गजलः कसरी भन्न सक्छौ यार उसले प्रेम गरेन ?

फाइल तस्बिर

कसरी भन्न सक्छौ यार उसले प्रेम गरेन, जतन गरेन
प्रेम भएर त हो तिमीलाई प्रेमिका पदबाट निलम्बन गरेन

थाहा छ यसैकारण तिमीले पागल भनी गएका हौ
जिन्दगीले तिम्रो खुशी हेर्ने बाहेक अरु कुनै मन गरेन

यता सम्बन्ध टुटाएर पनि तिमी क्या गमक्क परेर बस्यौ
उता सम्बन्ध निभाउन जान्नेले त कहिल्यै बडप्पन गरेन

नवीन थपलिया

प्रकाशित मिति: : 2019-10-13 21:59:24

प्रतिकृया दिनुहोस्