेनेभामा नेपालको प्रतिनिधित्व गर्दै आफूहरु नेतृत्व लिन सक्षम भएको बताउँदै विश्व ब्यापार संगठनमा नेपालले खेलेको भूमिका र भावि रणनीतिक योजनाको बारेमा बोलेका थिए । उनको त्यही प्रभावशाली प्रस्तुतिका कारण कार्यदलका सदस्य नेपाललाई नेतृत्व लिन तयार भएको बताइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसन जेनेभाले एक वक्तव्य प्रकाशित गर्दै विश्व ब्यापार संगठनका कम विकसित मुलुकको सञ्जालको नेपालले नेतृत्व गर्न पाउनु ठूलो उपलब्धि भएको बताएको छ । नियोगका अनुसार सन् ००७मा गठन भएको यो सञ्जालमा ५१ मुलुक आवद्ध छन् । तिनीहरूमध्ये ४७ कम विकसित हुन् भने स्तरोन्नति गरेका ४ कम विकसित मुलुक हुन् ।
२४ दाता संस्था र ८ सहकर्मी संस्थान अति कम विकसित मुलुकका सरकार, विकास संस्थाहरु र नागरिक समाजसँग गरिबी नियन्त्रण, वैश्विक स्तरोन्नति र ब्यापार प्रवद्र्धनका बहुआयामिक पक्षमा काम गरिरहेका छन् । नेपालमा पनि यो कार्यदलको समन्वयमा मानव संशाधन विकास, संस्थागत र उपलब्धिमूलक दक्षता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएकोछ । मूलत नेपालले ब्यापारको क्षेत्रमा अग्रता लिएको पश्मिना, अदुवा उत्पादन र आयुर्वेदिक वनस्पतिजन्य परियोजनाका क्षेत्रमा ०१२ देखि काम गरिरहेको जनाइएको छ ।
यसअघि यो सञ्जालको नेतृत्व अफ्रिकी मुलुकहरु बेनिन, सियरा लिओन, इथियोपिया र लेसोथोले गरेका थिए ।