बिएल

साँझको समय। सूर्यले आफ्नो लुक्ने ठाउँ खोज्दै थियो। म साँझको हावामा टहल्दै थिएँ। केही घरका मानिसहरुले आफ्नो कुकुरलाई लिएर घुमाउदै थिएँ। कुकुरहरु आफ्नै सुरमा रमाउँदै कुद्दै थिए बेफिक्रीसँग।

म समुद्र छेउको पार्कमा बसेर किताव पढ्दै थिए। अमेरिका आएको यतिका समय भईसक्दा पनि म यहाँको रहनसहनमा त्यति भिज्न सकिरहेकी थिइन। घरको यादले पनि उतिकै सताउथ्यो। तर बुवा र आमाले मेरो लागि धेरै गर्नुभएको छ त्यसैले उहाँहरुको सपना पूरा गर्न पनि मलाई यहाँ त आउनु नै थियो।

म बेलाबेलामा कितावबाट नजर हटाउँदै वरपरको दृश्य हेर्दै थिएँ। त्यसैबेला मेरो पिठ्यूमा कसैले स्पर्श गर्यो। म झसंङ्ग हुँदै पछाडी फर्के। पछाडी फर्केर जसलाई देखें त्यसमा मैले आफ्नै आँखालाई विश्वास गर्न सकिन। न रुन सकें न खुलेर हाँस्न। यतिका बर्षसम्म सम्हालेर राखेको मन फेरि बेस्सरी चस्केको छ उसलाई देखेर। मेरो आँखा अगाडि सुयोग उभिएको थियो। सुयोग सुवेदी। जसले १२ बर्ष अगाडी मलाई अस्विकार गरेर प्रेमको सुनौलो यात्रामा बिच बाटोमै छोडेको थियो।

मेरो फुपूले सुयोगको कुरा ल्याउनु भएको थियो मेरोलागि। फुपुले कुरा ल्याएपछि सुयोगसँग भेट्न बुवाआमाले आग्रह गर्नु भयो। आफूले राम्ररी नबुझिकन सुयोगलाई घरमा बोलाउन मन लागेन। त्यसैले पहिला मैले एक्लै भेट्ने निर्णय गरेर उसलाई दरबारमार्गको एउटा रेष्टुरेन्टमा बोलाएँ। ऊ मभन्दा पहिल्यै त्यहाँ पुगिसकेको थियो। झट्ट हेर्दा खासै राम्रो र आर्कषित नभएपनि उसको बोलीले मलाई पहिलो दिनमै मोहित बनाएको थियो। त्यसपछि म सहजै राजी भएँ सुयोगसँग विवाह गर्न। अनि ऊ पनि राजी भयो। त्यसपछिका दिनहरुमा सुयोग र म कहिले फिल्म हेर्न जान्थ्यौं। कहिले डिनर गर्न। उसको साथ मलाई आत्मीय लाग्न थाल्यो।

बुवाको मृत्यूपछि आमाले एक्लै संर्घष गरेर आफूलाई हुर्काउनुभएको कुरा बेलाबेलामा सुयोगले सुनाउँथ्यो मलाई। बिराटनगरमा जन्मेर हुर्र्केपनि धेरै बर्षदेखि काठमाण्डौमै बसेर काम गर्दै थियो नाम चलेको मिडिया हाउसमा, न्यूज रिडरको रुपमा। हरेक साँझ उ अफिस सकिएपछि मलाई कहिले मेरो अफिस नजिक त कहिले घर नजिकै भेट्न आईपुग्थ्यो।

दशैं आयो, सुयोग बिराटनगर गयो। सुयोग विराटनगर गएको एक हप्तामै आफ्नी आमाको मृत्यूको खबर दिन फोन गर्यो। मलाई लगेर आफ्नो आमासँग भेटाउने ईच्छा त्यसै सेलायो उसको। काठमाण्डौ फर्किदा सुयोगमा ठूलो परिवर्तन आईसकेको थियो। गुमाउनुको पिडा उसलाई मात्रै थाहा हुन्छ जसले गुमाएको हुन्छ। त्यसपछि सुयोगको मैले झन् धेरै ख्याल राख्न थालें। उसले बोलाउँदा म सधै उसको समिपमा पुग्थें। सुयोग मेरो साथले बिस्तारै बिस्तारै आफ्नो पिडाबाट निस्कियो। उसलाई पहिलाको जस्तै हाँसेको देख्दा म झन् खुशीले गदगद हुन्थें। उसको खुशीमै मैले संसार देख्थें। ऊ आफ्नो दैनिकीमा फर्किसकेको थियो।

ऊ निकै गम्भीर मुद्रामा थियो। भेट्नासाथ उसले भन्यो “अनु, मैले धेरै सोचें, म तिमीसँग खुशी हुन सक्दिन, मलाई तिमीप्रति कुनै फिलिङ्स आएन।” उसको कुराले मलाई रिस उठ्नुभन्दा बढी अचम्म लाग्यो।

म थापाथलीमा काम गर्थे ऊ कुपण्डोलमा। त्यसदिन उसले मसँग डिनरको लागि प्रस्ताव राख्यो। हामीसंगै डिनर खान गयौं। डिनर खाएर फर्किदा रातको १० बजेको थियो। सिमसिम पानी परिरहेको थियो। सुयोगले परिरहेको पानीलाई बेवास्ता गर्दै बाइक चलाइरहेको थियो। अगाडीबाट आईरहेको ट्रकले हामी चढेको बाईकलाई ठक्कर दियो। दुबैजानाले हेल्मेट लाएको कारणले टाउकोमा चोट नपुगेपनि सुयोगको बायाँ हात भाच्चिएको कुरा अस्पताल पुगेपछि थाहा भयो। केहीदिनको उपचारपछि सुयोग अस्पतालबाट डिस्र्चाज भयो। ऊ कोठामा एक्लै हुने कारणले मैले उसकोलागि एकजाना सहयोगी भाई खोजीदिएँ। भ्याएसम्म म आफैं उसको कोठामा गएर उसको ख्याल राख्थें। करिब ६ महिनाको दुःखपछि उसको हात ठिक भयो। उसको हात ठिक भएपछि काममा जान थाल्यो।

काममा फर्केपछि उसको मसँग कुरा कम हुन थाल्यो। मैले चारपटक फोन गर्दा ऊ मुस्किलले एकपटक फोन उठाउँथ्यो। फेरि उसको काम पनि त त्यस्तै थियो। त्यसैले मेरो फोन नउठाएको होला भनेर सोच्थें। तर हैन, मैले फेसबुकमा फेक आइडी बनाएर उसँग कुरा गर्दा ऊ मज्जाले बोल्थ्यो। तर मेरो फोन र म्यासेजको उसले कुनै पर्वाह गर्दैनथ्यो। ऊ मसँग भेट्न थालेको छ महिनामै वाक्क भएछ कुरा गरेर। एकोहोरो फोन गर्दागर्दा हैरान भईसकेकी थिएँ म। मैले फोन गर्नै छोडिदिएँ। फेसबुकमा अनलाईन हुँदा पनि मेरो कुनै म्यासेजको रिप्लाई गर्दैनथ्यो। त्यसपछि मसँग उसको फोन पर्खिनुबाहेक अरु कुनै बिकल्प भएन। लगभग दुईहप्ता सम्पर्कविहिन भएको सुयोगले एकदिन आफैंले फोन गरेर मलाई भेट्न बोलायो। उसले भेट्न बोलाउँदा ममा फेरि नयाँ उत्साह पलायो। यसपटक उसलाई जसरी पनि आफ्नो बुवाआमासँग भेटाउँछु भन्ने सोच्दै उसले भनेको ठाउँमा पुगें।

ऊ निकै गम्भीर मुद्रामा थियो। भेट्नासाथ उसले भन्यो “अनु, मैले धेरै सोचें, म तिमीसँग खुशी हुन सक्दिन, मलाई तिमीप्रति कुनै फिलिङ्स आएन।” उसको कुराले मलाई रिस उठ्नुभन्दा बढी अचम्म लाग्यो। जुन मान्छेसँग विगत ६ महिनादेखि मेरो धेरैजसो समय व्यतित हुन्थ्यो उसलाई नै मप्रति कुनै फिलिङ्स आएन। ऊ भन्दै गयो “भाग्यमा छ भने हाम्रो विवाह होला तर अहिले यसबारे म केही भन्न सक्दिन।” मैले मनमै सोचें “भाग्यमा छ भन्दैमा डोकोमा दुध दोएर अडिएला र !” तर मनलेबाहेक मुखले बोल्न सकिन। यति भनेर ऊ सरासर त्यहाँबाट निस्कियो। सधैं भेटेपछि घरसम्म छोडिदिने सुयोगले त्यसदिन औपचारिकता समेत पूरा गर्ने चेष्टा गरेन। जुन मान्छेको लागि म ज्यान समेत दिन तयार थिएँ उसैले भन्दै थियो कि उसको मनमा मप्रति केही छैन।

घर पुगेर ढोका थुनेर निकै बेर रोएँ। उसको यादहरु मैले मनबाट हटाउन सकिन। बुवाआमाले धेरैपटक म रुनुको कारण सोध्नुभयो। रोएर आँशुले आफ्नो पिर केहीमात्रामा पखालेपछि मैले सबैकुरा उहाँहरुलाई भनें। उसको याद मटाउनकै लागि त्यसै रात देशै छोड्ने निर्णय गरें। बाध्यतामा गरिएको मेरो निर्णयमा म खुशी नभए पनि मेरो बुवाआमा निकै खुशी हुनुभयो। किनकी उहाँहरुले देख्नुभएको थियो म दिनदिनै गल्दै गएको। आफूले फूल जसरी हुर्काएको आफ्नो छोरीलाई कुनै काँडाले घोचोस् भन्ने कुनै बुवाआमा चाहदैनन्। उहाँहरुले पनि चाहनुभएन मलाई कुनै दुख र पिडा होस् भन्ने।

यति भन्दाभन्दै उसको आँखाबाट आँशु झर्न थालिसकेको थियो। मेरो आँखा त झन् कसरी ओभानो रहन सक्थ्यो र ? उसले आफ्नो हात बढाउँदै मसँग साथ माग्यो। मैले बगिरहेको समुन्द्र र उडीरहेको चरालाई साक्षी राख्दै उसको हातमाथि आफ्नो हात राखें। 

त्यसैले ब्याच्लर अफ अकाउन्टिङ गर्ने उदेश्यले अमेरिकामै पढ्ने अठोटका साथ म यहाँ आईपुगें।

धेरैपटक पाउरोटी मात्रै खाएर निदाएको छु म यो बिरानो सहरमा। कयौंपटक अनिदो रात बिताएकी छु। कसरी बिर्सन सक्छु र ? आज अमेरिकामा पाइला टेकेको १२ बर्षपछि मैले बल्ल आफूलाई माया गर्न थालेकी छु। मात्रै आफूलाई। अनि राम्रो कम्पनीमा अकाउन्टेन्टको जागिर समेत पाएकी छु। बितेका यी १२ बर्षमा पनि मैले सुयोगलाई बिर्सेर अरुसँग जीवन बिताउन सकिनँ।

सुयोगलाई १२ बर्षपछि आफ्नो सामु उभिएको देख्दा म न रुन सकें न हाँस्न। निकैबेरको मौनतापछि सुयोग आफ्नो कथा सुनाउन थाल्यो।

“तिमीसँग सम्पर्कविहिन भएपछि दुई महिनासम्म त मलाई केही महसुस भएन। मैले विवाह गर्ने निर्णय गरें। मेरो साहरा भनेकै मेरो अंकल हुनुहुन्थ्यो। उहाँले मेरो लागि धेरै केटी हेर्नुभयो। जति पनि केटी हेरें सबै सक्षम र पढेका थिए। त्यसमध्य साहना नामकी केटी मलाई धेरै नै मनपर्यो। मैले उसैसँग विवाह गर्ने निर्णय समेत गरें। उसको मायामा म अन्धो र एकोहोरो हुँदै गएँ। सुरुसुरुमा त उसले खुब माया गरेजस्तो गर्थी। तर जब मैले विवाहको कुरा गरें ऊपनि ठ्याक्कै त्यसैगरी टाढिदै गई जसरी म तिमीसँग टाढिएको थिएँ। उसले त्यसपछि कुनै खबर गरिन। म पनि काममा व्यस्त हुँदै जाँदा सबैकुरा बिर्सिदैं गएँ। भाग्यवस् अफिसले मलाई तालिमकोलागि ५ महिना अमेरिका पठाउने निर्णय गर्यो। तिमी यहाँ आएको कुरा मैले तिम्रो फूपु मार्फत धेरै पहिला थाहा पाईसकेको थिएँ। तिम्रो नम्बर पनि मागेको थिएँ उहाँसँग तर उहाँले दिनुभएन। अमेरिका आएको पहिलो हप्तामै मैले तिमीलाई डिपार्टमेन्ट स्टोरमा देखेको थिएँ। तिमीलाई बोलाउँछु भन्दाभन्दै आँखाबाट ओझेल पर्यौ। आज पनि धेरै साहस बटुलेर तिमीलाई बोलाउन आएको छु। मलाई माफ गरिदेउ अनु !”

यति भन्दाभन्दै उसको आँखाबाट आँशु झर्न थालिसकेको थियो। मेरो आँखा त झन् कसरी ओभानो रहन सक्थ्यो र ? उसले आफ्नो हात बढाउँदै मसँग साथ माग्यो। मैले बगिरहेको समुन्द्र र उडीरहेको चरालाई साक्षी राख्दै उसको हातमाथि आफ्नो हात राखें। अहिलेसम्म अरुले सजिलै प्राप्तगरेका कुराहरु पनि मैले धेरै कष्ट गरेर मात्रै प्राप्त गरेको हुनाले पनि आफ्नो प्रेममाथि विश्वास गर्न सकिरहेकी थिईन। कुनैदिन मैले पछ्याउँदा बेवास्ता गरेको प्रेमले आज आफैं मलाई पछ्याउँदै आएको छ। म पुन एकपटक हारेकी छु आफैंले गरेको अठोटसँग। मैले विगतलाई बिर्सेर आँखा चिम्लेर सारा जीवन सुयोगमै सर्मपित गरिदिएँ।

प्रकाशित मिति: : 2019-11-23 09:04:53

प्रतिकृया दिनुहोस्