पूर्वाधार विकास विना पर्यटनको विकास असम्भवःमुख्यमन्त्री शाही

तस्बिरः बिएल

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले सडक लगायतका भौतिक पूर्वाधारको विकास बिना कर्णाली प्रदेशको पर्यटन विकास असम्भव रहेको बताएका छन्।

पछिल्लो समय कर्णाली प्रदेशमा पर्यटन विकासको नाममा महोत्सवलाई संस्कृतिको रुपमा विकास गरिन थालिएकोप्रति मुख्य मन्त्री शाहीले असन्तुष्टि ब्यक्त गरे।

जुम्ला मुगु र हुम्लामा यही भदौको दोस्रो साताबाट हुन गइरहेका महोत्सवको लागि आर्थिक सहयोग माग्न र सहभागिता जनाई दिन निमन्त्रणासहित गएको कर्णाली महोत्सव प्रतिनिधि मण्डलको भेटमा उनले यसो भनेका हुन्।

यसैबीच उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिकामा पर्ने विश्वको अग्लो मानव बस्ती धो तरापमा भदौ २४ देखि २८ गते सम्म हुन गइरहेको डोल्पो महोत्सव तथा क्रिष्टल माउण्टेन विद्यालयको रजत जयन्ती २०७६ हुँदै छ।

कर्णाली प्रदेश सरकारले प्रदेश मातहत जिल्लाहरुमा गरिने महोत्सवलाई निरुत्साही गर्दै लाने नीति अंगिकार गरेको छ। लाखौं खर्च गरेर एक दुई दिन तामझाम गरेर पर्यटन विकास नहुने मन्त्री शाहीले बताए।

महोत्सव नगरेर यसमा गरिने लाखौं रकम सडक विद्युत र शिक्षाको विकासमा खर्च गर्न र अपुग भए प्रदेश सरकारसँग माग्न प्रतिनिधि मण्डललाई सुझाए।

सडकको सुविधा, घरवास, खानेपानी, विद्युत सञ्चार र स्वास्थ्यको सुविधाको विकास र विस्तार सहितको पर्यटनमैत्री वातावरण सृजना गर्न सकेमा मात्र पर्यटनको विकास सम्भव भएको मुख्य मन्त्री शाहीको भनाई छ।

डोल्पो महोत्सव मुल आयोजक समितिका संयोजक क्याल्पो थापा भोटे कर्णाली सांसद बदमीक्वारी बुढा महोत्सव सल्लहाकार हंशबहादुर शाही प्रचारप्रसार सह सयोजक बबिकिशोर गुरुङ्ग सहितको प्रतिनिधि मण्डलले अन्य जिल्लामा गरिने महोत्सव भन्दा उपल्लो डोल्पामा गरिन थालिएको महोत्सवको महत्व, विशेषता र पहिचान फरक रहेको बताउँदै आवश्क सहयोगका साथै सहभागिता जनाई दिन समेत आग्रह गरेको छ।

प्रकाशित मिति: : 2019-08-22 08:48:12

प्रतिकृया दिनुहोस्