भनिन्छ ‘आफ्नो आङमा भैसी नदेख्ने अरूको आङमा जुम्रा देख्ने’ त्यस्तै ‘आफ्नो कट्टु फुस्केको नदेख्नेले अरुको धोती फुस्केको देख्छ।’ अब यो लेखले कतिलाई धोती लगाईदिन्छ कतिलाई नाङ्गेझार पारिदिन्छ को सँग के मिल्छ सबै जान अन्जान भुलचुक जे भए पनि यथार्थ हुनेछ।
अरूका कुरा नलुकाई गर्नेले आफ्नो कुरा पनि निर्धक्क भन्न सक्नुपर्छ। खैर अब सिधा परदेशको जिन्दगी र दैनिकी कसरी सुरू हुन्छ कुरा गरौं।
दिनभरी अथवा रात भरी विदेशमा कतिपय कम्पनीहरु २४ घण्टा निरन्तर चलिरहन्छ।
यो पनि पढ्नुस्
यस्ता कम्पनीमा दुईदेखि तीन सिफ्ट काम हुन्छ। यदि आठ घण्टाको हिसाबले काम दिएको छ भने तीन सिफ्ट नत्र भने दुई सिफ्ट बाह्र/बाह्र घण्टाको हिसाबले दुई सिफ्ट काम हुन्छ।
काम वर्षको हिसाबले नयाँ पुरानो अथवा केही वर्ष काम गरेपछि पदोन्नती भएपछि अलिक काम कम हुन्छ। साधरणतया कम्पनीतिर काम गर्ने अपरेटर हुन्छन्। कामको प्रकृतिअनुसार जो जहाँ पनि कम्पनीले दिएको काम गर्न सक्छन्।
सोझा साझालाई मतलव छैन तिनिहरुको काम सिधा काम गर्ने खाना बनाउने खाने कोठामा चुपचाप बस्ने यसो सुनसान ठाउँमा जाने घरतिर कलमा कुराकानी गर्ने आउने थाकेको हुन्छ सुत्ने वित्तिकै भुसुक्क निदाउँछ अर्लाममा सके आफैँ उठ्छ नउठे् अरुले उठाईदिनु पर्छ।
नत्र ड्यूटी छुटाउँछन्। उनीहरूलाई काम कस्तो छ भन्यो भने सिधै ‘गाढ’ हानेको छ यार लास्ट पेलाई छ उसको माथि नेपाली होस् अथवा लोकल कहिल्यै अगाडि भन्न सक्दैनन् काम जे भन्यो त्यहि मान्छन्।
अर्काथरी अलि बढी नै बाठा जो काम अतिनै ठग्छन् साथी साथी मिलेर गर्ने काम भए साथी मारा कहिले ट्वाईलेट कहिले पानी कहिले यो कहिले त्यो बाहनामा साथीलाई पेलाईरहन्छ।
यो पनि पढ्नुस्
जो अगाडि ठिक्क पारेर पछाडिबाट छुरी धस्ने प्रवृतिको हुन्छ। यिनीहरू बढी स्त्री आकर्षित हुन्छन्। लुकिलुकी खुसुखुस मोबाईलबाट सेकेण्ड सेकेण्डमा जसरी पनि मेसेज रिप्लाई दिईरहेका हुन्छन्। यस्ता वर्गको मान्छेहरु दुर्गन्धित ट्वाईलेटमा पनि घण्टौंसम्म बस्न सक्छन्।
अर्का थरि जो राजनीति बुझे पनि नबुझे पनि मरिमेटेर लाग्छन्। आफूले आस्था गरेको पार्टी वा ब्यक्तिको बारेमा गुनगान गाईरहन्छन् कुनै पलमा उसले एउटा काम राम्रो गरेर त्यसपछि हजारौं अपराध गरे पनि सुनपानीले छर्कने कोशिश गर्छन् कसैले उसले आस्था गरेको ब्यक्ति वा राजनीतिक पाटीप्रति सत्य उजागर गर्दियो भने गलतलाई गतल भन्दियो र सत्य तर्क गर्दियो भने आफू कमजोर भएको महशुश गरि त्यसलाई निमिट्यान्न पार्न कि ब्लग गर्छन् कि भने मेसेन्जर तिर गएर आमाचाकरी गालीको वर्षा गर्छन्।
यति सम्मकी गाली खानेलाई किन गाली गर्यो सम्म पनि थाहा हुन्न सत्य बोलेको हुन्छ ऊ बोलीरहन्छ।
अर्काथरी लाईक कमेन्टका भोका हुन्छन्। सिर्फ तिनको काम जसरी हुन्छ आफू सहभागी भएको प्रमाणित गर्न आँखा बन्द गरेर लाईक कमेन्ट सेयर गरिरहन्छन् तिनिहरुलाई मैले के कुरा सेयर गरे भन्ने कन्टेन्टको विषयमा पनि जानकारी हुँदैन।
यो पनि पढ्नुस्
पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी भन्छिन: चीनमा रातारात कट्टु सिलाइयो
ती मनकारी मान्छे हुन् मन राख्नको लागि मात्र बुझे पनि नबुझे पनि सेयर लाईक कमेन्ट गरिरहन्छन्।
अर्काथरी जो मनैदेखि देशको बारेमा काम गर्दै आएको छ जे जति दिन सक्छ दिएको छ जसले नेगेटिभिटीलाई निमिट्यान्न पार्न खोजेको हुन्छ उसैको विरुद्ध अझ भनौं जसले राम्रो गरेको छ उसको विरुद्ध बोलेर आफ्नो नाम कमाउँन चाहन्छन्। जो केही दिनमा नै पतन भएर जान्छन्।
अर्काथरी देशमा के भईरहेको सबै अपडेट छिन छिनमा हेरिरहन्छन् कोही अपडेट मात्र हुन्छन् कोही फेसबुके र च्याउसरी उम्रिएका यूट्यूबरले दिएको टाईटल हेरेको भरमा दुई चार वटा ईलिगल अनलाईनले दिएको समाचारको भरमा यो भएन त्यो भएन भनेर सामाजिक सञ्जालबाटै गर्जिन्छन्।
दुई-चार वटा गाली दिए पछि वाहवाही पाउँछन् अनि भोलिपल्टबाट नियमित बोल्ने पेशा बनाउँछन्। तिनलाई मैले के बोले भन्ने हेक्का पनि हुदैन मात्र बोल्न पाए भयो। तिनलाई पिर भनेको भ्यूज कति आउछ र लाईक सेयर कमेन्ट कति पाईन्छ भन्ने ध्यान मात्र हुन्छ।
यो पनि पढ्नुस्
राजनितिक आर्थिक सामाजिक वैज्ञानिक नेपालको गाउँबस्तीदेखि नासा सम्मको विषयमा अन्धाधुन्द बोलिरहन्छन्। दुई चार वटा पत्रपत्रिकाको हेडिङ पढ्छन् र रात बिहान ड्यूटीकोसम्म ख्याल नगरी कुर्लिन्छन्। ताकि देश बचाउने राष्ट्र जोगाउने राष्ट्रलाई माया गर्ने उहाँ मात्र एक हुन्, उसकै कारण आम हामी नेपाली भएर बाच्न पाएका छौं।
उसको काम भनेको देशमा भएका गतिविधिका हेडलाईन हेरेर सिधै नेतालाई गाली दिने सत्यतथ्य नबुझि प्याच्च बोलिदिने म लाईभ आउन बाध्य भए भन्दै दुनियाँको दिमाख खराब बनाउने गाली गर्ने आदि ईत्यादि अब देश बनाउनुपर्छ भनेर सामाजिक सञ्जाल थर्काउने कसैले जायज तर्क गरे पनि उनीहरूको विरुद्धमा बोल्यो भने नाङ्गेझार कालोमोसो कुकुर विरालो भए जति गर्न मिल्ने जति सबै गरिदिन्छन्। यस्ता प्रकृतिको मान्छेको न आफ्नो कुनै चरित्र हुन्छ न अरुको चरित्र रहन दिन्छन् भए जति सबै सामाजिक सञ्जालमा पोखिसकेका हुन्छन्।
अर्काथरि जो भलादमी समाजसेवी बुद्धिजीवी अग्रज मनकारी विभिन्न उपनामले चिनिन्छन्।
यो पनि पढ्नुस्
पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने
उनीहरू हरेक छुट्टिमा खादा लाउन ब्यस्थ हुन्छन् गलाभरी खादा भिरेर दुईचार सेल्फि हान्न पाए तिनलाई केही चाहिदैन।
अर्का एकथरि गम्भीर प्रकृतिका छन्। बोल्नुपर्ने विषयमा मात्र बोल्छन्। सत्य तथ्य बोल्छन्। अध्ययन गरेर मात्र बोल्छन्। त्यति चर्चामा रहदैनन् रूचाउँदैनन् पनि।
अर्काथरी देश फलानाले मात्र बनाउँछ यो ठिक भएन भन्छन् जो विदेश बसे पनि राजनीतिमा सक्रिय रहन्छन्।
नेताहरू देख्नु हुन्न महान नेतासँग भन्दै पोष्ट्याउन भ्याउछन्। केहीले ठाडो प्रश्न तेरो नेताले यस्तो गलत गरेको थियो भन्यो भने जत्था नै लिएर आक्रमण गर्न उत्रिन्छन। कि भने ब्लक ठोक्छन्।
अर्काथरी देशमा आपतकाली समयमा धेरथोर सहयोग जुटाई काम गर्छन्। घाउमा मलम लगाउँछन्। त्यस्ता प्रकृतिका मानिस कुनै स्वार्थले सहयोग गर्दैनन् निस्वार्थ सहयोग गर्छन्। तर, त्यस भित्र नामको लागि कुद्नेहरु जति छन् केही रकम कतैबाट थुतेर अर्का तिर दिएर महान समाजसेवी बन्न चाहन्छन्। जो सब कुरा देखाउनको लागि मात्र मन नभई नभई पनि सहयोग गर्छन् र पछि मैले यस्तो गरे उस्तो गरे नभए फोटो हेर्नुस् भन्दै प्रमाण देखाउँछन्।
यस्ता केही भुक्का समाजसेवी भनिनेहरुको कारण असल समाजसेवीलाई विवादमा पार्छन् र उनीहरूलाई उछिन्न खोज्छन् जसरी पनि अरूको अगाडि कसरी हिरो बन्ने जिन्दगीको सोचाई नै यही हुन्छ।
यो पनि पढ्नुस्
हाकुपटासीको बारेमा सुन्नु भएको छ?
हेर्नुस भिडियो कथा