मदन पुरस्कारका लागि ७ श्रेष्ठ पुस्तकको सूची सार्वजनिक, कुनकुन परे?

तस्बिरः बिएल

काठमाडौं । ‌यस वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक भएको छ।

मदन पुरस्कार गुठीले विभिन्न २ सय ५७ पुस्तकबाट ७ उत्कृष्ट पुस्तक छनोट गरेको बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यीनै पुस्तकमध्ये एउटा पुस्तकले २०७५ सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

उत्कृष्ट ७ मा कुनकुन परे?

१.  एकादेशमा  - सानु शर्मा

२. ओक्‍कल दोक्‍कल पिपल पात- बिन्दु शर्मा

३. ज्ञ  -कुमार नगरकोटी

४. फातसुङ  -छुदेन काविमो

५. मरीचिका - महेश थापा                        

६. रणहार  - योगेश राज

७. विचारको लाश – ध्रुव सापकोटा

प्रकाशित मिति: : 2019-07-10 11:55:51

प्रतिकृया दिनुहोस्