२३ वर्षपछि होला त चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण?

बिएल

चिनियाँ विदेशमन्त्रीको हालै दुई दिने नेपाल भ्रमणपछि देशमा ठूलै हलचल भएको छ। कसैले यसलाई चिनियाँ पदाधिकारीको नियमित भ्रमण भनेका छन् भने केहीले राष्ट्रपति सी चिङफिङको सम्भावित नेपाल भ्रमण भनेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमणका क्रममा तीन वटा बुँदामा हस्ताक्षर भएको छ। जसमा चीनले मनाङमा ३५ करोड ६० लाखको लागतमा एउटा अस्पताल बनाइदिने, आपत्तकालीन अवस्थाका लागि ५ हजार थान त्रिपाल उपलब्ध गराउने र बाढी प्रभावित नागरिकका लागि १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउने।

विदेशमन्त्रीको भ्रमणमा भएको यि तीन सम्झौंतालाई लिएर टिकाटिप्पणी पनि भएको छ। त्यति ठूलो देश, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुन लागेको देशको विदेशमन्त्रीले आफ्नो भ्रमणमा गरेको यति हल्का सम्झौंताको विषयमा टिकाटिप्पणी उठ्नु जायज पनि हो।

तर, चिनियाँ विदेशमन्त्रीले आफ्नो भ्रमणमा नेपालसँग गरेको सम्झौंताभन्दा पनि यसले के संकेत गर्न खोजेको छ? वा के अर्थ राख्छ? यो बुझ्न जरुरी छ।

चीनको पहिलेदेखि नै एउटा नीति छ। ठूलो कुरा, ठूलो मान्छेले दिने। यस अर्थमा चिनियाँ विदेशमन्त्रीले गरेको तीन बुँदे सहमतिको अर्थ हो, चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमण पक्का–पक्कीको अवस्था।

नेपालसँग अर्थ राख्ने र ठूलो परियोजनाको सम्झौंता राष्ट्रपति सी आउँदा गर्ने गरी चीनले ‘पेन्डोरा बक्स’ नखोलेको हो।

म अझैं पनि सम्झन्छुँ। सन् १९५५ मा नेपाल–चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएपछि नेपाली प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले टंकप्रसाद आचार्य चीन भ्रमणमा निस्किनु भएको थियो। सन् १९५६ मा भएको पूर्वप्रधानमन्त्री आचार्यको भ्रमणमा चीनले ६ करोड भारतीय रुपैयाँ नेपाललाई सहयोग गरेको थियो। यति बेला सम्झौंतामा २ करोड नगद दिने र अन्य रकम वस्तुको रुपमा उपलब्ध गराउने भन्ने थियो।

त्यसको अर्को वर्ष नै प्रधानमन्त्री चाउ इन लाइ नेपाल भ्रमणमा आए। उनी नेपाल भ्रमण दोहर्याएर नेपाल भ्रमण गर्नै चिनियाँ प्रधानमन्त्री हुन्। उनले १९६० मा पनि नेपालको भ्रमण गरो थिए।

२०१६ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बिपी कोइरालाले चीनको भ्रमण गर्दा चिनियाँ सरकारले १० करोड भारु सहयोग उपलब्ध गराएको थियो।

राष्ट्रपति सीको भ्रमण २०१२ मा बेन जिआबाओपछि कै सबैभन्दा ठूलो चिनियाँ डेलिगेसन मानिएको छ। सी पहिले भारत हुँदै नेपाल आउने कार्यक्रम छ। यसले ठूलो कुटनीतिक र क्षेत्रिय अर्थ राख्छ।

सी २३ वर्षपछि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति हुन्। सन् १९९६ मा जियाङ जेमिन नेपाल आएयता कुनै चिनियाँ राष्ट्रपतिले देशको भ्रमण गरेका छैनन्।

सी तेस्रो चिनियाँ राष्ट्रपतिको रुपमा नेपाल आउँदैछन्। सबैभन्दा पहिले ली झियानियान १९८४ मा पहिलो पल्ट नेपाल आएका थिए।

 

प्रकाशित मिति: : 2019-09-11 14:00:27

प्रतिकृया दिनुहोस्