बाटोमा मकै बेच्ने चिनियाँ तीन वर्षभित्र करोडपति भए

तस्बिरः बिएल

 अनुभव 

सन् १९९६ को जुलाईमा अध्ययनका लागि चीनको संघई हुँदै राजधानी बेइजिङ पुग्दा म धेरै कुराले अचम्मित भएको थिए। नेपालबाट जाँदै सुनेको थिए– चीन साइकलै साइकलको देश हो।

नभन्दै बेइजिङ पुगेपछि यसको प्रत्यक्ष अनुभव गर्ने मौका पाए। नेपालमा खोला बगेसरह साइकलहरूको लर्को देखेर आश्चर्य पनि लाग्यो। त्यति बेला बेइजिङमा जाडो थियो। थुप्रै चिनियाँ एउटा ढ्वाङमा मकै मात्र होइन, आलु र सखरखण्डा पोलेर बटुवाहरूलाई बेचिरहेका देखिन्थे। १ रुपैयाँ नेपाली बराबर ७ युआन हुन्थ्यो। ५ युआनमा टन्नै खान पाइने।

महरा कृष्णबहादुर त गए : पालो आउला कि अरू 'कृष्ण'को पनि ?

करिब ३ महिना बेइजिङ बसाइँको क्रममा मकै, आलु र सखरखण्डा खान म त्यहाँ गइरहन्थे। यसैक्रममा फुजियान प्रान्तको सियामन शहरस्थित सियामन विश्वविद्यालयमा मेरो भर्ना ‘कन्फर्म’ भयो।

चिनियाँ पूर्वराष्ट्रपति देङ स्याउ पिङले आफ्नो कार्यकालमा ५ वटा शहरलाई मुख्य व्यापारीक क्षेत्र घोषणा गर्दा सियामन शहर पनि एक थियो। दक्षिणी चीनमा रहेको यो क्षेत्र त्यति बेला बेइजिङभन्दा भब्य थियो।

तीन वर्ष सियामनमा अध्ययन सकाएर सन् १९९९ मा म फेरि बेइजिङ फर्किए। यति बेला मलाई चौबाटोमा बसेर खाएको मकै र आलुको खुब याद आयो। त्यसको स्वाद नै बेग्लै थियो। निकै मिठो।

नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन्

म मकै खान पुरानै ठाउँमा पुगे। तर, बाटोमा एउटा पनि मकै पोलेको भेटिन्। मलाई अचम्म लाग्यो। मकै, आलु र सखरखण्डा बेचेर पेट पाल्ने त्यत्राबिदी चिनियाँहरू कहाँ गएँ? मेरो दिमागले केही सोच्न सकेन।

तीन वर्ष चीनमा अध्ययनरत रहँदा म चिनियाँ भाषा राम्रोसँग बोल्ने भइसकेको थिए। मैले स्थानीयसँग उनीहरूकै भाषामा सोधेँ। मेरो कुरा सुनेर सुरुमा त उनीहरू गल्ल हाँसे। म झन् असमञ्जसमा परेँ। उनीहरूले भने– ‘कहाँ उनीहरू बाटोमा बसेर मकै बेचिरहन्छन्? धनी भइसके।’

स्थानीयको यो कुरा सुनेर मेरो दिमागै हल्लियो। मेरो कल्पनाभन्दा बाहिरको कुरा। दुई छाँक पेट पाल्नका लागि सडकमा बसेर मकै बेच्ने मान्छे धनी भएको सुन्दा मलाई पत्याउन गाह्रो परिरहेको थियो।

नेपालमा सडकमा मकै बेचेर कोही मानिसले घरबार जोड्यो, गाडी चढेर हिड्ने भयो भनेको अहिलेसम्म मैले सुनेको छुईन्। गरिब झन् बढी शोषित भइरहेका छन्।

क्यानडा छोड्दै गर्दा मन्त्री योगेश भट्टराईलाई १७ प्रश्न

आखिर चीनले त्यस्तो के कमाल गर्यो? जसका कारण तीन वर्षभित्रै सडकमा मकै पोलेर बस्ने जनता गाडी चढेर हिड्ने भए?

मैले यस विषयमा पछि धेरै रिसर्च गरे। भएको के रहेछ भने, म पढ्न जाँदा चीनले आफ्नो राजनीतिक मुद्धाहरूको छिनोफानो गरेर विश्वमा दु्रतगतिमा कसरी अगाडि बढ्ने भनेर योजना नै बनाएको रहेछ।

यही योजनाअनुसार उसले राजनीतिक मुद्धालाई विश्राम दिएर आर्थिक क्रान्तिको जग बसाएको रहेछ। उनीहरू ‘विन–विन इकोनोमी’ को मापदण्डमा अगाडि बढिसकेका थिए। चारैतर्फ विकाशको नमूना यसरी तयार पारिएको थियो– बाटो बनाउने कामदारहरू बाटो खनिरहेका थिए। नाली बनाउने नाली। ब्रिज बनाउने ब्रिज। रेलको लिग हाल्ने काम उत्तिकै रफ्तारमा। होटल गयो त्यही चहलपहल। मकै पोल्नेहरूलाई भ्याईनभ्याई।

मान्छेलाई बोल्नेसमेत फुर्सद थिएन। म पहिलो पल्ट बेइजिङ टेक्दा दुईवटा मात्र रिङ रोडको काम सकिएको थियो। अहिले ६ वटा भइसक्यो। देशभरि बाटोको ‘कनेक्सन’। जता त्यतै ट्रेन स्टेशन। अहिले त चिनियाँहरू ३ सय किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्ने बुलेट ट्रेनसँगै हुँइकिन्छन्।

माओको नारा थियो–‘विकाशका लागि ठूलो बाटो।’ पहिले हरेक ठाउँमा यो नारा देखिन्थ्यो। अहिले चारैतर्फ ठूला र चल्लिो बाटो देखिन्छ। नारा काममा परिणत भइसकेको छ। त्यसैले माओको त्यो नारा अहिले फाट्टफुट्ट ठाउँमा मात्र देखिन्छ। अब उनीहरूलाई नाराको काम छैन।

विदेशमा बस्ने हामीले नेपालकै पात्रोमा मनाऔं दशैं

२३ वर्षअघि म बेइजिङ पुग्दा साइकलले पुरै शहरलाई घेरेको छ जस्तो अनुभव हुन्थ्यो। अहिले बाटोमा साइकल फाट्टफुट्ट मात्र देखिन्छ। चिनियाँहरू हिजोआज स्वास्थ्यका लागि मात्र साइकल चढ्छन्।

सन् २००८ को ओलम्पिक अगाडि बेइजिङको पर्यावरणलाई लिएर अन्तर्राष्ट्रियस्तरमै आलोचना भएको थियो। तर, अहिले उनीहरू आफ्नो भावी सन्ततीलाई लिएर निकै चिन्तित देखिन्छन्। हिजोआज बेइजिङको आकाश निलो देखिन्छ।

चीनमा गणतन्त्र स्थापना भएपछि नेताहरू देश विकाशमा खटिए। उनीहरू देशलाई विश्वको नम्बर १ कसरी बनाउने भन्ने विषयमा आर्थिक एजेन्डामा विचारविमर्श गर्छन्। कुन प्रान्तलाई कसरी विकाश गर्ने? यसको मोडललाई लिएर व्यापाक छलफल गर्छन्।

तर, हाम्रो नेपालमा काम कम, गफ बढी गर्ने प्रवृत्ति छ। लामो समयपछि देशमा स्थायी सरकार छ। केपी ओली प्रधानमन्त्री भएको पनि दुई वर्ष बितिसकेको छ। यति बेला त चारैतर्फ काम भइरहेको देखिनु पर्ने हो। नाली बनाउनेले नाली बनाइरहेको। बाटो बनाउनेले बाटो। पुल बनाएकोले पुल बनाइरहेको। बन्द भएको कलकारखाना खुलेर ५० हजार नेपालीले रोजगारी पाउनु पर्ने अवस्था हो। गाउँ गाउँमा विकाशको काम भइरहेको जनताले अनुभव गर्न पाउनु पर्ने हो।

गोसाईकुण्डका मन्सुनी रङ

सपना देखाएर मात्र हुँदैन। यो त ठूलो अपराध हो। माओले विकाशको सपना देखाए। नेताहरू माओको सपनालाई पुरा गर्न खटिए। त्यही भएर अहिले चीन विश्वको नम्बर १ अर्थतन्त्र भएको देशको होडवाजीमा छ।

त्यहाँ माओले देखाएको पुस्ताले नै विकाशको अनुभव गरिरहेका छन्। हाम्रोमा मेलम्चीको पानी खुवाउने सपना बाँडेको २७ वर्ष भइसक्यो। राज्यले दुई दशकदेखि एउटै प्रोजेक्टमा करोडौं रुपैयाँ खर्च गरिसकेको छ। तर, किन देशको लागि सानो एजेन्डाको रुपमा रहेको यो योजना अहिलेसम्म पुरा हुन सकेन? यसमा स्पष्टै छ, नेतृत्ववर्गको असक्षमता।

चीनमा नेताले बोलेपछि तल्लो स्तरसम्म काम हुन्छ। हाम्रोमा नेताले बोलेको कार्यकर्ताले तालपुच्छर टेर्देनन्। काठमाडौं महानगरपालिकाका मेयरलाई दिउँसै बत्ति बालेर खोज्नु पर्ने अवस्था छ।

प्रधानमन्त्री कसले भन्यो–काठमाडौंमा मास्क लगाएर हिड्नु पर्छ? भनेर आफ्नै जनतासँग कड्किन्छन्। चीनमा भएको भए, यिनको हालत के हुन्थ्यो? कहिले काँही माया पनि लाग्छ।

बाको लासमाथि खेलेको त्यो पल

मैले नेपालमा अहिलेसम्म कुनै नेताले मास्कलगाएर हिडेको देखेको छैन? कुनै नेताका छोरा–छोरी स्कुल जाँदा खाल्डोमा झरेर मृत्युवरण गरेको सुनेको छुइन्। त्यसैले यिनीहरूलाई पोल्दा पनि पोल्दैनन्।

चीनमा ५६ वटा जाति छन्। सबैभन्दा ठूलो हान जाति हो। बाँकी ५५ वटा जाति अल्पमतमा छन्। उनीहरूको आफ्नै लिपी, भाषा, संस्कृति र पहिचान छ।

चीनले विकाशको मोडललाई नपछ्याउने हो भने, त्यो देश ५६ टुक्रामा विभाजन हुन्छ। नेपालमा किन बेलाबेलामा जातिय कुरा उढ्छ। किनभने नेताहरूले हामीलाई विकाशसँग जोड्नै सकेका छैनन्।

निर शाहले ल्याएका सुदूरका ताराः जब देवुबाट देवी बन्छन् (भिडियोसहित)

यहाँ नेताहरू ‘आशा’ को खेती गर्छन्। चीनमा नेताहरू ‘विकाश’ को एजेन्डामा जनताहरूलाई डोर्याएका छन्। पछिल्लो समय विभिन्न व्यक्तिहरूले नेताहरू विरुद्ध सुरु गरेको अभियान यसैको कडी हो। यसलाई सरकारले अन्यथा नलिए हुन्छ। विकाश गरेर देखाए सबै कुरा मत्थर भएर जान्छ। जनतालाई रोजगारी चाहिएको छ। सरकार नै आफ्नो जनतालाई घरमा बसेर युट्युब हेर्ने फुर्सद दिन्छ भने विरोध हरेक दिन हुनु जायज हो।

नेपाली नेताहरू यति बदनाम भइसके कि, यसको सानो उदाहरण कहिले काहीँ म विदेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा अनुभव गर्छु। म चढेको हरेक ट्याक्सी ड्राइभरले सामान्य कुराकानीमा पनि मलाई भन्छन्, ‘किन नेपाल फर्किनुभयो दाई? देश त नेताहरुले बर्बाद पारे।’

जब म बेइजिङ विमानस्थलमा उत्रिन्छु र होटल जान ट्याक्सी समाउँछु। त्यहाँका ट्याक्सी ड्राइभरले भन्छन्, ‘हाम्रो देशका नेताहरु महान छन्। उनीहरूले केही नभएको देशलाई कहाँ पुर्‍याए।’

प्रकाशित मिति: : 2019-10-02 08:12:20

प्रतिकृया दिनुहोस्