कहिले छिन्ने हो ?

तस्बिर: बिएल

अरुले नभएको इतिहास खन्छ
सयैले बंगलादेशी यहाँको स्वदेशी हुन्छ
गोर्खाले भएको आफ्नो इतिहास पनि पुर्छ
यसैले गोर्खा यहाँको विदेशी हुन्छ।

तिमिले आफ्नो अन्तरात्मालाई सोध
मेरो वीरत्वको कथा कसले लेखिदिए?
म त पढ्ने जाति होइन
के मैले आफै लेखिदिए ?

भिक्टोरिया क्रस दिएर लेखिदियो अंग्रेजले
गोर्खाको वीरत्वको कथा
वीर जाति हुँ भन्दै
यसैमा भुलिरहेछ,गोर्खा
पढ्ने बानी नहुँदा पाइरहेछ व्यथा।

कहिले कलमलाई चिन्ने हो?
गुमाएको भूमि कहिले छिन्ने हो?

– विक्रमवीर थापा

– बारपत्थर, शिलोङ मेघालय राज्य भारत

प्रकाशित मिति: : 2019-12-05 18:14:43

प्रतिकृया दिनुहोस्