सी चिनफिङको इन्डो-नेपाल यात्राः उताको 'ऋषि-मन', यताको 'सिसी- मन'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नरिवलको पानी पिउँदै र नेपालकी समकक्षी विद्या भण्डारीसँग चियर्स गर्दै चिनीयाँ राष्ट्रपति सी चीन फिङ। तस्बिरः एजेन्सी

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

अक्टोबर ११ देखि १३ सम्म भारतको अनौपचारिक शिखर सम्मेलन र नेपालको औपचारिक राजकीय भ्रमणमा निस्केका राष्ट्रपति सीको फिर्तिसँगै भारतीय र नेपाली समाचार माध्यमले यसपटकको भ्रमणले दुई देशबिचको आपसी मैत्रीसम्बन्ध थप उचाइमा पुगेको समाचार सम्प्रेषण गरिरहेका छन् भने जनस्तरबाट पनि यो भ्रमणले दुईपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया आइरहेको छ ।

नेपालमा भने सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनको भ्रमणपछि करिव २३ वर्षको अन्तरालमा चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमणको विशिष्ट र अलग महत्त्व रहेको छ।

यस भ्रमणको क्रममा पूर्वाधार निर्माणलगायतका विविध विषयमा २० वटा सहमति सम्झौतामा हस्ताक्षर भएको र नेपाललाई करिब ५६ अर्व नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोगको आश्वासन प्राप्त भएको छ।

उता, भारतको तमिलनाडु राज्यको चेन्नइमा भएको दुई विश्व शक्ति राष्ट्रका सरकार प्रमुखबीचको भेटघाटले विश्व राजनीतिक रंगमञ्चमा तरंग पैदा गरेको छ ।

दक्षिण एसिया क्षेत्रमा आफ्नो एक छत्र प्रभाव कायम राखेको भारतका शक्तिशाली प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै दुई मुलुकबिचमा रहेको छिमेकी राष्ट्र नेपालको भ्रमणमा सी निस्कनुको पछाडि अनेकन अडकलबाजी हुन थालेका छन् ।

यो पनि हेर्नुहोस्- केरूङ–काठमाडौं रेल १५–२० वर्षभित्र आउँछः हिरण्यलाल श्रेष्ठ (भिडियो अन्तर्वार्ता) 

उनीहरूले अहिले नै रेल जोडि हाल्छु भनेका छैनन्। तर, उनीहरूले रेल ल्याउने पूर्वाधार तयार पार्न टोखा–छहरे सुरुङमार्ग बनाउँदै छन्। अहिले सबैलाई लागेको होला–‘चीनले रेल त होइन, सुरुङ दियो भनेर।’ तर, चीनले नेपालमा रेल हिमाल चढाएर ल्याउँदैन्। सुरुङ भित्रैबाट ल्याउने हो। त्यसैले उनीहरूले बाटो बनाउने, सुरुङमार्ग खोल्ने कुरा गरेका हुन्। फराकिलो सुरुङ बनाउँछन्, त्यही बाट छिराएर रेल ल्याउँछन्। Details

चिनियाँ राष्ट्रपति सीको भ्रमणसँगै कतिपय भारतीय सञ्चार माध्यमले नेपाल उत्तरी छिमेक चीनको प्रभाव छायाँमा परेको भन्ने सम्मका विषय पस्किन भ्याए । कतिपय नेपालका बुद्धिजीवीले भारतहुँदै नेपाल छिरेका चिनपिङ र मोदीबीच नेपालको विषयमा पनि छलफल भएको र चिनियाँ पक्षले नेपालमा भारतीय पक्षलाई सन्तुलित राख्दै द्विपक्षीय सम्बन्ध विकास गर्न खोजेको भन्ने सम्मका प्रतिक्रिया सार्वजनिक भएका छन् ।

यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ‘नेपाल समुन्द्रसम्म जोडिएको’ भन्ने अभिव्यक्तिको निरन्तरता दिँदै चिनियाँ राष्ट्रपतिले ‘नेपाल भूपरिवेष्ठित नभएर भूजडित मुलुक हो’ भन्ने अभिव्यक्ति दिए । यसले दुई शक्ति राष्ट्रबीचमा रहेको नेपालले कुनै एउटासँग मात्रै नभएर दुइटै मुलुकसँग सन्तुलित र सहकार्यको नीति अवलम्बन गर्नुपर्ने संकेत मिलेको छ ।

कटु सत्य पनि यहीँ हो कि, द्रूतगतिमा विकासको फड्को मारिरहेका दुइटै मुलुकसँग ‘सम्बन्धमा सन्तुलन र विकासमा हातेमालो’ गर्नुमा नै नेपालको सर्वोपरि हित निहित छ ।

जे होस् यसपटकको चिनियाँ राष्ट्रपति चिनपिङको भारतको बाटो गरी सम्पन्न नेपाल भ्रमणले त्रिपक्षीय सम्बन्धको विकास र विकास निर्माणमा साझेदारीको विषयलाई बहसमा ल्याएको छ । 

आपसी सहयोग आदानप्रदान र दुईपक्षीय सम्बन्ध विस्तारका अलावा यस प्रकारका उच्चस्तरीय भ्रमणमा कुटनीतिक मर्यादा पालनदेखि लिएर भेटघाटको लागि तय गरिएको स्थान विशेष र समग्र ब्यवस्थापकीय पक्षको पनि उत्तिकै राष्ट्रिय अन्तर्राष्ट्रिय चासो रहने गर्छ ।

यो पनि हेर्नुहोस्- एनआरएनलाई सुधार्न : यसो गरे, कसो होला ? 

संसारभर छरिएर रहेका परदेशी नेपालीका प्रतिनिधि यतिबेला घरदेशमा पुगेर नयाँ नेतृत्व छान्ने अभ्यासमा लागेका छन् । तर, दुर्भाग्य घरदेशबाट परदेश पुग्दा पनि उही चारतारे र हसिया हथौडा झण्डाकै मुनि बस्ने प्रवृतिले एनआरएन अभियानलाई 'घुम्दैफिर्दै रूम्जाटार' बनाइदिएको छ। यो पीडादायी छ, यद्यपि एनआरएनलाई राजनीतिमुक्त संस्थाका रूपमा हेर्न चाहनेलाई थाक्न पाइने छुट छैन । Details

विशेषत: आयोजक राष्ट्रको आन्तरिक तयारी, विदेशी विशिष्ट पाहुनालाई पस्किने परिकार, कार्यक्रम र बासस्थानको लागि स्थान विशेषको छनोटदेखि लिएर आफ्नो देशको मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रदर्शनसम्मका कुराले यस प्रकारको भ्रमणमा ठूलो महत्त्व राख्ने गर्छन् ।

दुई देशका प्रतिनिधिबीच भएका सम्झौताका अलावा उनीहरु बिचको प्रस्तुति, हाउभाउदेखि लिएर भ्रमणको क्रममा सार्वजनिक भएका तस्बिरले समेत विशेष महत्व राख्ने गर्छन् । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सोही अनुरुपको सन्देश प्रवाह हुन्छ।

चिनियाँ राष्ट्रपति चिनपिङको यसपटकको दुईदिने भारत-नेपाल भ्रमणको समग्र ब्यवस्थापकीय पक्षको समीक्षा गर्दा जसरी भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबल र अब्बल देखिए भने यता नेपाली पक्षको तयारी भने निकै कमजोर र फितलो देखिन पुग्यो।

भारतका प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति चिनपिङसँगको दुई दिने अनौपचारिक शिखर सम्मेलनको लागि राजधानी नयाँ दिल्ली नभएर दक्षिणी राज्य तामिलनाडुको राजधानी चेन्नाइदेखि करिब ५० किलोमीटर दक्षिणको तटीय शहर ममलापुरम् रोजे ।

मोदीको उक्त स्थान छनोटलाई लिएर अचम्मित हुँदै संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा बस्ने मेरा मामाले फोन गरेर जिज्ञासा राख्नु भयो ।

त्यसपछि मैले तमिलनाडु राज्य र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वपूर्ण शिखर सम्मेलनको लागि स्थान छनोटको विषयलाई लिएर केही हदसम्म सोधखोज गर्न पुगेँ।

चेन्नई पुगेर प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुका द्रबिड समुदायलाई भारतीय जनता पार्टीले उच्च महत्त्व दिएको भन्ने आन्तरिक सन्देश दिन चाहान्थे । साथै उक्त सहर र चीनसँगको ऐतिहासिक सम्बन्ध अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न चिनियाँ राष्ट्रपतिलाई त्यहाँ आमन्त्रित गर्न चाहन्थे ।

ममलापुरममा प्राचीन पल्लभहरुले शासन गरेका थिए जसको तत्कालीन ब्यापारीक र सुरक्षा सम्बन्ध सिधै चीनसँग रहेको थियो। चीनसँगको व्यापार र आपसी सुरक्षा रणनीतिले गर्दा तत्कालीन मामलापुरमले अति सम्पन्न राज्यको दर्जा पाएको थियो।

यो पनि हेर्नुहोस्- ‘आँखा देख्न पाए त छोरीलाई जसरी पनि पाल्ने थिएँ नि’ (भिडियोसहित) 

'ठूलाठूला मान्छे उपचारका लागि विदेश जान्छन्। म मोतिविन्दूको उपचार गराउन २५ हजार नभएर अँध्यारोमा बसेकी छु। हामीलाई कसले पो हेर्छ र ?' यो निर्दोष प्रश्न हो- सिन्धुपाल्चोक भोटेकोशीकी दीक्षा तामाङको। सानो उमेरमै दुबै आखामा सेतो पर्दा लागेर संसार छोपिएकी उनी आफ्नो मनको वह पोख्दै थिइन् - आँखा देख्न पाए त यो छोरीलाई जसरी पनि पाल्ने थिएँ नि। Details

त्यसैले पल्लभहरुको इसाको सातौं र आठौं शताब्दीको अवधिलाई पल्लभहरुको "स्वर्णिम युग" मानिन्छ।

यसरी मामलापुरमबाट भारत र चीनबीचको आपसी व्यापारीक सम्बन्ध र सामुहिक सुरक्षा रणनीतिबाट आगामी दिनमा पनि दुइटै मुलुक लाभान्वित हुनसक्ने सन्देश प्रवाह गर्न चाहन्थे उनी ।

अर्को कुरा ममलापुरम एक पुरातात्त्विक सहर पनि हो जहाँ अनगिन्ती शिलामा कुदिएका प्राचीन चित्र र बिम्ब मात्रै छैनन् अभुतपूर्व र आश्चर्यजनक प्राचीन संरचना पनि छन्। त्यसैले राष्ट्रपति चिनपिङमार्फत यिनै पुरातात्विक र अलौकिक संरचनालाई विश्वसामु चिनाउन चाहन्थे उनी ।

अर्को कुरा ममलापुरमका पल्लभ राजाको छोरा ठानिएका बोधिधर्मले बौद्ध भिक्षुको रूपमा चीन भ्रमण गरेका र बुद्ध धर्मलाई चिनभरी फैलाउने कार्य गरेका थिए । त्यसैले ममलापुरमबाट भारतको चीनसँग प्राचीन कालदेखिको धार्मिक सांस्कृतिक सम्बन्ध रहेको पनि प्रधानमन्त्री मोदी उजागर गर्न चाहन्थे।

त्यसैले उनले राजधानी नयाँ दिल्लीको साटो दक्षिणी राज्य तमिलनाडुको ममलापुरम रोजे।

ममलापुरमा उनले सार्वजनिक गरेका तस्वीर र अभिव्यक्तिमा भारत र चीनको सुमधुर वर्तमान र उज्ज्वल भबिश्यका बिम्ब प्रतिबिम्बित देखिन्छन्।

उनले राष्ट्रपति सीलाई तीनवटा महत्त्वपूर्ण, ऐतिहासिक र पुरातात्त्विक स्मारकहरु अर्जुन तपस्थली, पञ्च रथ र समुन्द्रीतटमा अबस्थित मन्दिरको भ्रमण गराएका तस्बिर सार्वजनिक भए । जसले उनको सनातन संस्कृतिप्रतिको आफ्नो अनुरागलाई विश्वसामू चिनाउने कार्य मात्रै गरेन, त्यही अवसरमा आफैं फ़ोहोर संकलनमा हिँडेको भिडियो सार्वजनिक गरेर करोडौं ब्यक्तिको श्रद्धा पनि बटुल्न भ्याए ।

यसरी भारतीय ब्यवस्थापन पक्ष र प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति चिनपिङको दुईदिने भारत भ्रमणको भरपुर उपयोग मात्रै गरेनन्, भ्रमणको सफलता सँगै विश्वसामु भारत, भारतीय मान्यता र भारतको आत्मा चिनाउन पनि सफल भए ।

भारतीय पक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उल्लेखित कुटनीतिक र व्यवस्थापकीय पक्षको पृष्ठभूमि र त्यसको तुलनामा, करिब २३ वर्षको अन्तरालमा भएको उच्चस्तरीय चिनियाँ राष्ट्रपति सी चिनपिङको दुईदिने औपचारिक राजकीय भ्रमणको विषयलाई लिएर हाम्रो देशको आन्तरिक तयारी र समग्र व्यवस्थापकीय पक्ष माथि विमर्श गर्न मन लाग्यो।

यो पनि हेर्नुहोस्- कहिलै सकिएन 'बुढी आमै' को जीवन संघर्ष 

आफ्नै घरबाट बहिस्करणमा परेकी उनले जीवनभर थुप्रै संघर्ष गरिन्। लामो समय कोठाभाडामा बसिन्। काठमाडौंमा कोठा भाडामा बस्दाका दिनहरु याद गर्दै अभिलेख राखियो भने पनि महाभारत जत्तिको कथा बन्छ होला। Details

एक क्षणलाई यो भ्रमणको क्रममा दुई पक्षबीच भएका २० बुँदे औपचारिक कागजी सम्झौतालाई पर राखेर हेर्ने हो भने हाम्रो समग्र कुटनीतिक र व्यवस्थापकीय पक्ष एकदमै फितलो रहेको अनुभूति हुन्छ ।

पूर्ण सफल कूटनीतिक अभ्यास, प्रयाप्त आन्तरिक तयारी र कुशल व्यवस्थापकीय कला प्रदर्शन गर्न सकेको भए २०बुँदे सम्झौताका अलावा भारतीय प्रधानमन्त्रीले झै हामी पनि नेपाल, नेपाली संस्कृति र नेपालको आत्मालाई सी चिनपिङको भ्रमणको अवसरमा विश्वसामु चिनाउन सक्थ्यौं होला ।

नेपाल र चीनबीचको युगौं पुरानो सम्बन्धलाई विश्वसामु उजागर गर्न सक्थ्यौ होला । नरेन्द्र मोदीले ममलापुरम रोजेझै हामी सी चीन फिङलाई विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा उतारेर हाम्रो विशिष्ट सम्बन्धको विश्वसामु उजागर गर्न सक्थ्यौं होला ।

मोदीले पञ्चरथ र तटीय मन्दिर घुमाएझै हामी पनि स्वयम्भू र बौद्धको स्तुपामा पुर्‍याउन सक्थ्यौं होला ।

मुलुकको धार्मिक सांस्कृतिक मान्यताप्रति गौरव गर्ने भारतजस्तै आस्थिक नभए पनि नेपालमा पनि दुई-तिहाइको बलियो कम्युनिष्ट सरकार थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै ऋषिमन नभए पनि आफूलाई मुलुकको उन्नतिको निम्ति बाँचेको ठान्ने हाम्रा प्रधानमन्त्री थिए।

भारतको चीनसँगको सम्बन्धभन्दा हाम्रो चीनसँगको सम्बन्ध अझ विशिष्ट र युगौ पुरानो थियो । 

कमसेकम आफ्नै मुलुकभित्र यस्तो प्रकारका कार्यक्रम आफैंले तय र व्यवस्थापन गर्दा र मुलुकको महिला राष्ट्रप्रमुखको हातमा गिलास बोकेका तस्बिरहरु सार्वजनिक हुँदा यसले नेपाली समाजमा कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुराको आकलन र पुर्वानुमान किन गरिएन ?

लिच्छविकालिन नेपाली राजकुमारी भृकुटीको तिब्बती सम्राट् स्रोङ्चङ गम्पोसँग बिहे भएकोदेखि १२औं सताब्दीमा नेपाली कारिगर अरनिकोले बेइजिङ पुगेर ह्वाइट प्यागोडा निर्माण गरेको सम्मका सम्बन्धका पाटा थिए।

चौथो सताब्दिको अन्त्यतिर चिनियाँ यात्री फाहियान नेपाल आएर बौद्ध धर्मग्रन्थलाई चिनियाँ भाषामा उल्था गरेकोदेखि ह्वेन साङले नेपालमा यात्रा गरी नेपालका बिबिध पक्षको बर्णन आफ्नो यात्रा वृतान्तमा समेटेको सम्बन्धको पाटो थियो।

अझै स्वयम्भू पुराणलाई आधार मान्ने हो भने त मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकामा बस्ती बसाएको र धर्माकरलाई राजा बनाएको भन्ने सम्मका कथन छन् ।

यसरी हेर्दा नेपालको उत्पत्तिसँगै चीनसँगको सम्बन्ध गाँसिएको देख्न सकिन्छ । भौगोलिक रूपमा पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालले दुई मुलुकलाई जोडेको मात्र छैन, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाई प्रदान गरेको छ।

यो पनि हेर्नुहोस्- सेन्सरसिपबाट गुज्रेकी हजुरआमा कथाकी लेखिका अमृताका वृतान्त्त 

उनी आफू काठमाडौंका साँघुरा गल्लीमा अलमलिए पनि मन भने कहिले अल्मलीएन। उमेरले ८० पार गरेका आमाहरु खोज्दै जान्थिन्। हजुरआमाले संघालेका इतिहास अनुहारमा मुझा परेका रेसाहरु झै उनले आफ्नो रेकर्डरमा रेकर्ड गर्दै कापीका पानामा लिपीवद्य पार्थिन्। यी लिपीवद्य पार्दै गर्दै अरु प्रश्नहरुको पनि उनले धेरै सामना गर्नुपथ्र्यो। उनलाई आफ्नै मामा घरको हजुरआमाका कुराहरुले पनि सानै देखि तानिरहन्थ्यो। आफ्नै हजुरआमाका कथाबाट शुरु गरिन् “हजुरआमाको कथा”। Details

नेपाल र चीनबीचको यस्तो विशिष्ट सम्बन्ध र नेपालको विविध बिबिधता र विशिष्ट सांस्कृतिक सम्पदा अनि पुरातात्त्विक संरचनालाई चिनियाँ राष्ट्रपति सीको औपचारिक भ्रमणको क्रममा विश्वसामू उजागर गर्नुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टिमोडसम्म बाटोको दुईतिर फ्लेक्स टाँसेर र बिजुलीका खम्बामा तस्बिर झुन्ड्याएर हामीले आफ्नो कर्मकाण्ड पूरा गर्‍यौं ।

व्यवस्थापकीय पक्षको कुरा गर्दै गर्दा दुई पक्षीय उच्चस्तरीय भ्रमणहरुमा अक्सर आयोजक राष्ट्रले दुई पक्षीय समझदारीमा सम्पूर्ण कार्यक्रमहरु तय गर्ने परम्परा हुने गर्छ।

आयोजक राष्ट्रले आफ्नो परिस्थिति र परिवेश अनुकुल हुने तर अर्को पक्षलाई पनि प्रतिकुल नहुने गरी आपसी समझदारीमा कार्यक्रम तय गर्ने प्रचलन छ । भ्रमण दलका प्रमुख पात्रबीचका कतिपय अनौपचारिक प्रस्तुति र क्रियाकलाप सार्वजनिक हुन नदिने परम्परा हुन्छ ।

फरक फरक मुलुकका फरक-फरक संस्कार, मूल्य र मान्यता हुने गर्छन् । यस्तो परिस्थितिमा एउटाको संस्कार र मान्यता अर्काको प्रतिकुल पनि हुन सक्छ । यसमा सामन्जस्यता स्थापित गर्नु कुशल व्यवस्थापनको महत्त्वपूर्ण पाटो हो । नेपालको दक्षिणी छिमेकी भारतको भन्दा उत्तरी छिमेकी चीनको संस्कार र सामाजिक मान्यताबीच निकै अन्तर रहेको देखिन्छ।

यसै बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चीन फिङलाई मन्दिरको छेवैमा बसाएर नरिवल पानी पिलाएका तस्बिरहरु सार्वजनिक हुँदै गर्दा हामी नेपालीका घर घरमा भने हाम्रा राष्ट्रप्रमुख र सरकार सञ्चालकहरु हातमा गिलास समातेर सी सँगै चियर्स गर्न लागेका दृश्यहरु पुगे।

आयोजक राष्ट्रको तर्फबाट यस प्रकारको कार्यक्रम तय नभएर चिनियाँ राष्ट्रपतिले चियर्स गरौं त पक्कै भनेनन् होला । आयोजक मुलुकले तय गरेको कार्यक्रम बेगर चिनियाँ राष्ट्रपति चिनपिङले प्रस्ताव गर्ने भए उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतको समृद्धि र भारतीय जनताको सुखी जीवनका लागि चियर्स गरौँ’ भनेर प्रस्ताव किन गरेनन् होला?

सीसँग खुलेका ऋषिपुत्रहरुका सिसिमनहरू, हातमा गिलास बोकेर प्रफुल्लित मुद्रामा मुस्काइरहेका तस्बिरहरु सामाजिक सञ्जालहुँदै प्रत्येक नेपालीका मोबाइल स्क्रिनसम्म पुगे।

चलचित्रको अभिनयमा मदिरापानको दृश्य देखाउँदासमेत बिचमा मध्यपान विरुद्ध बिज्ञापन राख्नुपर्ने नियम बनाउनेहरू आफैं गिलास नचाउँदै हिँडेका तस्वीर सार्वजनिक गरेर समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजिदै छ?

अतिथिको सम्मानमा चियर्स गर्ने चिनियाँ संस्कार हो। हाम्रो संस्कार त्यो होइन। हामी नेपालीहरू कहिलेकाहीँ आफ्नो सामाजिक सांस्कृतिक मान्यताको धरातल बिर्सेर आवश्यकता भन्दा बढी नै उछालिने गर्छौं।

गत वर्ष चीन सरकारको निमन्त्रणामा सर्वदलीय प्रतिनिधि मण्डलमा सहभागी भएर २४ दिन चीन भ्रमणमा रहँदा मैले अनुभव गरेको कुरा सम्झिदै छु जतिबेला कतिपय नेपाली प्रतिनिधिमण्डलका क्रान्तिकारी साथीले जानाजान बिफको परिकारहरु भोजन गरे। चिनियाँ संस्कार अवलम्बन गर्नुमा अग्रगमनको साइनो भेटे। त्यहाँ रहँदा हामीले चिनियाँमाझ नेपालीको मौलिक र साझा संस्कार प्रदर्शन गर्न समेत सकेनौं।

कमसेकम आफ्नै मुलुकभित्र यस्तो प्रकारका कार्यक्रम आफैंले तय र व्यवस्थापन गर्दा र मुलुकको महिला राष्ट्रप्रमुखको हातमा गिलास बोकेका तस्बिरहरु सार्वजनिक हुँदा यसले नेपाली समाजमा कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुराको आकलन र पुर्वानुमान किन गरिएन ?

आयोजक राष्ट्रको तर्फबाट यस प्रकारको कार्यक्रम तय नभएर चिनियाँ राष्ट्रपतिले चियर्स गरौं त पक्कै भनेनन् होला । आयोजक मुलुकले तय गरेको कार्यक्रम बेगर चिनियाँ राष्ट्रपति चिनपिङले प्रस्ताव गर्ने भए उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतको समृद्धि र भारतीय जनताको सुखी जीवनका लागि चियर्स गरौँ’ भनेर प्रस्ताव किन गरेनन् होला?

यो पनि हेर्नुहोस्- पिएचडी सर्टिफिकेट बाेकेर बृद्धाश्रम बसेकी शान्तिप्रियाको दुबै मृगौला चल्न छोड्यो (भिडियाे सहित)

कुपण्डोलमा रहेको शान्तिप्रियाको घर उनको प्रतिक्षामा उदास र उजाड देखिन्छ। सुनसान घरबाहिर झुन्डाइएको डाक्टर शान्तिप्रिया लेखेको बोर्डले उनको सम्झना गराउँछ। तर, उनी ५ दिनको अस्पताल बसाइँपछि आइतबार भक्तपुरस्थित मानव कल्याण समाज सेवा आश्रममा फर्किएकी छिन्। Details

उनले प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री मोदीले के गर्थे होला ? कथंकदाचित बिदेशी विशिष्ट पाहुनाले प्रस्ताव गरिहाले भनेर चियर्स स्वीकारेकै भए पनि, मोदीले गिलास हातमा बोकेको तस्बिर सार्वजनिक हुन्थ्यो कि हुन्नथ्यो होला?

यदि सार्वजनिक भएको भए त्यसले भारतीय समाजमा कस्तो सन्देश दिन्थ्यो होला ? आफ्नो मौलिकता कुल्चेर अतिथि सत्कारमा गर्ने भए राष्ट्रपति सी लाई चेन्नाइका पुरातात्त्विक मन्दिर र महाभारत तपस्थली डुलाउनुको सट्टा हाम्रोजस्तै "चियर्स प्रणाली" किन अवलम्बन गरेनन् उनीहरुले ?

एकपटक हाम्रो ठाउँमा उनीहरुलाई र उनीहरुको ठाउँमा हामीलाई राखेर मुल्यांकन गरौं र अन्तर निकालौं । यिनै तमाम विषयले हाम्रो कुटनीतिक र ब्यवस्थापकीय पक्ष कति कमजोर र फितलो रहेछ भन्ने कुराको संकेत गर्छन् ।

अन्त्यमा गल्ती हुनु कमजोरी होइन ,गल्तीबाट पाठ नसिक्नु कमजोरी हो, भन्ने भनाइलाई आत्मसात गर्दै आगामी दिनमा सिसिमनहरु लाई ऋषिमनमा रुपान्तरित गर्ने प्रयत्न गरौं ।

झन्डै २३ वर्षपछि मित्र राष्ट्र चीनको तर्फबाट राष्ट्रपति चिनपिङबाट भएको दुईदिने नेपालको राजकीय भ्रमणले नेपाल र चीनबिचको आपसी सम्बन्ध र सहयोगलाई नयाँ गति दिन सकोस् । नेपाली जनता र चिनियाँ जनताबीचको आपसी भाइचाराको सम्बन्धले सदैब जिवन्तता पाईराखोस् । अस्तु....

E-mail: ramananda.neupane@gmail.com

प्रकाशित मिति: : 2019-10-15 08:42:50

प्रतिकृया दिनुहोस्