'सिड्नी सपना'माथि सिड्नीमै विमर्श

'सिड्नी सपना'माथि सिड्नीमै विमर्श । तस्बिर : बीएल ।

श्रष्टा सानु घिमिरे 'ज्योत्स्ना' को 'सिड्नी सपना' नामक उपन्यासम यसै साता सिड्नी आइपुगेको छ । सिड्नी सपना सिड्नीमा आइपुगेको बेला यसलाई एक साहित्यिक मिमांशा कार्यक्रम आयोजना गरेर स्वागत गरिएको छ । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राधयापक जीवनाथ लम्सालले उपन्यास सिड्नी सपनाको समीक्षा गरे । उनले कृतिको परिवेश सिड्नीको नेपाली समुदाय भए पनि यो सिंगो नेपाली समाजको समानतामुखी अभियानको नमुना अश्त्र भएको बताए । 

छलफलमा स्थानीय सामाजिक अभियन्ता दिनेश पोखरेलले प्रबासमा नेपाली साहित्य सिर्जना गर्ने श्रष्टा साहित्यकारसँग सहकार्य गर्न आवश्यक रहेको बताए । उनले प्रवासको नेपाली समाजमा हुर्किदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा साहित्यप्रति रुचि बढाउन सहकार्यको आवश्यकता रहेको धारणा राखे ।

कार्यक्रममा आचार्य राजनले प्रवासमा नेपाली साहित्य जन्मिनुमा यहाँ भएको नेपाली समाजको भूमिका हुने बताए । साहित्य समाजको दर्पण भएकाले यसले समाजलाई सही चित्रण गर्न आवश्यक रहेको बताए । 

श्रष्टा घिमिरेले उपन्यास लेख्न आफुलाइ ८ बर्ष लागेको बताइन् ।नेपालबाट आउनासाथ लेख्न उत्साह बढ्ने भए पनि सिड्नीको जीवनशैलीले लेख्न ढिलाइ हुने उनले बताइन् ।

 

कार्यक्रम्मा अस्ट्रेलियामा बसोबास गरेका पहिलो पुस्ताका डा. नारायण प्रधानले लेखिका सानु घिमिरेलाई सम्मान गरेका थिए ।

नेपालको सांगृला बुक्सले प्रकाशनमा ल्याएको 'सिड्नी सपना' यसै साता सिड्नी आइपुगेको हो ।

प्रकाशित मिति: : 2019-06-09 11:16:58

प्रतिकृया दिनुहोस्