क्रिसमसको गीत गाउन छोरा नपठाउने मुसलमान बाबुलाई जरीवाना

तस्बिरः बिएल

ज्युरिख अदालतले क्रिसमसको बेला छोरालाई गीत गाउन नपठाउँने एक मुसलमान बाबुलाई जरिवाना गर्ने निर्णय गरेको छ।

उनले २०१६को क्रिसमसका बेला स्कूलले आयोजना गरेको सांगीतिक कार्यक्रममा मुसलमानले क्रिश्चियन कार्यक्रममा भाग लिन धार्मिक कारणले नमिल्ने भन्दै तीनजना छोरालाई स्कूल पठाएका थिएनन् ।

स्विस कानुनअनुसार केटाकेटीलाई स्कूल नपठाए अभिभावकलाई जरिवाना हुन्छ।सांगीतिक कार्यक्रमको अवधिभर बिद्यार्थीहरु अनुपस्थित भएपछि स्कूलले बाबुलाई स्पष्टिकरण सोधेको थियो। बिद्यार्थीको पढ्न पाउने हक कुण्ठित गर्ने अभियोगमा प्रहरीले बाबुलाई मुद्धा चलायो।

अदालतका न्यायाधीशहरुका अनुसार स्कूलको नियमित कार्यक्रममा सहभागी हुन पाउँनु केटाकेटीको हक अधिकारको कुरा हो। यस कुरासँग धर्मको कुनै सम्बन्ध छैन।नियमित सांगीतिक कार्यक्रममा सहभागी हुन नदिने अभिभावकलाई दण्डित गर्नु कानुनसम्मत हो।

स्कूलका हेडमास्टरले पत्रकारहरुसँग भनेका छन्- 'हामीले जबर्जस्ती कुनै धार्मिक काममा केटाकेटी लगाएका छैनौं । क्रिशमसको मौकामा सांगीतिक कार्यक्रम राखिएको मात्रै हो।

मुसलमान भएकैले जरिवाना गरिएको भन्दै केही संघ-संस्थाले बिरोध गरे पनि संघीय अदालतको निर्णय मान्नैपर्ने हुन्छ। यसअघि पनि सार्वजनिक स्थानमा अल्लाह हु अकबर भन्दै चिच्याउने स्विस मुसलमानलाई ज्युरिख अदालतले जरिवाना तिराएको थियो। स्विट्जरल्याण्डका धेरै प्रान्तमा बुर्का र निकाव लगाउन प्रतिबन्धित छ।

 स्वीट्जरल्याण्ड नेपालजस्तै संघीय गणतान्त्रिक ब्यबस्था भएको मुलुक हो ।

प्रकाशित मिति: : 2019-03-26 21:24:19

प्रतिकृया दिनुहोस्