प्रधानमन्त्री ओलीले पाए राजकुमारको दर्शनभेट : मेसँग १० डाउनिङ स्ट्रिटमा कुराकानी

बेलायतमा प्रधानमन्त्री के पी शर्मा ओली । तस्बिर सौजन्य : प्रधानमन्त्रीको भ्रमण दल ।


अक्सबोर्ड विश्वविद्यालय युनियनको एक कार्यक्रममा प्रवचन दिन बेलायत पुगेका प्रधानमन्त्री के पी शर्मा ओलीले केन्सिङ्टन प्यालेसमा पुगेर राजकुमार ह्यारीलाई भेटेका छन् । भेटका अवसरमा नेपालमा भूकम्प गएको केही समयपछि नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेको बताइएको छ । प्रधानमन्त्रीले पुनर्निमाण जारी रहेको र त्यो गहिरो पीडाबाट नेपाल बिस्तारै बाहिर निस्किरहेको बताएको भ्रमणदलमा रहेका उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । 

यसैगरी प्रधामन्त्री ओलीले १० डाउनिङ स्ट्रिट पुगेर बेलायतकी कामचलाउ प्रधानमन्त्री टेरिजा मेसँग 'संक्षिप्त' भेट गरेका छन् ।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा संक्षिप्त वार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले  बताए। उनका अनुसार भेटका अवसरमा नेपाल-वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको थियो । 

ठेरिजा मेले जुुन ७ मै बेलायती प्रधामनमन्त्री पदबाट राजिनामा दिइसकेकी छन् । अहिले उनी काम चलाउ प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमण विना तयारी प्रोटोकलको वास्ता नै नगरी गरिएको भनेर आलोचना भैरहेको छ । बेलायतमा उनी अक्सफोर्ड विश्वविद्यालयको युनियनले आयोजना गरेको एक कार्यक्रममा प्रवचन दिन गएका हुन् । प्रवचनका लागि यतिका राष्ट्रिय स्रोत र साधनको खर्च गरेको भनेर आलोचना भएपछि अन्तिम समयमा नेपालसँग विशेष गोर्खा साइनो रहेका बेलायती राजकुमार ह्यारी र काम चलाउ प्रधामन्त्री मेसँग लण्डनस्थित नपाली राजदूताबासको विशेष अनरोधमा 'सेरेमोनियल' भेटघाटको व्यवस्था मिलाइएको थियो । 

 

प्रकाशित मिति: : 2019-06-11 23:22:58

प्रतिकृया दिनुहोस्