भारतसँग सुगौली सन्धी पहिलाको भूभाग पनि माग्नुपर्छः राजनीतिक विश्लेषक श्रेष्ठ

फाइल तस्बिर

भारतले लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशमा गाभेको नक्सा शनिबार सार्वजनिक गरेपछि नेपालमा यसको चर्को विरोध भइरहेको छ। पूर्वराजदूत तथा राजनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठले भारतले पटकपटक नेपाली सीमा मिचेर आफ्नो नियत स्पष्ट पारेको बताउँदै अब सुगौली सन्धीभन्दा अगाडिको नेपाली भूभाग भारतबाट फिर्ता माग्ने बेला आएको स्पष्ट पारेका छन्।

कालापानीको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्छः पूर्वराजदूत टंक कार्की

पूर्व सांसदसमेत रहेका श्रेष्ठले लिपुलेकको मुद्धालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्ने र अग्रेजसँग भएको सुगौली सन्धीभन्दा अगाडिको नेपाली भूभाग फिर्ता गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाब दिनुपर्ने बताए।

भारतीय नक्सामा नेपाली भूमी : सर्वदलीय वैठक माग

‘भारतले पटकपटक सीमा मिचेर नेपालप्रतिको आफ्नो धारणा स्पष्ट पारिसकेको छ। अब हामीले अग्रेजसँग गरेको सुगौली सन्धीभन्दा अगाडिको भूभाग भारतसँग माग गर्नुपर्ने बेला आइसकेको छ। यो मुद्धालाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजानु पर्छ,’ उनले भने।

यसअघि चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले पनि कालापानीलाई भारतीय नक्सामा गाभेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका थिए। उनले सबै राष्ट्रवादी शक्ति मिलेर भारतको दादागिरीप्रति एकजुट हुनुपर्ने बेला आएको बताएका थिए।

प्रकाशित मिति: : 2019-11-06 17:43:10

प्रतिकृया दिनुहोस्