यादवले पदभार सम्हाल्नु अगाबै कानुन मन्त्रालयकाे वेवसाइटमा नाम

बिएल

कानुन, न्याय तथा संसदीय मामिलाले उपेन्द्र यादवले पदभार सम्हाल्नु अगाबै वेवसाइटमा नाम राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शबिनै मन्त्रालय हेरफेर गरिदिएपछि कानुन मन्त्रालय पुगेका यादवको नाम आइतबार वेवसाइटमा राखेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिराखेका यादव मन्त्रालयकै कार्यक्रमअनुसार औषधी उत्पादनसम्बन्धी गोष्ठीमा भाग लिन भारत गएका बेला प्रधानमन्त्री ओलीले गत बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

अध्यक्ष यादव सकेसम्म आइतबार काठमाडौं फर्कंने उनका सहयोगी महेश चौरासियाले बताए।‘उहाँ आजसाँझ काठमाडौं आइपुग्नुभयो भने सोमबारदेखि मन्त्रालय जानुहुन्छ,’ उनले भने, ‘सपथग्रहण गर्नु पर्दैन। मन्त्रालय गएर कार्यभार सम्हाल्ने हो।’

प्रकाशित मिति: : 2019-11-24 13:26:13

प्रतिकृया दिनुहोस्