अघिल्लाे दिन मेराे माेवाइलमा घण्टी बज्याे।मैले हेरें नम्वर नयाँ थियाे।उठाउँ कि नउठाउँ मनमा दाेधार भयाे।मेरा लागि त्याे परिचित नम्बर थिएन।
कक्षा ११ र १२ काे परीक्षा चलिरहेको थियो। यस्तो बेला अपरिचित नम्वर कानमा लैजानु भनेकाे, कि सिटप्लान मिलाई देऊ कि गार्डमा सिफारिस गरिदेऊ भन्ने नै हुन्छ। तैपनि फोन उठाएँ र भने, बाेल्ने काे हाेला?
उताबाट आवाज आयो- तपाईंकाे घर भाेजपुर हाे रे, कहाँ हाे? तपाईंलाई भेट्ने विचार छ, तपाईं कहाँ हुनुहुन्छ? मैले पनि छाेटाेमा उत्तर दिएँ, घर त बाेखिम हाे, अहिले म विद्यालयमा छु।तपाईं काे हनुहुन्छ?अनि कहाँबाट बाेल्दै हुनुहुन्छ? हावाकाे झाेक्काका कारण मैले मेराे माेबायलमा स्पष्ट आवाज सुन्न सकिन।अस्पष्ट रुपमा सुन्दै थिएँ- म झाेलुङ्गे पुलमा छु।जुम्ला ठाउँ रमाइलाे, कसरी आउनु भयाे ? तपाईँलाई एकपटक भेटन सकिएला?
दिउँसाे कक्षा सञ्चालन हुने हुँदा पढाउनुपर्ने अनि बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षाकाे लागि तयार गर्नुपर्ने हुँदा दिउँसाे भेट गर्ने सम्भावना थिएन।मैले साँझ ६ बजेतिर भेटघाट गर्ने कार्यक्रम मिलाएँ।
त्याे मानिस काे हाेला? कस्तो छ?किन मलाई खाेजिरहेछ?मलाई भेट्नैपर्ने कारण के हाेला ? यस्तै यस्तै प्रश्नका छालहरु दिनभर मेराे मनमा उठ्दै हराउँदै थिए। खुलदुली धेरै थियाे।प्रतीक्षाकाे घडी लामाे हुन्छ।अनि धेरै छट्पटी पनि।बल्ल ६ बज्याे।मैले माेबायलमा नम्वर थिचेँ तर सम्पर्क हुन सकेन।कति प्रयाश गरेँ तैपनि सम्पर्क हुन सकेन।
म जुम्ला बजारकाे चाेकैमा उभिएर कसैलाई हेरिरहेथेँ।सायद मेराे मन टाढा थियाे। शरीर स्थुल रुपमा उभिएकाे थियाे। कस्काे पर्खाइ हाे? टेकबहादुर भण्डारी सरकाे आवाजले म झस्कें। वास्तवमा कसैलाई पर्खिरहेकै थिएँ।अझै किन हाे ? पर्खाइ शब्दले नराम्ररी झस्केँ।
अनि सत्य कुरा ढाँटन पुगेँ र भनें। त्यहीँसम्म एउटा सामान किन्नु छ।भण्डारी सर ख्याल ठट्टा गर्दै, हाँस्न पुग्नुभयाे। अनि पुनः सिरियस भएर भन्नु भयाे।एकजना भाेजपुरकाे मान्छेले तपाईंलाई भेट्न खाेजिरहेछ।
मैले तुरुन्तै साेधी हालेँ- आँखा शिविरका लागि आएकाे मानिस हाे ?
हो, तर ऊ आज नै सिँजामा आँखा शिविरका लागि गै सक्याे, भण्डारी सरले भन्नुभयो।
म आश्चर्यमा परेँ।माेबायलकाे अस्पष्ट आवाजलाई सम्झना गर्ने काेशिस गरेँ। एउटा कुरा भने याद भयाे उसले आफ्नाे घर भाेजपुरकाे दिङ्ला बताउँदै हामी त एकै ठाउँकाे रहेछाैँ भनेकाे थियाे।मलाई याे कुराे सम्झने बित्तिकै नमिठाे लागेर आयाे।अनि एक किसिमको शङ्का पनि उत्पन्न भयाे। काे हाेला त त्याे मान्छे ?
तत्काल मनमा उत्पन्न शङ्का निवारण गर्न प्रश्न गरें। ऊ कहाँ बसेकाे छ ? उत्तर आयाे, मानसराेवर हाेटेलमा। भाेलि बिहान जसरी पनि भेटाइ दिनु भनेकाे हुनाले जानु पर्याे। मलाई मानसराेवरमा बसेकाे छ भन्ने बित्तिकै माेवायलमा भएकाे अर्काे कुराकाे सम्झना भयाे। उसलेे मलाई आँखा शिविरकाे अध्यक्षकाे घरमा बसेकाे छु भनेकाे थियाे।त्यसाे भए त्याे नयाँ मान्छे काे रहेछ त ? मेराे मनमा खुलदुली चल्याे अनि प्रश्न गरे काे होला त त्याे मान्छे ?
महिला हुन्। नेपाली काँग्रेसकाे मेचीकाली जागरण अभियानका लागि जुम्लामा अगुवाइ गर्न खटिएका रे।भाेजपुर बजारमा घर भएका हुनाले तपाईँलाई चिन्न सकिन्छ कि भन्दै थिईन्।म भेटुँ वा नभेटुँ दाेधार भैरहें ।
मास्टरी जागिर न हाे दिनभर विद्यालयकाे फाेहर तथा धुलाे, सरसफाइ गर्नुपर्छ भनेर जान्दाजान्दै पनि कमी भई हाल्ने।सरसफाइका लागि शनिवार छुट्न गए अर्काे हप्ता पर्खनु पर्छ।विद्यार्थीहरूलाई छ-छ पिरियड पढाउँदा र कराउँदा थकान हुने। छुट्टि पाइने शनिवारकाे पर्खाइ पनि कहिलेकहीँ त लामाे लाग्ने।
भाेलि शनिवार हाे भनी राती छिटै सुतियाे तर पनि ढिला उठियाे।म बिहान नुहाइ धुवाइकाे तयारी गर्दै थिएँ।मलाई हामीसँगै डेरा गरी बस्ने एक बहिनीले भनिन्, 'तपाईंलाई हाेटेल मानसराेवरमा खै कसले बाेलाउनु भएकाे छ जानाेस् अरे।' म सबै काम छाडेर खुलदुलीका साथ हाेटेलतिर लागेँ। मनमा प्रश्नहरू उब्जिरहेथ्याे- काे हाेलिन्? कस्ती हाेलीन् ती महिला? यतिका वर्षसम्मन यस्ताे अनुभव थिएन वा भएर पनि बिर्सेकाे पाे हाे कि ?
मनमा कुराे खेलाउँदै हिंड्दै थिएँ।भण्डारी सरकै छाेरीकाे घर अगाडि भण्डारी सरसँग भेट भयाे।मलाई भण्डारी सरले सरासर हाेटलतिर लग्नु भयाे ।
हाेटलकाे गेटबाट भित्र गइयाे।दक्षिणतिर फर्किएकाे मानसराेवर हाेटलकाे ढाेकाबाट छिर्ने बित्तिकै एल आकार देखिने हलकाे दाहिनेतिर काउन्टर अनि त्यसैकाे देब्रेपट्टि लामाे उत्तरतिर फैलिएर रहेकाे डाइनिङ टेबलहरू लहरै सजाएर राखिएका छन्। त्यहीँ नै आगन्तुकहरू चियानास्ता तथा खाना खाने गर्छन्।सबै सुविधाहरू उपलब्ध गराउन खाेजिएकाे डाइनिङ हल रमाइलाे पनि लाग्छ।भण्डारी सर अगाडि म पछाडि भई भित्र पस्याैँ।डाइनिङ टेबलकाे दक्षिणपट्टिकाे टेबलमा तीनजना पुरुष र एक महिला चिया, कफी पिउँदै थिए।दुईजनालाई चिने पनि अरुलाई चिन्न सकिँन। भण्डारी सरले हाँस्दै, ल आइपुग्नु भयाे भन्दै हात जाेड्नु भयाे।सबैले मतिर ध्यान दिए।सामान्य अभिवादन चल्याे।अपरिचित अधबैसे महिला हाँस्दै मतिर आउनु भयाे।हामी काउन्टर साइडकाे खालि टेबलमा बस्याैँ।कफीकाे अडर भयाे।केही क्षण शान्त भयाे।
म मेरै देशमा हराएकाे मानिस हुँ।अनि मेराे खाेजी गर्न काेही आएकाे छ भन्ने जस्ताे अनुभूति हुँदा म भर्खरै बिबाह गरेकी दुलहीझैं अली नर्भस थिएँ।साँच्चै भन्ने हाे भने म बसेकाे ठाउँमा नयाँ मान्छे आउँदा मेरा पाहुनालाई असजिलाे हुनुपर्नेमा मलाई पाे त्यत्तिकै अप्ठ्याराे महसुस भैरहेथ्याे।
म पेशाले एक शिक्षक हुँ।भाेजपुरबाट जुम्ला आएको पनि लगभग तीन दशक भैसक्यो।यहाँका धेरैजसाे राजनैतिक दलका नेताहरुलाई चिन्छु पनि। तर पनि म हडबडाइ रहेजस्ताे अनुभव भैरहेथ्याे कुराे के विषयबाट थाल्ने।जुनसुकै पार्टी भएपनि अगुवाइ गर्ने व्यक्ति नेता नै हाे।त्याे पुरुष पनि हुन सक्छ वा महिला पनि हुनसक्छ।हामी एक अर्काका लागि आगन्तुक हाैँ।
कफीकाे चुस्की लगाउँदै मैले महिलाकाे अनुहारमा निहालेँ। त्यहाँ खासै हतास थिएन।चञ्चलता थिएन।गम्भीरता देखिन्थ्याे। उत्सुकता देखिन्थ्याे।मलाई भने यस्ताे महसुस भइरहेथ्याे अब मेराे अन्तरवार्ता हुँदैछ।सफलता वा असफलतामध्ये एक पाउँनु छ।तर, मलाई साेधिने प्रश्नहरु गुरुले विद्यार्थीलाई महत्वपूर्ण पाठमा चिन्ह लगाई दिए जत्तिकै अचेल कण्ठ भै सकेकाे छ। धेरैपटक साेधिएकाे प्रश्नलाई गेसपेपरले महत्व दिएझैँ मैले पनि मलाई साेधिएका प्रश्नहरु मेराे मस्तिष्करुपी गेसपेपरमा सजाइ राखेकाे छु।म सजिलै उत्तर दिन सक्छु।भविष्य त भन्न कठिन हाेला अनुमानसम्म गर्ने हाे तर वर्तमानलाई भाेग्दा दुःख वा सुख जे भए पनि अतीत सुन्नमा दन्त्य कथाझैं राेमाञ्चक र सुनाउनमा रमाइलाे हुँदाे रहेछ।
भण्डारी सर विदा भएर गैसक्नु भएकाे थियाे। नेता फरवार्ड हुनैपर्छ।म त भेट्नेकाे अगाडि भेटिन गएकाे व्यक्ति थिएँ।प्रश्न सुरु भयाे।लाै उति टाढाबाट यहाँ कसरी आइपुग्नु भयाे त ? मैले आफू यहाँ आइपुग्ने कारण रमाइलाेसँग बताएँ।मेराे कुराे सुनेर आश्चर्य मान्नुभयाे।हामीबीच पुराना र नयाँ अनि पूर्व र पश्चिमका राेमाञ्चक गफ भयाे।
नेपालकाे पूर्वी भागमा बसाेवास गर्ने मानिस पर्याप्त यातायातकाे सुविधा नभएकाे समयमा काेही आफन्त नभए पनि पश्चिम कर्णालीमा आइबसेकाे सुन्दा सबैलाई अनाैठाे लाग्दाे रहेछ।मैले याे कुराेकाे महशुस गरेकाे छु।हामी दुवै भाेजपुरकै भए पनि हाम्राे नाता भनेकाे जिल्लाकाे मात्र हाे।भाेजपुर नै घर भएपनि बजारबाट डेढ घण्टा पश्चिममा मेराे गाउँ पर्छ।उहाँकाे बजारकाे पूर्वतिर पर्छ।सामान्य घरमा कसैकाे आँखा पर्दैन अगुवाकै घरमा आँखा जाँदाे रहेछ।
मैले घर भने देखेकाे थिएँ काेइराला परिवारकाे।त्याे घरमा हुर्किएकाे सन्तानसँग चिनजान वा नाता नभएपछि भेट हुने कुराे नै भएन।मेराे घरबाट बजार पूर्व जानुपर्छ तर म पश्चिमतिरकाे हाई स्कुल पढ्न गएँ।उमेरले हामी खासै फरक त हैन।तर, भाेजपुर क्याम्पस पढ्दा पनि भेट भएन।उहाँ राष्ट्रपति विद्या भण्डारीसँगकाे क्लासमेट हुनुहुँदाे रहेछ।मैले विद्या भण्डारीलाई भने क्याम्पस पढ्दा विद्याेदय हाइस्कुलकाे कार्यक्रमतिर भने देखेकाे थिएँ।मेराे व्याचकाे हाेइन।नेतृसँगको साइनाे, चिनजान वा नातामा हामी शून्य थियाैँ तर म मेेरै आमा, दिदी बैनी वा सन्तान देख्दै थिएँ।
नारीहरुमा कठाेरता र कुटिल चालभन्दा पनि सरलता, ममतामयी अनि वात्सल्यप्रेम छल्किएकाे देखिन्छ।उनीहरु असल सम्बन्ध गाँस्न लालायित हुन्छन्।जुम्लाकाे पातरासी गाउँपालिकामा एकजनालाई मैले भाइकाे नाता गाँसेकाे छु।अब ऊ काठमाण्डाै आउँदा हाम्राे भेट हुनेछ।जुम्लासँग नजिककाे सम्बन्ध हुने हुँदा धेरै कुराकाे जानकारी पाइने भाे।मुलबाटाेमा हिँड्नु पर्छ, भन्ने बुबाकाे आदर्श वाक्य शिराेधार्य गर्ने नेतृकाे कति निश्छल अनि सरल भावना।मलाई पनि भावुक बनाइ दियाे।
तर पनि मलाई मेराे मनकाे अन्तर कुनामा उठेकाे कुराे भन्न मन लागेथ्याे।लागिरहेथ्याे, हतारकाे सम्बन्धमा चन्द्रमाकाे धब्बा पनि सुन्दर कला लाग्छ तर वास्तविकता पत्ता लागेपछि टाढिन मन लाग्छ।साेँचे, सरल भावनामा चाेट लाग्याे भने? मैले भनिन।पहिलाेपटक कर्णाली टेक्न पुग्नु भएकी नेतृ भन्दै हुनुहुन्थ्याे, मलाई जुम्ला साह्रै रमाइलाे लाग्याे।बजार त मैदानमा बसेकाे रहेछ।कालिकाेट र मुगुकाे सदरमुकाम भने भिरालाेमा बसेकाे अलि विकट रहेछ।रारा ताल मेयरकाे गाडीबाट गइयाे। रमाइलाे लाग्याे।मलाई पनि यस्तै लागेथ्याे।हुम्ला र डाेल्पामा म पनि पुग्न सकेकाे छैन।पहाडी क्षेत्रमा जुम्लालाई नरमाइलाे ठाउँ भन्नै मिल्दैन।यातायातकाे हिसावले जुम्लामा छिर्न अनि जुम्लाबाट निस्कन गाह्राे हाेला तर प्रकृतिकाे रमणीयताका लागि त ठीक छ। जुम्लाकाे बसाइ राेडकाे सुबिधा नहुँदासम्म अति कठिन थियाे।अहिले धेरै जिल्लाभन्दा अगाडि छ।
मलाई थप प्रश्न आयाे, घर भाेजपुर कत्तिकाे जानु हुन्छ?मेराे बसाइ घरमा भन्दा जुम्लामा बढी भैसक्याे।मलाई अब जुम्लाले धेरै चिन्दछ।म भाेजपुरका लागि प्रदेशी भैसकेकाे छु।
सरुवा गर्नुपर्ने नि! हरपल हरठाउँमा राजनीति आउँछ, यही राजनीतिले केराकाे पातलाई झै हामीलाई पनि चिराचिरा पारेकाे छ।चिरामा सहयाेगकाे अपेक्षा बालुवामा पानी हाल्नु जस्तै हाे।तर जे भएपनि जति आफ्नाे जन्मघर, ठाउँ वा भूगाेलकाे कुराे उठ्थ्याे।यही एउटा कारणले म उहाँसँग नजिक नजिक हुन्थेँ। 'माइती घरकाे कुकुर प्याराे' त्यसै भनिएकाे हाेइन रहेछ।हामी दुई एकअर्कामा अपरिचित भईकन पनि परिचित लाग्याे, आफन्त लाग्याे, नजिककाे लाग्याे।
मैले उहाँकाे आफ्नाे कार्यक्रमलाई बाधा नपुर्याउन अभिवादनका साथ बिदा मागेँ।मलाई पनि भेट्न गई दिएकोमा हार्दिक बिदाई गर्नुभयाे।पुनः भेट हुने अभिलाषाका साथ म ढाेकाबाट निुस्केँ।
जाँदा म गरुँङ्ग थिएँ, फर्कँदा म फुरुङ्ग र हलुङ्गाे भएँ।मलाई लाग्याे भेटघाट, बाेलचाल, उठबस खानपिनमा जतिसुकै घनिष्ठता देखिएपनि विरानाे ठाउँ वा बिरानाे मुलुककाे बसाइमा व्यक्तिकाे जतिसुकै कठाेर दिल पनि आफन्तकाे खाेजीमा तड्पदाे रहेछ।आफ्नै सामुमा हुँदा बाेल्नलाई निगुराेकाे मुन्टाे झैं मुन्टाे बटारिए पनि बिरानाे ठाउँकाे भेटमा भने भेट भाेजनमा राखिएकाे अचार जस्तै हुँदाे रहेछ।सम्बन्ध भाइचारा देखि विश्वबन्धुत्वकाे ? म दाेधारमा परेँ।
प्रकाशित मिति:
: 2019-05-28 21:20:17