आज विक्रमको असोज २ गते नेपालको प्रजातान्त्रिक आन्दोलनका मूर्धन्य नेता, त्याग, निष्ठा र साहसका जीवन्त प्रतिमूर्ति लौहपुरुष गणेशमान सिंहको पुण्यतिथि । यस पावन तिथिमा म ती क्रान्तिपुरुषलाई पूर्ण श्रद्धा र भक्तिका साथ स्मरण गर्दछु । आधुनिक नेपालका जनताको ३ पुस्तालाई निरंकुशताको बन्धनबाट मुक्त गरि स्वतन्त्रताको उज्यालो संसारको बाटो देखाउँन उहाँले पटक पटक दिनु भएको नेतृत्वका लागि म सम्पूर्ण नेपालीहरूका तर्फबाट समेत कृतज्ञ हृदयले उहाँको वन्दना गर्दछु ।
गणेशमान सिंहले महाप्रस्थान गरेको २२ वर्ष भएको छ । विधिको विडम्बना, आफ्नो नेतृत्वमा रक्तपातविहीन क्रान्ति गरेर पुनर्बहाल गरेको प्रजातन्त्रलाई घाइते अवस्थामा छोडेर २०५४ साल असोज २ गते क्षुब्ध र हताश मनस्थितिमा उहाँको देहावसान भएको थियो । प्रजातन्त्रको अविचलित पहरेदारका रूपमा संघर्ष गर्दै आएको उहाँको राजनीतिक दल नेपाली कांग्रेस आफ्ना मूल आदर्श, मूल्य र मान्यताबाट च्युत भएको अवस्था थियो त्यो । त्यसमा सुधार गर्न आफू असमर्थ रहेको तीतो सत्यको दंश सहनु परेको थियो गणेशमानजीले जीवनको अन्त्यतिर आइपुग्दा ।
गणेशमान सिंहका लागि त्यो वास्तवमै असीम पीडादायी स्थिति थियो । सत्ता प्राप्त भएपछि नेपाली कांग्रेस पार्टी पूर्णत: पथविचलित भई उसको मति र गति त्यस किसिमले विकृत बन्न पुग्ला भन्ने कुरा उहाँले सोच्नसम्म पनि सक्नु भएको थिएन सायद । उहाँका मित्र र सहकर्मी गिरिजाप्रसाद कोइरालाले त्यो ऎतिहासिक पार्टीलाई जुन सामन्ती सोच र शैलीमा हाँकेर लैजान थाल्नु भयो त्यसलाई देखेर श्री सिंह स्तब्ध र किंकर्तव्यविमूढ हुनुभएको थियो । दुखको विषय, पार्टी संगठनमा कब्जा जमाउन सफल कोइरालाको अधिनायकवादी कार्यशैलीमाथि अंकुश लगाउने कुनै उपाय सिंहसँग थिएन ।
प्रजातन्त्रको अविचलित पहरेदारका रूपमा संघर्ष गर्दै आएको उहाँको राजनीतिक दल नेपाली कांग्रेस आफ्ना मूल आदर्श, मूल्य र मान्यताबाट च्युत भएको अवस्था थियो त्यो । त्यसमा सुधार गर्न आफू असमर्थ रहेको तीतो सत्यको दंश सहनु परेको थियो गणेशमानजीले जीवनको अन्त्यतिर आइपुग्दा ।
गणेशमान सिंहमा ठिक र बेठिक सर्लक्क छुट्याउन सक्ने तीक्ष्ण दृष्टि र ठिक बाटोमा पूरै दृढताका साथ अगाडि बढ्न सक्ने आँट दुवै थियो । उहाँमा भएको ध्येयप्रतिको एकाग्र निष्ठाको त शब्दमा वर्णन गर्न पनि गार्हो छ । राणाहरूको अभेद्य किल्ला जस्तो सदर कारागारबाट एकलव्य प्रयत्नबाट फरार भई हिन्दुस्थानमा नेपाली कांग्र्स पार्टी गठन गरी त्यसको नेतृत्वमा राणा शासन विरुद्ध क्रान्ति गर्न उहाँले जुन व्ययैक्तिक योगदान गर्नु भयो त्यो अप्रतिम छ । राणा शासन संयन्त्रका महत्वपूर्ण भारदार बडाकाजी रत्नमानका नाति हेराकाजीको प्रजातान्त्रिक आन्दोलनका निष्ठावान् कार्यकर्ता गणेशमानमा रूपान्तरण हुनु नै पनि एउटा अदभूत घटना थियो ।
यो पनि हेर्नुहोस्
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः
गणेशमानजीमा उच्चकोटीको आत्मानुशासन थियो । आफ्ना नेताप्रति पूर्ण वफादारीलाई उहाँको चरित्रमा अर्को विशेष गुण मान्नु पर्दछ । वीपी कोइरालालाई नेता मानेका सिंहले आजन्म पूरै इमान्दारीका साथ वीपीलाई साथ दिनु भयो । चित्त नबुझेका कुरामा राय बझाए पनि नेताले अन्तिम निर्णय सुनाएपछि उहाँ त्यसलाई सफल पार्न समर्पित हुनुहुन्थ्यो । सुन्दरीजल कारागृहबाट छुट्ने बेलामा दरबारको शर्तका बारेमा, छुटेपछि भारत निर्वासनमा जाने विषयमा र राष्ट्रिय जनमत संग्रहका बेलामा निशर्त भाग लिने विषयमा सिंह वीपीको भन्दा अलग राय राख्नु हुनुहुन्थ्यो तर पछि वीपीले निर्णय सुनाएपछि चुपचाप स्वीकार गर्नु भयो ।
मेरो जीवनका केही वर्ष उहाँको सान्निध्यमा बिताउन पाएकोमा मैले आफूलाई धन्य सम्झेको छु ।