पेडोफाइल ग्रीक शव्द हो।यो दुई शव्द पेडो र फाइल मिलेर बनेको हुन्छ। पेडोको अर्थ बच्चा र फाइलको अर्थ माया हुन्छ। दुबै जोड्दा बन्ने पेडोफाइलको शाव्दिक अर्थ बालबालिकाप्रति गरिने माया वा स्नेह हो। तर, हिजोआज बालबालिकालाई माया र स्नेह गर्ने बहानामा उनीहरूमाथि यौंन दुर्व्यवहार गर्ने वा त्यस्तो क्रियाकलापमा संलग्न गराउने वयस्क बाल-यौनदुराचारीलाई बुझाउन यो शव्दको प्रयोग भैरहेको छ। यसले बालबालिकासँग यौनईच्छा वा यौनकल्पना गर्ने व्यक्तिलाई समेत बुझाउँछ। बाल-यौनदुराचारी यौन क्रियाकलापका लागि बालबालिकाप्रति आकर्षित हुन्छन्। उनीहरू एक किसिमका यौन दुर्ब्यसनी हुन् जो बालबालिकाबाट मात्र यौन आनन्द प्राप्त हुन्छ भन्ने ठान्छन्।
यस्ता बाल-यौंनदुराचारी व्यक्ति वा पेडोफाइल कम्तिमा पनि १६ वर्षभन्दा माथिका र बालबालिकाभन्दा कम्तिमा पनि पाँच वर्ष वा सोभन्दा बढी उमेरका हुनुपर्छ।
पेडोफिलिया शव्दले भने वाल-यौनदुराचारसँग सम्बन्धित क्रियाकलापलाई बुझाउँछ। पेडोफिलिया अर्थात् बाल-यौनदुराचार बलात्कार, हाडनाता करणीजस्तै एक गम्भीर प्रकारको दुर्व्यवहार हो। यसले पीडितलाई शारीरिकभन्दा पनि मानसिक रूपमा गम्भीर असर पुर्याउँछ।
मनोवैज्ञानिक दृष्टिकोण
पेडोफाइल एक किसिमको मासिक रोग हो। मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यौन मनोविकार र यौन विचलनका कारण यस्तो अवस्था सिर्जना हुन्छ। यौनको तीब्र र अनियन्त्रित चाहना हुनु तर वयस्कसँग यौन सम्बन्ध स्थापित गर्ने अनुकुलता नहुदा पनि यस्तो परिस्थितिको खोजी हुन सक्छ।कतिपयमा अनुकुलता खोज्ने इच्छा, मनोवल र धैर्य हुदैन र वयस्कसँग सम्बन्ध राख्न सक्छु भन्ने आत्मविश्वास पनि नहुन सक्छ। कतिपयलाई बालबालिकाबाट बढी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने भ्रम पनि हुन्छ। यिनैमध्ये कुनै न कुनै कारणले मानिसहरू बाल-यौनदुराचारी (पेडोफाइल) बन्नेतर्फ उन्मुख हुन्छन्।
कस्ता स्वभावका हुन्छन् बाल-यौनदुराचारी?
बाल-यौनदुराचारीको मनोवैज्ञानिक विकास उमेरअनुसार हुँदैन। उनीहरू आफूलाई केटाकेटीजस्तै अनुभव गर्छन्। उनीहरूका केटाकेटी पाराका भावनात्मक आवश्यकता हुन्छन् । यही कारण उनीहरू अरू केटाकेटीसँग सम्बन्ध बढाउन चाहन्छन्।
पेडोफाइलले कहिल्यै पनि बालबालिकालाई डर, धाक, धम्की, त्रास देखाउँदैनन्। बरू त्यसको सट्टा उनीहरू बालबालिकालाई माया गर्छन्, उपहार दिन्छन् र निकै सरल रूपमा प्रस्तुत हुन्छन्।
अनि बालबालिकालाई आफ्नो पक्षमा पार्छन्, जवरजस्ती गर्दैनन्। आफूले चाहेका बालबालिकालाई आफ्नो पक्षमा पार्न नसके उनीहरू अरूलाई शिकार बनाउनतर्फ लाग्छन्।
पेडोफाइलहरू खासगरी किशोरावस्थाभन्दा कम उमेरका बालबालिकालाई यौंनजन्य क्रियाकलापका लागि प्रयोग गर्छन्।
किन हुन्छ बाल यौंनदुराचार?
यस सम्बन्धमा विभिन्न अनुसन्धान भएका छन् र विभिन्न तरिकाबाट यसको व्याख्या पनि गरिएको छ।
एस गोरीका अनुसार बालबालिकाविरूद्ध यौंनशोषण गर्ने सबै व्यक्ति सुरूमा यौनइच्छा पूर्ति गर्ने आकाक्षांबाट अभिप्रेरित भएको देखिदैन। बरू आफ्नो शक्ति प्रदर्शन गर्न वा अरुलाई आफ्नो नियन्त्रणमा राख्न यौनशोषण गर्छन् भन्नु उपयुक्त हुन्छ।
ग्रोथका अनुसार धेरै बलात्कार (जसमा बालबालिका पनि पर्छ्न) मा यौंनतत्व कम र गैर-यौंनतत्व जस्तै सजाय दिने भावना, वेइज्जत गराइनु जस्तालाई तस्तै गरेर बदला लिने भावना आदि बढी भएको रूपमा चित्रण गरिनुपर्छ। विभिन्न समटहबीच गरिएको अध्ययनअनुसार धेरैजसो यौनदुराचारी बाल्यावस्थामा आफू पनि यौन शोषणमा परेका भेटिन्छन्।
बाल्यावस्थामा आफूमाथि भएका यौन शोषणका कारण कुनै न कुनै तवरले केही हदसम्म यौंनदुराचारी बन्नमा सघाउ पुर्याएको देखिन्छ।
किन्सीका अनुसार यस्ता व्यक्तिहरू विपरित लिंगी वयस्क मानिसको ध्यान आफूतिर आकर्षित गर्न असफलप्रायः हुन्छन्। त्यसैले उनीहरू आफ्नो सुरक्षा गर्न नसक्ने कमजोर बालबालिकालाई कव्जामा लिएर आफ्नो आवश्यकता पूरा गर्न खोज्छन्।
बाल यौन शोषक प्रायः काँतर, लजालु आत्मविश्वासहिन र सामाजिक सम्पर्क क्षमतामा कमजोर भएका भेटिन्छन्।
तिनले वयस्क मानिससँग सामाजिक वा यौनसम्पर्क राख्ने सम्बन्धी सीप जति गरे पनि विकास गर्न सक्दैनन्।
बाल यौनशोषणाबाट तथा दुर्व्यवहारबाट हुने सम्भावित असरहरु
अन्य कुनै पनि प्रकारका यातना, हिंशा र दुर्व्यवहारबाट पर्ने असरभन्दा यौंन दुर्व्यवहारबाट बालबालिकामा पर्ने असर बढी गम्भीर र दूरगामी हुन्छ।
बाल यौंनदुर्व्यवहारबाट बालबालिकामा पर्ने असर खासगरी दुर्व्यवहारको प्रकार, उमेर, दुराचारीसँगको नाता, यौनदुर्व्यवहारको पुनरावृति र समायावधि तथा घटनाप्रति बालबालिकाको संवेदनशीलता एवं ग्रहण गर्ने क्षमतामा भर पर्छ।
अध्ययनले पनि यही पुष्टि गरेको छ। बाल यौन दुव्र्यवहारका कारण बालबालिकामा मानसिक, शारीरिक, व्यवहारिक र मनोसामाजिक असरहरु देखा पर्छन्।
शारीरिक असरहरू
मानसिक असर
परिवार तथा समाजमा पर्ने असर
यौंन दुर्व्यवहारमा परेका वालवालिकामा देखिने सम्भावित व्यवहार अनि लक्षणहरु
उपचार र पुनर्स्थापना
पेडोफायलको शिकार भएका बालबालिकालाई सामान्यत: घरमै राखेर मनोपरामर्शको माध्यमबाट उपचार गरिन्छ।
एक/दुईपटक मात्र यौन दुर्व्यवहारमा परेका बालबालिका एक/दुईपटकको परामर्शमै सामान्य हुन सक्छन्। तर, धेरैपटक त्यस्तो दुर्व्यवहार भोगेका छन् भने त्यस्ता बालबालिकामा धेरै ठूलो मानसिक समस्या देखिन सक्छ र धेरै मनोपरामर्शको आवश्यकता पनि पर्छ।
(लेखक पौडेल मनोविद् हुन्।)