सन् २०१९ को पहिलो खण्डग्रास चन्द्रग्रहण आज लाग्दैछ। नेपालमा बुधबार बिहान १ बजेर ४६ मिनेटमा सुरू हुने ग्रहण ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४५ मिनेटमा मोक्ष हुनेछ। यो ग्रहणको अवधि २ घण्टा ५९ मिनेटको रहने छ । यो ग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, युक्रेन, टर्की, इरान, इराक, साउदी अरब, पाकिस्तान, अट्लान्टिक, हिन्द महाशागर, युरोपलगायत केही र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ।
सुतक समय
सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ। त्यसैले असार ३१ गते दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ।
ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ।
यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ।
कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ।
यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ ।
ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन। यसलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ। यस खण्डग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ।
ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ।
यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा नक्षत्रमा कुनै पनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी उत्तरषाढा नक्षत्रमा जन्म भएका, धनु र मकर राशि तथा धनु र मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ :
मेष राशिः मान सम्मानमा हानि हुने देखिन्छ।
वृष राशिः स्वास्थ्यलाई लिएर वा घर परिवारको कष्टको समय रहेको छ।
मिथुन राशिः पत्नीको स्वास्थ्यलाई लिएर केही समस्याको सम्भावना छ।
कर्कटः काम चाडो बन्ने तथा चौतर्फ राम्रो खबर सुन्न पाउने योग छ।
सिंह राशिः चिन्ताले सताउने छ जागिर वा व्यापारिक क्षेत्रमा।
कन्या राशिः स्वास्थ्यमा समस्या हुन सक्नेछ ।
तुला राशिः धन प्राप्तिको समय छ ।
वृश्चिक राशिः धन क्षतिको योग बनेको छ।
धनुःआरोप प्रत्यारोपको समय छ।
मकरः खर्च बढ्ने छ।
कुम्भः धनलाभको समय बनेको छ।
मीनः सुखको समय छ।