बेलायतको तीनदिने भ्रमणको दोस्रो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले विरोध प्रदर्शनको सामना गर्नुपरेको छ । लण्डनका सडक सडकमा उनले नचाहेर पनि शान्तिपूर्ण विरोधका रंगीचंगी दृश्यहरू देखे । बुलेट फ्रुफ कारकेडका साथ अघि बढेका ट्रम्पले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय दुबै खालका नीतिहरूको विरूद्ध विरोधको सामना गर्नु पर्यो ।
विरोध प्रदर्शनलाई प्रतिपक्षी दलका नेता कोर्बिनले पनि सम्बोधन गरेका थिए। यसले पनि बिरोधको घनत्व कति थियो भन्ने प्रकाश पारेको थियो।
राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेसँगै गरेको संयुक्त प्रेस सम्मेलनमा पनि बिरोध प्रदर्शन देखेको बताएका थिए। तर, उनले प्रदर्शन खासै ठुलो नभएको बताए ।
बेलायती राजकुमारी मेघन मर्केललाई नास्टी भनेकोमा प्रदर्शनकारीहरू रूस्ट देखिएका थिए। एक प्रदर्शनकारी रचेलले भनिन्- 'नास्टी त भने भने अझ भनेको रेकर्ड हुँदा भनेर पनि भनिन भने । अमेरिकाको राष्ट्रपति यति धेरै झुट बोल्न सक्छन् भनेर मैले पत्याउँनै सकिरहेकी छैन ।'
प्रदर्शनमै सहभागी एक कन्जर्भेटिव पार्टीका समर्थकले भने- 'म टोरी सदस्य हुँ । मेरो पार्टीको नेता को छान्ने भन्ने त्यो मेरो प्रश्न हो। तर, उनले मेरो अधिकारमाथि धावा बोल्दै बोरिस जोन्सन आो्नो उम्मेद्वार हो भने। त्यो त अति नै भयो नि।'
अमेरिकाको मियामीबाट बसाइ सरेर बेलायतको ग्रीनविचमा बसिरहेकी एक प्रदर्शनकारी मेलिजाले भनिन्- ट्रम्प अमेरिका र अमेरिकी का लागि राम्रा मान्छे हैनन्। उनले धेरै नानीहरूलाई बारको पछाडि थुने। म मेरा नानीहरूलाई त्यही सम्झाउन यहाँ आएको हुँ। उनी यहाँ नआएको भए हुन्थ्यो । '
प्रदर्शनकारीहरूले ट्र्म्पले अमेरिकालाई अर्कै अमेरिका बनाएको र त्यो अमेरिका कसैका लागि पनि हितकर नभएको बताएका थिए ।