यसपालिको 'आयुद्रोण सूते ....' अक्टोबर ८ मा

यसपालिको 'आयुद्रोण सूते ....' अक्टोबर ८ मा । एक प्रतिकात्मक तस्बिर ।

दशैंलाई घरदेशमा हुन् या परदेशमा जहाँ बसेका भए पनि नेपाली मात्रको महान सांस्कृतिक पर्वका रुपमा बडो उल्लासमय वातावरणमा मनाउनु पर्छ । सबैले रमाउनु पर्छ, बडाबाट आशिर्वाद थाप्नुपर्छ । दु:खीलाई सहयोग गर्नु पर्छ । धर्मबाट मात् हैन, जातपात, बर्गभन्दा पनि माथि उठेर सबै सबै नेपाली मन रमाउनु पर्छ दशैंमा । असत्यमाथि सत्यको विजयको उत्सबको रुपमा मनाईनु पर्छ दशैं ।

आफु रमाउदा अरुलाई रुवाएको ख्याल नगर्नु दानवता हो । साकाहारी या मांसाहारी के हुनु ?, सही होला- यो छुट्टै छलफलको बिषय हो । मेरो परिवारमा पनि आधा-आधा दुईतिर छौं हामी । तर्क नैं गर्ने हो भने साकाहारीका अगाडि मांसाहारीका तर्क फिक्का लाग्छन् । त्यसैले संसारमा साकाहारीको संख्या बढ्दै गएको जस्तो लाग्छ । तैपनि मांसाहारीले मासु ज्यादै नैं मिठो हुने सम्झिदा पनि मुखबाट पानी आउँने, मासुबिनाको भोजन त के नपुगेको जस्तो हुने, प्रोटिनको गतिलो स्रोत हुने, सबै साकाहारी भए संसारमा खानाको श्रोत केले धान्ने, सुन्दा राम्रा देखिए पनि अब्यबहारिक र असम्भव कुरा हो जस्ता तर्क गरेको पाइन्छ ।

तर, साकाहारीका अघि यी तर्कका लागि तर्क जस्ता मात्रै लाग्छन् । उनीहरूका सामु तर्क गरेर जित्न सकिदैन । किनकि यी तर्क भनेका आजको युगमा कलमभन्दा तरवार शक्तिशाली हुन्छ भनेर तर्क गर्नुजस्तै हो । 

तर्कमा माथि भए पनि बिचरा साकाहारीहरू आफुलाई मन नपर्ने यो सब गतविधि हेर्न र भोग्न बाध्य छन् । कानुन पनि फितलो भएको नेपालजस्तो देशमा मांसाहारीबाट धेरै नैं पीडित पनि छन् साकाहारीहरू । 

यो सबैको दशैं हो भनेर सोचिदिने भए कति राम्रो हुने थियो ? बालबच्चालाई, साकाहारीलाई र सार्वजनिक रुपमा देखाएर काटमार नगरिदिए कस्तो राम्रो हुने थियो ? यस्ता फोटाहरु र चर्चा फेसबुकमा पोष्ट नगरिदिए कति राम्रो हुने थियो ? अनि राज्यले पनि यसलाई अनुशासित बनाउने कडा कानुन ल्याएर कार्यान्वयन गरिदिए त झन् गजब्बै हुन्थ्यो ।

नेपालीलाई एउटै सूत्रमा गाँस्ने संस्कृतिको धेरै महत्व छ । अमेरिकामा हामी सबै क्रिसमसको छुट्टीमा रमाइलो गर्छौं, त्यस्तै हुनुपर्यो नेपालीका लागि दशैं । यसको श्रोत नकोट्याईकन त्यसको सारलाई समाएर धर्मभन्दा माथि उठेर एउटा सांस्कृतिक एकताको पर्वको रुपमा मनाउन सके कति रमाइलो हुँदो हो दशैं । असत्यमाथि सत्यको बिजयको रुपमा, आफैं भित्रको दानवत्वलाई मानवत्व या ईश्वरलाई जिताउने रुपमा मनाउनु पर्छ दशैं । यो कुनैं जाति विशेषको चाड हो भनेर अहिले गरिएका बिबाद नेपाली जातिका लागि नै हानिकारक छन् ।

पञ्चाङ समिति दुईवटा/तीनवटा- तपाईहरूलाई जति मन लाग्छ त्यति नबनाउनुस् । बरु एउटै भएकोलाई के सुधार गर्नुपर्छ त्यसमा लाग्नोस् । यो समितिको नाममा अनेक अन्तरबिरोध बाहिर आउने कुराले संस्कृतिको संरक्षण र सामाजिक सद्भावमा ठुलो नोक्सान हुन सक्छ । 

 

दशैलाई हिन्दु धर्म र संस्कृतिलाई समयसापेक्ष ब्यवहारिक र बैज्ञानिक सुधार एवं संरक्षण गर्दै लैजानुपर्ने दायित्वमा हाम्रा बिद्वान ज्योतिष र राज्य पनि असक्षम देखिएको छ । खासगरी हिन्दु संस्कारका नाममा अनेकौं बिकृती, शोषण र अन्यौलता छन् । यसलाई समयसापेक्ष बनाउदै लैजानुपर्ने दायित्व कसको हो ? उल्टो अमेरिका बस्ने केही ज्योतिषले एउटा छुट्टै क्यालेण्डर निकालेर नेपालकै क्यालेण्डर अनुसार मान्ने र नयाँ मान्ने अर्थात अलग अलग दिन दशैं, तिहार, तीज आदि मनाउनेमा बिभाजित गरिदिएका छन् । यसले विदेशको ठाउँमा आफ्नो संस्कृति कायम गर्न यसै मुस्किल भएको बेला बितृष्णा र अन्यौलता थपिदिएको छ ।

मेरो सुझाव आदरणीय ज्योतिषज्यूहरुलाई । पञ्चाङ समिति दुईवटा/तीनवटा- तपाईहरूलाई जति मन लाग्छ त्यति नबनाउनुस् । बरु एउटै भएकोलाई के सुधार गर्नुपर्छ त्यसमा लाग्नोस् । यो समितिको नाममा अनेक अन्तरबिरोध बाहिर आउने कुराले संस्कृतिको संरक्षण र सामाजिक सद्भावमा ठुलो नोक्सान हुन सक्छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा अर्थात् जुठो, सुतक, रजस्वलाजस्ता कुरामा भएका लामा, झंझटिला, अबैज्ञानिक, अब्यवहारिक कुरालाई समयसापेक्ष परिवर्तन गर्नुस् र अनेक रुपतालाई एकरुपता दिनोस् । अनि हुन्छ रमाएलो । अनि सजिलो हुन्छ नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण ।

दशैं अक्टोबर ७ सोमबार कि अक्टोबर ८ मंगलबार भन्ने विवाद सिर्जना गरिएको छ । मेरो विचारमा नेपालको आधिकारिक पञ्चाङ्ग निर्णय समितिले तोकेको या नेपालमा जुन मिति र समयमा हुन्छ (त्यही समय अर्थात् यहाँ करिव १२ घण्टापछि हुन्छ) त्यसैलाई मान्दै आइएको छ । त्यसैले बिबादास्पद कुराको पछि नलाग्नु नै श्रेयस्कर हो ।  

नेपालको आधिकारिक पञ्चाङ निर्णय समितिले तोकेअनुसार दशैंको टीका अक्टोबर ८ मंगलबार  नै हो । र, यसको उत्तम साइत विहान ११ बजेर ३५ मिनेट जाँदा नै हो । संसारको जुनसुकै कुनामा पनि यो समय आउने भएकाले त्यही समयमै टीका लगाउनु नै दशैंको सम्मान हो, हाम्रो सनातनको सम्मान हो । 


नेपाली मन्दिर टेक्सासका मूलपुरोहित डा. शेखर पण्डितले निकाल्नु भएको दशैको टीका साइत 

बडा दशैं (२०७६ ) को टीका ( Oct 08, 2019) मा
````````````````````````````````````````````````````````````````
Sep 29, 2019 ----घटस्थापना , जमरा राख्ने 
Oct 05, 2019 ---- फूल पाती भित्र्याउने 
Oct 07, 2019 ---- महा नवमी , साँझ सप्तशती ( चण्डी ) मन्त्र द्वारा हवन र नवकन्या पूजा 
Oct 08, 2019 ---  बिहान ७. १५ बजे ( श्रवण- नक्षत्रयुक्त अमृत वेलामा ) देवी विसर्जन पूजा।
नो लङ्घनीया: कुलदेशधर्मा: !!

विश्वका विभिन्न देशमा बसेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्थानीय समयमा दशमी तिथि पारेर दशैंको टीका लगाउनुपर्छ भन्ने सन्दर्भमा....

१, हामीले अहिलेसम्म मानिआएको परम्परामा महानवमीको साँझमा चण्डीमन्त्रद्वारा हवन र नवकन्या पूजा गरिन्छ । त्यो नगरी नवरात्र पूजा पूरा हुँदैन ।
२, श्रवणेन विसर्जयेत् भन्ने शास्त्रीय वचन अनुसार Oct 08, 2019 को विहान श्रवण नक्षत्र युक्त बेलामा देवी विसर्जन पूजा 9.43 बजे भित्र गर्न मिल्छ ।
३ ,Oct 07, मा अष्टरात्र मात्र हुने र Oct 08, मा नवरात्र पूरा हुन्छ।
४, बडा दशैं पर्वले विशेष गरेर नेपालीहरुका मन मस्तिस्कमा शास्त्रीय पर्व मात्र नभएर मौलिक सांस्कृतिक पर्वको रूपमा विशेष स्थान पाएको छ। त्यसैले छुट्टै भिन्नै बसेका सबै दाजु भाइ , दिदी बहिनीहरू पनि दशैंको जमरा राखेको मूल घरमा मर्यादा क्रम अनुसार टीका लगाउन जम्मा हुन्छन्। मूल घरमा टीका नचले सम्म कुनै पनि दाजु भाइले आफ्नो घरमा टीका लगाउँदैनन्। त्यसैले आफ्ना घरका (नेपालका ) पिता, माता, दाजु , भाउजू आदि आदरणीय जनहरूको टीका नै न चलिकन छोरा, छोरी, भाइ भतिजाहरुले अघिल्लै दिन मा ( Oct 07 मा) टीका लगाउनु उपयुक्त हुँदैन। अत: Oct 08, का दिनमा नै टीका लगाउनु उपयुक्त र सान्दर्भिक हुन्छ ! अस्तु शुभम्।

प्रकाशित मिति: : 2019-10-04 04:18:51

प्रतिकृया दिनुहोस्