बेलायती प्रधानमन्त्री थेरेसा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन् । करिब दुई साताअघि नै उनले जुन ७ मा राजीनामा दिने घोषणा गरेकी थिइन् ।
युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जिट) का बारेमा संसदमा प्रस्ताव ल्याएपनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिएकी हुन् ।
राजिनामा दिएपछि उनले ब्रेक्जिट सम्झौतामा सफलता पार्न नसकेकामा आफूलाई धेरै दुःख लागेको र यो विषयले सधैँ पश्ताचाप भएको बताइन् ।
अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्ने छिन् ।
आजैबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि ११ जना प्रतिस्पर्धामा रहेका छन् ।