कोलम्बियामा अराजकता बढ्यो, तीन प्रहरीको निधन

एजेन्सी

कोलम्बियामा सरकार विरोधी प्रदर्शन उग्र हुन थालेको छ। हिंस्रक प्रदर्शन र लुटपाटका कारण राजधानी बोगोटा अराजकतातर्फ मोडिएको छ। शुक्रबार राती प्रहरी प्रभाग अगाडि भएको बम बिस्फोटमा तीन पुलिसकर्मीको निधन भएको छ।

दक्षिण–पश्चिम प्रान्तको काकुआ शहर सेन्टेनडर डी क्विलिकोओमा अर्को बिस्फोटको घटना हुँदा १० प्रहरी घाइते भए। यो शहर मादक पदार्थको तस्करी र माफिया हिंसाका लागि परिचित छ।

प्रहरीले घटनामा सशस्त्र समूहको संलग्नता पुष्टी गर्न सकेको छैन। राष्ट्रपति इवान डुकप्रति असन्तोष बढेपछि बिहीबार आम हडतालको आवहान भएको थियो। यसमा २५ हजार व्यक्ति संलग्न थिए। प्रहरीले भीडलाई नियन्त्रण गर्ने क्रममा तीन प्रदर्शनकारीको मृत्यु भएपछि हिंसा झन् भड्किएको हो।

राष्ट्रपति डुकले आर्थिक सुधारसँग जोडिएको मुद्धालाई अस्विकार गरेपछि प्रदर्शनको सुरुवात भएको थियो। प्रदर्शनकारीले भ्रष्टाचार र मानवाधिकार कार्यकर्ताको हत्या रोक्न सरकार असफल भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2019-11-23 21:42:10

प्रतिकृया दिनुहोस्