बन्द भयाे..., भलै त भयाे !

नेपाल बन्द : एक प्रतिकात्मक तस्बिर ।

आज विप्लवकाे बन्द।बन्द किन भयाे? याे लेखिरहनु नपर्ला।देशका विभिन्नखाले सञ्चारमाध्यममा बन्दले जनजीवन प्रभावितलगायतका समाचार छयाप्छ्याप्ति छन्।कहीँ कतै भएका विस्फोटले त्यस क्षेत्र आसपासका नागरिकका कलेजाका पाता थर्केका हाेलान।विस्फोटका खबरले मिडियामा ठाउँ पाएकै छन्।

यतिबेला विप्लवका कार्यकर्ता समीक्षा गरिरहेका हाेलान्। बन्दमा आफूले खेलेकाे भूमिकालाई कतिले द्वन्द्वात्मक तरिकाले वर्णन गर्दै हाेलान्।कतिले फुर्तीसाथ फलानाे ठाउँमा यसरी बम राखियाे भनेर गर्व गर्दै हाेलान्।कतिलाई हिजाे अस्ति मात्र ज्यान गुमाएका साथीहरुकाे यादले भावुक बनाइरहेकाे हाेला।केही नेता भने फलानाेकाे कमजाेरी याे, हलानाकाे कमजाेरी ऊ भन्दै प्रशिक्षण दिइरहेकाे हाेलान्।कमजाेरीबाट सिकेर याेजना बनाउने उपाय सिकाउदै हाेलान्। नेताकाे आलाेचना गर्ने चेत विस्तारै पलाउँदै गएपनि आलाेचना गरिहाल्ने आँट नआएकाे हुनसक्छ कार्यकर्तामा।

दिनभर बजार बन्द भयाे। व्यापार बन्द भयाे। फेन्सी पसलकाे साउले चाइना, थाइल्यान्ड र अमेरिकाबाट ल्याएका पाइन्ट, टिसर्ट, जकेट बेच्न पाएनन्।जुत्ता पसलेले चाइनाकाे ब्राण्डेट जुत्ता बेच्न पाएनन्। सृंगार र लेडिज आइइटम बेच्नेले इन्डियन ब्रान्डका सामान बेच्न पाएनन्। काचाे कपडाका व्यापारीले इन्डियज मेड सुती, उनी, कटन र पाेलिस्टरका कपडा बेच्न पाएनन्।टेलर्स पसलमा इन्डियन मेडकाे धागाे खपत भएन।ग्यारेज साहुकाे इण्डियाबाट आयातित मुविल बिक्री भएन।भाँडा पसलका महंगा बर्तन बेचेकाे झन्झटिलो हिसाब मिलानमा समस्या भएन। थुप्रै व्यापारीले याे सामान फलानाे देशकाे, याे निकै बलियाे।हलानाे देशकाे, हलानाे रिपिटेड कम्पनीको माल तपाईलाई जम्छ।तपाईहरु जस्ता उच्च काेटीका ग्राहकलाई केन्द्रमा राखेर बनाइएकाे भनी कलात्मक तवरले विज्ञापन गर्न पाएनन्।

स्कुलहरु बन्द भए।सरकारी र निजी लगभग सबै।स्टेशनरी पसल बन्द भए।विद्यालायका विद्यार्थी कपी खाेज्दै पसलसम्म गएनन्।उनीहरुले सेलाे पेन र नट्राज पेन्सिल खाेजेनन्।एकदिनकाे लागि भएपनि व्यापारका ती सामान थन्किए।

गाडी चलेनन्। पेट्राेल पम्पकबाट पेट्रोल बिक्री भएन।डिजेल बिक्री भएन।ग्यास सिलिन्डर खपत भएनन्।कतिकाे भान्सामा एक दिन ग्याँस बलेन।

रुपडियाबाट आएका तरकारी पसलका प्याज, लसुन, टमाटर, आलु, काउली करेला बिक्री भएनन्।

हाेटेल, रेष्टुरा, पब, बार खुलेनन्। महंगा विदेशी ब्रान्डका रक्सी बिकेनन्। काेकाकाेलालगायत बहुराष्ट्रिय कम्पनीका मालबाट उपभोक्ताले प्यास मेटाउन पाएनन्।

माेबाइल पसलहरु खुलेनन्।चाइना, अमेरिका, काेरिया बाट आएका माेबाइलकाे व्यापार जमेन। रिपियरिङ सेन्टरका विदशी चिप्सहरु दराजकाे कुनामै अडिए।

याे एक दिनकाे बन्दले पारेकाे प्रभाव यही हाे।यसबाट सिंगाे देशलाई सारा नाेक्सान भएपनि। जनजीवन कस्टकर बनेपनि। व्यापारीले विप्लवलाई धारेहात लगाएर गाली गरेकै भएपनि।एउटा कुरा देशलाई फाइदा भएकाे छ। तीनसय ६५ दिन विदेश पैसा पठाइरहेकाे देशकाे एक दिनकाे पैसा जाेगिएकाे छ।

उपभोक्ताकाे खल्ती रित्तो हुनलाई एक दिन लम्बिएकाे छ।वाणिज्य पुँजीवादले फैलाउदै गरेकाे जालाेमा अल्पबिराम लाग्याे। त्यसका पहरेदार एजेन्टले एक दिनकाे कमिसन गुमाएका छन् एकातिर, अर्काेतिर एकदिन स्वाभिमानी बन्ने माैका पाएका छन्।

बन्दले एउटा गज्जबकाे काम गर्याै वर्षभरि बाहिरिने अर्वाैं रककमा एक दिनकाे रकम बचाइदियो। यसका लागि विप्लब सलाम मात्र हाेइन लाल सलामका पात्र बनेका छन्।यसरी नै अर्को एकदिन बन्द भयो भने विप्लवका राजनीतिक कार्यकर्ताकाे रिहाई र प्रतिशोध भन्दापनि देशमा उत्पादनमुलक उद्याेग खाेल्ने पक्षमा सोच पलाउँछ कि भन्ने आशा हो।जसले गर्दा हरेक दिन विदेश जाने अर्वाैं रुपिया स्वदेशमै राेकिन्थ्यो कि भन्ने झिनो आशा हो। 

दिनभरिकाे बन्द देखेकाे एक थान ज्यानले बन्द भएकाेमा उत्पात रमाइलाे मानिरहेकाे छ। लागिरहेछ बन्द भएर भलै भयाे। कमसेकम एकदिनकाे खर्च कटाैती भयाे। विदेश जाने पैसा बच्याे।

यसो भन्दा यो पनि प्रतिवन्धित विप्लव पार्टीको कार्यकर्ता भयो भन्लान्। कुरा त्यसो हैन, अब यो देशमा कुन पार्टीको कार्यकर्ता भएर वा नभएर पो के फरक परेको छ र ? जो आए पनि आआफ्नै व्यवस्था त गर्ने रहेछ। जनताको व्यवस्था त यसै पनि डाँडापारिको घाम जस्तै त भएको बेला हो यो।

प्रकाशित मिति: : 2019-05-27 23:03:07

प्रतिकृया दिनुहोस्