मेरै प्रेमी सामूहिक बलात्कारको साक्षी !

लेखकः दुर्गा आचार्य

मायालुसँग जति बस्यो त्यति समय कम नै लाग्छ। एक पल हजार वर्ष लाग्छ अनि हजार वर्ष पनि एक पल। कुरा गर्दै खाँदै गर्दा मैले अलि धेरै नै खाएछु। घर जानुपर्छ भन्ने लाग्दा लाग्दै नशा लागेछ। मायाको मात र नसाको मातले म लठ्ठ भएँ। म आफै उठ्न नसक्ने भएकि थिएँ।

ऊ पनि केही मातेको थियो कि जस्तो लाग्छ। मायाको मातमा लठ्ठ भएकी मलाई त्यो पल पनि रमाइलो लागिरहेको थियो। मायालुका साथ जहाँ पनि त प्यारो नै हुन्छ।

-दुर्गा आचार्य

‘तँ छोरी होस्। यो गर, यो नगर’ भनेर परिवारमा नै ‘सेन्सरसिप’ छँदै थियो। अझ बढी सेन्सरसिप समाजको थियो। जो स्वस्फूर्त होइन डरको ‘सेन्सरसिप’ थियो। यो डर कि छोरी भएर यो लगाउने? यो सँग हिड्ने यहाँ जाने? यहाँ नजाने? यो सँग बोल्ने? यो सँग नबोल्ने आदि आदि थुप्रै कुराहरु दैनिक मैले सुन्नुपर्दथ्यो।

म मात्रै होइन यहाँ लाखौ छोरीहरुले यही सुन्दै बाँचिरहेछन्। आफूले आफैमाथि बन्देज लगाएर। नलगाउँ यो समाजले दिने उपमा सहने क्षमता राख्नुपर्छ। किनकी यस्ता उपमा दिन्छन् कि ती उपमा सुनेरै आत्महत्या गर्ने पनि धेरै छोरी छन्। जो सब सहेर बाँचेका छन् ती बहादुर छोरी हुन्। म थिए आफ्नो मनको सुन्ने। मनमौजी गर्ने। सायद म बहादुर छोरी बन्न चाहन्थेँ। त्यो गुण केही मात्रामा ममा थियो।

१२ कक्षा पढ्दै थिएँ। अरुमा जस्तै किशोरअवस्थाको शारीरिक परिवर्तन मेरो पनि भयो। म एकान्तमा टोलाउँथेँ। लजाउँथेँ। कल्पनामा हराउँथेँ। कल्पनामा महलहरु बनाउने उमेर न पर्‍यो। म आफैं कल्पन्थेँ गगनचुम्बी सपनाहरु र हराउँथे त्यसमा नै। सरले पढाउँदा भन्नुहुन्थ्यो किशोरावस्था कमजोर उमेर हो। कमजोर यो अर्थमा कि यो उमेरमा आफूमा जे परिवर्तनहरु हुन्छन् ती कोहीसँग व्यक्त गर्न सकिन्नथ्यो। अनि साथी भाइको लहैलहैमा लागेर गलत काम गर्न सक्ने उमेर पनि हो। के गर्नहुन्छ? के हुदैन? भनेर निर्णय लिन नसक्ने हुँदा पनि किशोरवस्थालाई कमजोर उमेर समूह भनिन्छ।

सायद म त्यही कमजोर उमेरमा कमजोर सपनाहरु देख्दै थिए। त्यस्तो सपना जो देख्न त रमाइलो नै हुन्छ तर हकिकतमा ती कहिले पुरा हुदैनन्। पुरा भइहाले पनि कमजोर उमेरमा देखिएका ती सपनाले बलियो भविष्य कदापि बनाउन नसक्ने रहेछ। हरेक आमाले जस्तै मेरी आमाले पनि सानैमा मलाई राजकुमारको कथा सुनाउँथिन्। अहिले सम्झिदा लाग्छ तँ छोरी होस्। तँ एकदिन हामीलाई छाडेर जानुपर्छ भन्ने मानसिकता सानैबाट भरेको पो हो कि?

आमा भन्थिन्,
‘राजकुमार वायुपंखी घोडामा आउँछ र तिमीलाई लिएर जान्छ,’ आमाको यो कुरा त्यतिबेला मलाई पटक्कै मन पर्दैनथ्यो।

म भन्थेँ, ‘आमा, म हजुरलाई छाडेर कही नजाने। म नै त हजुरको राजकुमारी हुँ।’ सानैमा आमा भन्दा प्यारो कोही लाग्दैनथ्यो। अहिले पनि लाग्दैन। तर आमा म अहिले राजकुमारको कल्पनामा हराएको छु। बच्चपनको त्यो कथा धेरै सम्झिन्छु। आजकल बाटोमा हिँड्दा यता उता हेर्दै हिँड्छु। वायुपंखी घोडामा नभए पनि हिँडेर, साइकल, मोटरसाइकल र गाडी चढेर मेरो राजकुमार कतैबाट आउँदै छ कि मलाई लिन भन्ने लाग्छ। त्यसैले आजकल आँखाहरु टाढा टाढासम्म केही खोजिरहेछन्।

सानैमा यस्तो लाग्थ्यो, आमा ! तिमी बाहेक संसारमा अर्कोको आउँला र मेरो जीवनमारु तर अहिले मेरा आँखाले कोहीलाई खोजिरहेछ। यो मलाई मात्रै त भएको होइन होलानि हैन?

सरले अर्को वाक्य पनि भन्नुभएको थियो किशोरावस्था कल्पना गर्ने उमेर हो। मेरो उमेरका हरेक केही न केही कल्पनामा हराएकै हुन्छन्। भलै म एउटा किशोरको कल्पनामा हराएकी छु। आमाको कथाको राजकुमारको चाहनामा हराएकी छु। मेरो मनमा नै राज गरेर बसेको राजकुमारले किन यति बेचैन गर्छ खै? कलेज जाँदै थिएँ सेतो सर्ट, निलोमा हल्का धर्का देखिने पाइन्ट, पाटी सुज लगाएर कोही परबाट आउँदै थियो। त्यो गहुँगोरो र दुब्लो थियो। उसका गालामा काटेर एक दुई दिन भएका दाह्री पनि थिए। आँखामा चमक थिए। ती चमकदार आँखामा मैले हेरेँ।

 कुराकानी सुरु भएको ३ दिनमा उसले मलाई मनपराउने कुरा गर्‍यो। मलाई के चाहियो र एकै सासमा भनिदिए आइ लभ यू। तर उसँका सबै भावनाहरु भावना हैन रहेछन्। स्वार्थ रहेछ। स्वार्थीले स्वार्थ पुरा नगरुञ्जेल मायाको नाटक गर्छ। ऊ नाटकको अब्बल पात्र थियो। 

मलाई बच्चपनको राजकुमारको कथा याद आयो। र आफ्नो राजकुमार यस्तै होस लाग्यो। हाम्रो त्यो भेट एउटै समयमा दैनिक जसो हुन थाल्यो। केही नबोली हाम्रा आँखाहरु जुद्थे र आ—आफ्ना बाटो लाग्थे। आँखा आँखाको ‘मुलाकात’मा धेरै बात हुन्थे। आँखाको भाका नै मिठो। दैनिक आँखाले बात गर्थे अनि लजाएर तल झुक्थे मेरा आँखाहरु। ऊ हाँस्थ्यो म झन रातो पिरो हुन्थेँ। बोलचाल हुन सकेको थिएन। मलाई बोल्न आँट आएन। ऊ बोलेन, खै मलाई जस्तो आँट आएन कि? मन मनले सारा कुरा गरिसक्दा पनि बोल्न आँट नआउने यो कस्तो भएको छ मलाई म आफैं छक्क पर्थे।

ऊ मेरो एकान्तको साथी भएको थियो। एक्लै पनि उसँगै रमाउन थालेको थिएँ। उही आएजस्तो, उसैले बोलाएजस्तो हुन्थ्यो। तर, वास्तवमा कोही हुन्थेन। सायद उमेरको खेल या माया के भनु यसलाई। म एकोहोरो उसको चाहतमा हराएछु। उसकै नजिक जान, कुरा गरिरहन मन लाग्थ्यो। तर मुटुको ढुकढुकी समाजको नजर यी सबका कारण म आफूलाई आफैसँग बाँधेर राख्थेँ।

अहिले सम्झँदा मलाई यस्तो लाग्छ सधै मैले आफूले आफूलाईनै बाँध्न सकेको भए यो सब हुने नै थिएन। म उँसलाई एकोहोरो माया गर्न थालेछु। त्यही एकोहोरो मायाको पल मेरो जीवनको स्वर्णिम पल थियो। र त्यही माया फेरि जीवनभरको दुःख बनिदियो। दिनहरु बित्दै गए। के नै गाह्रो थियो र कुरा गर्न।हात हातमा मोबाइल थिए। फेसबुक, म्यासेन्जर, ह्वाट्सअप, इमो, भाइवर धेरै थिए माध्यम। तर मलाई ऊ देख्दा र उसलाई फेसबुकमा देख्दा पनि उतिकै लाज लाग्थ्यो। त्यसैले म कहिले ऊसँग बोल्न सकिनँ। एकदिन कलेज पढेर फर्कदै थिएँ। बाटोमा फेरि हाम्रा आँखा जुधे। म रातो भएँ।

म त खुसीको आकाशमा उसैसँग उड्दै थिएँ। आकाशमा उडेको मायाले धर्तीमा ल्याएर भुईमा बजार्ला भन्ने नै कहाँ थियो र? 

उसले नै सोध्यो “सोनिया कलेजबाट आएकी?” हजुर मैले यति भने। अरे उसलाई त मेरो नाम पनि थाहा रहेछ आफैं मख्ख परेँ। त्यो दिन म धेरै खुशी भएँ। ओ ! मेरो मनको राजा तिमी मसँग बोल्यो। मैले आफूलाई एकदम भाग्यमानी सम्झिएँ। यो मन पनि कस्तोरु छिनमै भाग्यमानी छिनमै अभागि बनाइदिन्छ आफैंलाई। त्यो पल मन चङ्गा जस्तै भयो। कसैले एकवचन होइन मेरो सारा खुशी बोलिदिए जस्तो लाग्यो। मेरो खुशी त अरुसँग पो जोडिसकेछ। अरुसँग आफ्नो खुशी जोडिनु भनेको आफू दुःखी हुनु रहेछ। त्यो अहिले म बुझ्दैछु। बोली पनि अनेक खालका। कहिले मुटु छिया—छिया बनाइदिन्छ। कहिले खुशीले आकाशमा उडाइदिन्छ।

त्यसैले त गीत बन्यो “कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस।” मेरो जीवनमा छिया– छिया पार्ने शब्द नै कसले पो बोल्छ र? बुबा आमा, दाजु भाइ सबकी प्यारी म। प्यारो मान्छेको त झन प्यारो नै हुन्छु नि। दुःखका अनुभूति नै मैले गरेको थिइनँ। संसारको खुशी मान्छे आफूलाई ठान्थेँ। मैले जीवन नै कति बुझेको थिएँ र? जीवन त माथि माथि उड्दै थियो। जीवनमा आफूले चाहेको, माया गरेको मान्छेले दुई वचन बोलिदिँदा नै सारा खुसी पाए जस्तो लाग्यो। दुःख सबै सकिए झै भयो। किनकि म त मायाको स्वर्णिम पलमा थिएँ। जीवनमा दुखका पलहरु पनि आउँलान् भन्ने नै थिएन।

म त खुसीको आकाशमा उसैसँग उड्दै थिएँ। आकाशमा उडेको मायाले धर्तीमा ल्याएर भुईमा बजार्ला भन्ने नै कहाँ थियो र? भन्छन नि सुखमा दुःखको आभास नै कहाँ हुन्छ? भएजति सारा खुशी नै लाग्छ। अनि दुःखमा सुखको अनुभूति नै कहाँ गर्न सकिन्छ र? दुःखमा त बस दुःखै दुःख लाग्छ। यो सब मनका भावहरु हुन्। एक अर्काका प्रतिपक्षी। प्रतिपक्षी कहिले एक हुन सक्दैनन्। दुई कित्ता हुनु उनीहरुको धर्म हो। म खुशीको पलमा थिएँ। सारा संसार खुशी मात्रै देख्थेँ।

उसँग बोलेको केही दिनमा मैले उसलाई म्यासेन्जरमा बोलाए ‘हाई’। उताबाट ‘हेलो’ आयो। अनि सुरु भए हाम्रा कुराकानी। ऊ बलौटे गाउँको रहेछ। यता,सुनाखरी बोर्डिङको शिक्षक। कुराकानी सुरु भएको ३ दिनमा उसले मलाई मनपराउने कुरा गर्‍यो। मलाई के चाहियो र एकै सासमा भनिदिए आइ लभ यू। एक्लै मनमा सजाउनु अनि दुवैको मनमा एउटै भाव हुनुमा कति फरक। अब हाम्रा मायाका भावहरु एकै थिए। एउटै भावमा एकअर्कालाई माया गर्छ भने स्वर्ग नै त्यहीँ हुन्छ। उसको मनमा नि त्यही भाव थियो भने सायद म त्यही स्वर्गमा आफूलाई सजाइरहेको थिए। तर उसँका सबै भावनाहरु भावना हैन रहेछन्। स्वार्थ रहेछ। स्वार्थीले स्वार्थ पुरा नगरुञ्जेल मायाको नाटक गर्छ। ऊ नाटकको अब्बल पात्र थियो। जहाँ कहीकतैबाट शंका गर्ने अलिकति पनि ठाउँ मैले भेटिनँ। माया अन्धो हुन्छ भन्थे। तर मलाई लाग्छ माया गर्नेहरु अन्धा हुन्छन्। म पनि त अन्धी भएको थिएँ।

भविष्य पुरिएको मान्छे। विचरा मान्छे। मनमा हजार प्रश्न थिए। माया यस्तो पनि हुन्छ? के हो माया? के मायामा यति निच हर्कत हुन्छ? 

मायाको त्यो सुखानुभूति भाग्यमानीले मात्रै पाउँछ। म त्यही सुखानुभुतिमा बाँचिरहेको थिएँ। जहाँ माया गर्ने दुई मन, मुटु, शरीर, अनि आत्माको चाह एउटै छ। त्यो अनुभूति कस्तो होला? म त्यही अनुभुतिमा थिएँ। कति रात हामीले गफ गरेर छर्लङ्ग बितायौं। म मुख धोएर पढ्न जान्थेँ। फेरि आएर कहिले कुरा गरुँला जस्तो हुन्थ्यो। एक पल पनि छाड्न मन लाग्थेन। खै उसलाई पनि यसै हुन्थ्यो कि त्यसै भएको नाटक गर्दथ्यो थाहा भएन। तर, भरपुर साथ दिन्थ्यो। मलाई खुब माया गरे जस्तो गर्थ्यो।

हाम्रो म्यासेजमा मात्र सिमित कुराले पुगेन। हामीले अब एकअर्कालाई भेट्न थाल्यौं। हामी कहिले भेडेटार, कहिले बुढासुब्बा जान थाल्यौं। ठाउँ ठाउँमा भएको केराघारी हाम्रो डेटिङ गर्ने ठाउँ बन्यो। समपर्णको त्यो भावले हामीबीच बाँकी नै केही रहेन। समाजको अगाडि अलग भए पनि हामी भने एकअर्काका भइसकेका थियौं। हामी दुवै जनताति समुदायका थियौं। त्यसैले कहिलेकाही छ्याङ खाएर पनि हामी रमाइलो गर्दथ्यौं।

हुन त अहिले छ्याङ नखाने पो को होला र? सबै जातिको प्रिय पेय पदार्थ भएको छ। गाउँमा जात्रा थियो। जात्रामा अझ छ्याङको डिमाण्ड अझ बढी नै हुन्छ। म जात्रा हेर्न साथीहरुसँग जाने बहानामा घरबाट निस्केँ। जात्रा त एक बहाना थियो। मनमा त उँसकै चाहाना थियो। म उसैसँग गएँ। हामी एकछिन जात्रामा पनि गयौं।त्यसपछि एकान्तको खोजी गर्न थाल्यौं। दुई जनाको संसारमा दुई जना हुँदा नै खुब प्यारो लाग्ने। त्यसैले नजिकै रहेको केराघारी हामीले रोज्यौं।।

रमाइलो गर्ने भनेर खाएको छ्याङले यसरी जिन्दगी लुट्ला भन्ने मैले सोचेकी पनि थिइनँ। सायद सोचेजस्तो हुन्न जीवन त्यसै भनिएको होइन।

पहिला पनि हामीले केराघारीमा भेट्ने हुँदा मलाई रमाइलो पनि लाग्थ्यो। हामीले केही खानेकुरा र पिउने कुरा साथमा लग्यौं। मायालुसँग जति बस्यो त्यति समय कम नै लाग्छ। एक पल हजार वर्ष लाग्छ अनि हजार वर्ष पनि एक पल। कुरा गर्दै खाँदै गर्दा मैले अलि धेरै नै खाएछु। घर जानुपर्छ भन्ने लाग्दा लाग्दै नशा लागेछ। मायाको मात र नसाको मातले म लठ्ठ भएँ। म आफै उठ्न नसक्ने भएकि थिएँ। ऊ पनि केही मातेको थियो कि जस्तो लाग्छ। मायाको मातमा लठ्ठ भएकी मलाई त्यो पल पनि रमाइलो लागिरहेको थियो। मायालुका साथ जहाँ पनि त प्यारो नै हुन्छ।

हामी कुरा गरिरहेका थियौं बेहोसीमा नै। रातको ९ जति बजेको थियो। गाउँघर प्राय सुनशान नै हुन्छ। भट्टीमा जाँड खानेहरुको साँझ भने भर्खरै सुरु भएको थियो। अझ केराबारीमा सुनशान नहुने कुरै भएन। केही कुकुरहरु भुकिरहेका थिए। जात्राको दिन बाटोमा केही मान्छेको आवतजावत पनि भइरहेकै थियो। मेरा आँखाले राम्रोसँग देखिरहेको थिएन। आफ्नो प्यारो मान्छे आफूसँग भएपछि मलाई के को डर भयो र म ढुक्क भएर त्यो प्रेमिल समयमा अझ प्रेमिल हुँदैं थिएँ।

बेहोसीमै म भविष्यका हाम्रा योजना सुनाउँदै थिएँ। सुन्दै पनि। त्यतिकैमा मेरा आँखा अगाडि अरु ४ जना मान्छे देखिए। ती २०–२४ वर्षसम्मका केटाहरु थिए। ती देखिरहेका नै थिए। म मातिसकेको थिए। शरीरले कुनै भर दिएको थिएन। तै पनि मैले उसलाई जोडले समातेँ। आँखा तिरिमीरी भइरहेको थियो। मैले समाइरहेको आकृति उँसकै थियो। जोसँग म माया गर्थेँ। मेरो हात झट्कालेर ऊ मेरो पाइन्ट खोल्न तिर लाग्यो। मेरो स्तनतिर हात पुर्‍याउन लाग्यो। उसले योनी र स्तनमा हात नपुर्‍याएको होइन। हामीबीच सबैथोक भएकै हो। आज ती ४ जना मान्छेको अगाडि मेरो शरीर जसरी गिजोल्यो मलाई नमज्जा लाग्यो।तर,मेरो शरीर मेरो बसमा थिएन।

के केटाको माया योनीसम्म पुग्न मात्रै हो त? के ती मायाका कुरा यौनका लागि मात्रै थिए त?

रमाइलो गर्ने भनेर खाएको छ्याङले यसरी जिन्दगी लुट्ला भन्ने मैले सोचेकी पनि थिइनँ। सायद सोचेजस्तो हुन्न जीवन त्यसै भनिएको होइन। मैले आफूले सकेको बचाउ गरेँ। तर म गलिसकेको थिएँ। केही गर्नै सकिनँ। तिनीहरु किन आए? कसले बोलायो? थाहा छैन। तर मेरो प्रेमी भनाउँदाले नै तिनीहरुको अगाडि म माथि त्यस्तो व्यवहार गरेपछि त्यो योजना उसको नै थियो भन्दा हुन्छ।

सबैभन्दा पहिला मेरो प्रेमी भन्ने केटो म माथि आयो। केही छिन म माथि मच्चिएको मलाई थाहा भयो। त्यसपछि मलाई केही थाहा भएन। म बेहोस भएछु। म माथि कतिन्जेल तिनीहरु झम्टे। के-के गरे मलाई केही थाहा छैन। रातको ११ बजेतिर ती मध्येको एकजनाको श्रीमती खोज्दै आइछन्। त्यसपछि उनले प्रहरीलाई खबर गरिछन्। त्यसपछि मेरो उद्धार गरेर अस्पताल पुर्‍याइएको रहेछ। जब म होशमा थिएँ अस्पतालको बेडमा थिएँ। मेरा स्तन र योनी बेस्करी दुखेको थियो। शरीरभरि राता डामहरु थिए। मेरा आँखा अगाडि मेरो आमा थिइन्। म आमालाई अँगालो हालेर रोएँ। बस घुक्क घुक्को आजाव मात्रै आयो।केही बोल्नै सकिनँ।

सपना हो या विपना केही छुट्टयाउनै सकेको थिइनँ। मेरा अंगअंग दुःखिरहेका थिए। सबैभन्दा बढी त मन नै दुःखेको थियो। मन दुःखेको मल्हम न डाक्टरसँग नै थियो न आफन्तसँग। न त्यो बाँड्न नै मिल्थ्यो। मलाई बाँच्न मनै थिएन। मर्न पनि त सकेकी थिइन्। एउटा जिउँदो लास मात्रै थिए। सपना हराएको मान्छे। भविष्य पुरिएको मान्छे। विचरा मान्छे। मनमा हजार प्रश्न थिए। माया यस्तो पनि हुन्छ? के हो माया? के मायामा यति निच हर्कत हुन्छ? के केटाको माया योनीसम्म पुग्न मात्रै हो त? के तीमायाका कुरा यौनका लागि मात्रै थिए। मैले त उसका लागि सारा सुम्पिएकै थिएँ फेरि किन म माथि सामूहिक बलात्कारको साक्षी ऊ बस्न सक्यो? म बस निरुतर थिएँ। आँखाबाट आँसु बगिरहेको थियो।

प्रकाशित मिति: : 2019-12-05 09:37:39

प्रतिकृया दिनुहोस्