नेपालमा सबैले हसाएकै थिए, हसाउन बाँकि पत्रकारले थियो त्यो पनि यसपटक पूरा भयो ।
कुरा नेपालको नम्बर १ ब्रोेडसिट दैनिक कान्तिपुरका दुई प्रधासम्पादक हो । प्रधानसम्पादक परे- नारायण वाग्ले र सुधीर शर्मा । उनीहरूसँग पत्रकारको मात्र हैन, लेखकको पनि अग्लो कद छ । नारायण त मदन पुरस्कार फेमका आख्यानकार नै भसके । सुधीर पनि प्रयोगशाला फेमका लेखक हुन् ।
यी दुई प्रधानसम्पादकका लागि अहिले एउटा विशेष पदावली सुरू भएको छ- आलोपालो प्रधानसम्पादक । गजब छ यिनीहरू म्युजिकल चियर । एउटाले राजीनामा दिन्छ । अर्कोले फूलको गुच्छा दिएर उसलाई विदाई गर्छ । फेरि केही समयपछि विदाइ भएको फेरि फर्कन्छ र पहिला विदाई गर्नेलाई नै गुच्छा दिएर विदाई गर्छ । ल एकपटक त संजोग पनि पर्छ, परिवन्द पनि पर्न सक्छ । तर, एकपटक हैन, दुई दुई पटक भैसक्यो ।
पहिला नारायण सम्पादक थिए, एक किसिमको विद्रोहजस्तै गरेर दैनिकी निकाल्ने भनेर हिडे । उनको ठाउँमा आए सुधीर । सुधीरले राजीनामा दिए, त्यही ठाउँमा फर्के नारायण । अहिले फेरि नारायणले राजीनामा दिए, त्यही पदमा फर्किए सुधीर ।
यिनीहरू किन छोड्छन् ? किन फर्कन्छन् । किन स्वागत र विदाईका गुच्छा साटासाट गर्छन् । जाने बेला एकले अर्कालाई शुभकामना पनि दिन्छन् । आउनेलाई वधाई पनि दिन्छन् । उत्तरोत्तर प्रगतिको कामना पनि गर्छन् ।
पैसाका लागि भन्ने हो भने यिनीहरू धनी भैसके । यिनीहरूको तलबले नआँकने सम्पति छ यिनीहरूसँग । तर, कान्तिपुरको जिल्ला संवाददाताले त कसरी कमायो भनेर प्रश्न गर्न नसकिने देशमा यसको प्रधान सम्पादकको सम्पतिको स्रोत खोज्ने आँट कसले गर्ने ? कुनै समय कान्तिपुरलाई नेपालको आठौ दल भनिन्थ्यो र मन्त्री नै बनाउने हैसियत राख्थ्यो भनिन्थ्यो । अहिले पनि नेपालमा सरकार लाग्यो भने बच्न सकिन्छ तर कान्तिपुर लाग्यो भने कसैको बाउको दैया चल्दैन भनिन्छ । टीभी, रेडियो, अनलाइन, म्यागजिन, अंग्रेजी,नेपाली ब्रोडसिट के छैन कान्तिपुरसँग ?
आमनेपाली त हैन, त्योभन्दा अलिमाथिका सचेत नेपालीले यिनीहरू कान्तिपुरमा किन आउँछन् ? कान्तिपुरबाट किन जान्छन् ? अनि फेरि किन आउँछन् ? केही बुझ्न सकिरहेका छैनन् । अब त उनीहरू पनि यिनीहरूलाई हाँस्य कलाकार नै ठानेर हाँस्न पो थालेका छन् ।
आमनेपाली त हैन, त्योभन्दा अलिमाथिका सचेत नेपालीले यिनीहरू कान्तिपुरमा किन आउँछन् ? कान्तिपुरबाट किन जान्छन् ? अनि फेरि किन आउँछन् ? केही बुझ्न सकिरहेका छैनन् । अब त उनीहरू पनि यिनीहरूलाई हाँस्य कलाकार नै ठानेर हाँस्न पो थालेका छन् ।
नेपालमा कान्तिपुरे पत्रकारिता बुझेका धेरैलाई थाहा छ - कान्तिपुरमा प्रधान सम्पादकमा कसैको नाम राख्नुपर्ने भएर मात्र राखिन्छ । उसको खास काम कैलाश सिरोहियाको पावर रिलेसन मिलाइदिने मात्र हो । पछिल्लो समय नारायणको ब्याट्री सकिदै गएकाले सुधीरको ब्याट्री चार्ज गर्नुपरेको हो कि जस्तो छ ।
जे होस् यिनीहरू प्रधानसम्पादक भन्दा पनि बढी जागिरे रहेछन् भन्ने कुरा यो आउने जाने क्रमले पुष्टी गरेको छ । हैन भने एउटा मूल्य र मान्यताका लागि प्रधानसम्पादकबाट राजीनामा दिएर गएको पत्रकार अरू सबै त्यही अवस्था नै विद्यमान हुँदा कसरी फर्कन सक्छ र ?
यसको उत्तर त उनीहरूले नै देलान् । तर, यिनीहरूले भने गाईजात्रा लगत्तै अलि सचेत तह र तप्काका नेपाली जनतालाई राम्ररी नै हँसाए । एकजनाले त लेखे पनि 'नारायण दाइ तपाईलाई कान्तिपुरमा तेस्रो पटक स्वागत भनेर लेख्न नपाउँ है ।'
यो आलोपालो प्रकरणमा नारायणलाई युज एन्ड थ्रो गरेको भन्नेहरू पनि छन् । सुधीरलाई सेटिङ मिलाउन समय लागुञ्जेल नारायणलाई त्यहाँ थपना राखेको र सेटिङ मिलिसकेपछि राजीनामा दिन बाध्य पारेको उनीहरूको भनाइ छ । यसमा सत्यता नहोला भन्न सकिन्न । यी दुईमा नारायण अलि सुधो प्राणी नै हुन् ।
जे होस् नारायण पनि बेकारमा फर्केर जगत हसाउने यो कर्ममा सहभागी भए । सुधीरले त भन्न पाए रजनीश ऋखि गयो, फर्कें । नारायणले चाँहि के भन्ने ? ऋखि फर्क्यो, सुधीर फर्के, त्यसपछि मेरो उपयोगिता सकियो । राजीनामा दिएँ र फर्के । यही त होला ।
अरू कुरा तपसिलमा हुँदै जाला, तर ठूला घरका ठूलै चाला भनेजस्तै यी ठूलाघरेहरू पनि नराम्ररी हसाए ।
बाँकि मित्रहरू नै हुन् - भूल चुक लिउँला, दिउँला ।